टीकापुर घटनामा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएसँगै घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशमलाल चौधरीको सजाय मिनाहा गर्ने सरकारको निर्णयमाथि फेरि प्रश्नहरू उठेका छन्। विसं २०७२ भदौमा थरूहट आन्दोलनकारीहरूको आक्रमणमा आठजना सुरक्षाकर्मी र एक नाबालक मारिएको घटनाको लामो समयपछि पक्राउ परेर मुद्दा खेपेका र जन्मकैदको सजाय पाएका चौधरीले गत जेठमा राष्ट्रपतिबाट आममाफी पाएका थिए। चौधरी जेलमुक्त भएको दुई महिनापछि आएको सर्वोच्च अदालतको फैसलाको पूर्णपाठमा उनको सजाय माफीलाई राजनीतिक सौदाबाजी भनिएको छ। यसै सन्दर्भमा बीबीसी न्यूज नेपालीका गनी अन्सारीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीलाई पूर्णपाठमार्फत् दिइएको सन्देशबारे सोधेका छन्।