
Sign up to save your podcasts
Or


अमेरिकी अनुदान सहायता एमसीसी परियोजनाले सत्तारुढ गठबन्धनमा चर्को मतभेद निम्त्याएको छ । सत्तारुढ गठबन्धनमा कांग्रेसले जसरी पनि एमसीसी पारित गर्न चाहने, एमालेले त्यसैका नाममा संसद अवरुण गर्ने र माओवादी तथा नेकपा एकिकृत समाजवादी संशोधन नगरि पारित गर्न नहुने अडानले नेपाली राजनीति फेरि अन्यौलताको भुमरीमा परेको छ । कांग्रेसले गठबन्धन तोडेर भएपनि एमालेको सहयोगबाट एमसीसी पारित गर्ने रणनीति बनाएपछि माओवादी झस्किएको छ । माओवादीले बरु गठबन्धन छाड्ने तर एमसीसी पारित गर्न सरकारलाई सघाउन नसकिने बताउँदै आएको छ । यसले स्थानीय तहको चुनावसम्मै गठबन्धन लैजाने सत्तारुढ दलहरुको बोलीमा शंशय थपिएको छ । खासगरी माओवादीले लिएको अडानले गर्दा गठबन्धन नै टुट्ने हो कि भन्ने चिन्ता पनि थपिएको छ । आखिर माओवादी एमसीसीको यति धेरै विरोध किन गरिहेको छ त ? यस विषयमा माओवादी स्थायी कमिटी सदस्य देव गुरुङसँगको कुराकानी ।
रेडियो कार्यक्रम स्वास्थ्य संदेशमा आज जनरल फीजीसीयन डाक्टर रक्षा गौतमसँगको कुराकानी
गठबन्धन भत्कियोस् तर एमसीसी पारित हुन दिदैनौँ : जगन्नाथ खतिवडा, नेकपा एसका नेता
मेरो कार्यकालमा , मेरो गाउपालिकाको सम्पुर्ण जनतालाई रोजगारीको अबसर प्रदान गरेका छु। अध्यक्ष नर बहादुर श्रेष्ठ, मेलुङ्ग गाउपालिका दोलखा।।
रेडियो कार्यक्रम स्वास्थ्य संदेशमा आज श्वासप्रश्वास तथा छाति रोग विशेषज्ञ डाक्टर अशेष ढुंगानासँगको कुराकानी
अमेरिकाले दिएको एमसीसी उपहार ग्रहण गर्नुपर्छ : मीन विश्वकर्मा अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्ने विषयमा सत्तारुढ गठबन्धनमा सहमति भएको छ । तर यो सहमतिभित्र माओवादी नेताहरुले असन्तुष्टि जनाएका छन् । कांग्रेस, माओवादी र नेकपा एकिकृत माओवादी, जसपा र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनमा एमसीसी पारित गर्ने विषयमा सहमति भएको भनिएको छ । तर यो सहमति भएको केही समयमै माओवादी नेताहरुले विरोध पनि गरिरहेका छन् । एमसीसीका कारण सत्तारुढ गठबन्धनमा नै टुट्ने हो कि भन्ने आशंका पनि बढेको छ । बाहिर यस्तै टिप्पणी भइरहदा सत्ता गठबन्धनका नेताहरु के भन्छन् ? स्थानीय तहको चुनावको मिति तय गर्न र एमसिसी पारित गर्न सत्ता गठबन्धनभित्र कांग्रेसलाई के कति चुनौति छ ? यी र यस्तै विषयमा सांसद तथा कांग्रेस नेता मीन विश्वकर्मासँग गरिएको कुराकानी
रेडियो कार्यक्रम मेरो ब्रान्डमा आज सत्यम महाका निर्देशक लक्ष्मण प्रसाद अधिकारीसँगको कुराकानी
जिल्लाका अन्य पालिका भन्दा धेरै र उत्कृष्ट काम गर्यौं : भुवनेश्वर पौडेल, अध्यक्ष, बबई गाँउपालिका
रेडियो कार्यक्रम स्वास्थ्य संदेशमा आज प्याथोलोजीष्ट डाक्टर ऋतु बरालसँगको कुराकानी
जेठमा स्थानीय चुनाव गरेपनि संविधान मिचिन्छ, तत्काल प्रतिनिधिसभाको चुनाव सम्भव छैन् : संविधानविद् डा विपिन अधिकारी
From the publisher's feed