सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगारमा रहेका श्रमिकलाई पनि सामाजिक सुरक्षा योजनामा समेट्ने कार्यक्रमको बुधवारबाट थालनी गरेको छ। सामाजिक सुरक्षा कोषद्वारा काठमाण्डूमा आयोजित एक समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कार्यक्रमको शुभारम्भ गरेका हुन्। यसअघि औपचारिक क्षेत्रमा कार्यान्वयनमा ल्याइसकेको यो कार्यक्रमको दायरालाई विस्तार गर्दै लैजाने उद्देश्य रहेको कोषले जनाएको छ। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले कोषका अध्यक्ष एवं श्रम, रोजगार तथा सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीलाई अनौपचारिकतर्फ शुरूमा कुनकुन क्षेत्रका श्रमिकलाई समेट्न लागिएको हो भनेर सोधेका छन्।