
Sign up to save your podcasts
Or


तिहारको मौलिक पहिचान देउसी भैलो पनि हो । सांस्कृतिक चाड तिहारमा गाउँ– शहर जताततै देउसी भैलो खेलिन्छ । जसले गर्दा यो पर्वमा छुट्टै उल्लास थप्ने गरेको छ । तर, मौलिक संस्कृतिका रुपमा रहेको देउसी भैलो पछिल्लो समय सांस्कृतिक अतिक्रमण र हस्तक्षेपको सिकार हुँदै गएको छ ।
न्यायालयमा देखिएकाे विवादकाे एकमात्र निकास प्रधानन्यायाधीशकाे राजीनामा हाे : पूर्वराष्ट्रपति डा.यादव
हिन्दूधर्मावलम्बी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार झिलिमिली बत्ती र फूलैफूलको पर्व हो । सयपत्री र मखमली फूलले यतिबेला घरको ढोका तथा झ्यालहरु सजिन थालेका छन् । सयपत्री र मखमली फूलको धेरै प्रयोग हुने सांस्कृति चाड तिहारमा हरेक वर्ष बजारमा ठूलो परिमाणमा फूलको माग हुन्छ । कोरोना महामारीका कारण अघिल्लो वर्षको तिहारमा फूलको व्यापारमा केही कमी आएपनि यस वर्ष भने फूलको व्यापार बढ्दा व्यवसायी उत्साहित बनेका छन् ।
'जलवायु न्यूनीकरणमा धनी देशहरु पूर्ण प्रतिबद्ध हुन सकेका छैनन्': जलवायुविज्ञ, अध्यक्ष - नेपाल पानी सदुपयोग फाउन्डेसन ङमिन्द्र दाहाल
विश्वमा गरिब मुलुकहरुले थुप्रै समस्याको सामना गरिरहनु पर्दा बालबालिकामा बढ्दो कुपोषणले थप चिन्तित बनाएको छ । नेपालमा पनि आर्थिक रुपले विपन्न दूरदराज क्षेत्रका बालबालिका कुपोषणको सिकार भइरहेका छन् । आर्थिक रुपमा विपन्न र सामाजिक रुपले पिछडिएको कर्णाली प्रदेशका साथै अन्य प्रदेशका बालबालिकामा कुपोषण बढ्दै गएको तथ्यांकले देखाएको छ । सरकारले देशैभर कुपोषण विस्थापन कार्यक्रम सञ्चालन गरे पनि बालस्वास्थ्यको क्षेत्रलाई नियाल्दा नेपालमा बाल पोषणको अवस्थामा भने सुधार आउन सकेको पाइँदैन ।
नेपाललाई खेलकुद क्षेत्रबाट अन्तर्राष्ट्रिय जगतमा चिनाएको भन्दै पुरुष खेलाडीको योगदानमाथि समेत चर्चा हुने गरेको छ । तर, महिला खेलाडीको योगदानलाई पनि भूल्न भने सकिन्न । तेक्वान्दोकी संगीना वैद्य, फुटबलकी सावित्री भण्डारी, बास्केटबलकी सन्ध्या श्रेष्ठ, पौडीकी गौरिका सिंहलगायत महिला खेलाडीलाई उदाहरणको रुपमा लिन सकिन्छ । यद्यपि, नेपाली खेलकुद क्षेत्रमा महिला खेलाडीको सहभागीताको संख्या भने सन्तोषजनक पाइँदैन ।
'न्यायपालिका र कार्यपालिकाबीच विगतदेखि नै भागबन्डा रहेछ भन्ने अहिले पुष्टि भयो'
स्वदेशमा रोजगारी नपाएका नेपाली युवाका लागि वैदेशिक रोजगार बरदान सावित भइरहेको छ । अधिकांश युवा श्रमिकको रुपमा मलेसियाका साथै खाडी राष्ट्रहरु युएई, कतार, साउदी अरबिया, कुवेत, बहराइनलगायत देश जाने गरेका छन् । तर, मजदुरी गर्न जाने नेपालीहरुले घर परिवारको खर्च चलाउन दुःख गरेर पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रलाई समेत ठूलै भरथेक गरेको छ । रेमिट्यान्स भित्र्याउँदै गर्दा वैदेशिक रोजगारीले समाजमा विसंगती पनि बढाउँदै लगेको छ । जसका कारण पछिल्लो समय सम्बन्ध विच्छेदका घटना बढ्दै गएको पाइएको छ ।
अदालतमा राजनीति गर्दैछन् पूर्वप्रधानन्यायाधीशहरु ः वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी
कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण दुई शैक्षिक सत्र विद्यार्थीले भौतिक उपस्थितिमा पठनपाठन गर्न पाएनन् । लामो समय विद्यालय सञ्चालन नहुँदा विद्यार्थीले अनलाइन माध्यमबाट पठनपाठन गर्न बाध्य हुनुप¥यो । कोरोना महामारीको संक्रमण दर घट्दै गएपछि सरकारले विद्यालय खोल्न अनुमति दिएसँगै अहिले देशका प्राय सबै विद्यालय खुलेका छन् । अनलाइन शिक्षामा बिस्तारै अव्यस्त हुँदै गएका विद्यार्थी विद्यालय जान पाउँदा निक्कै खुशी भएका छन् । तर, किताबमा केन्द्रित अध्ययनमा भने उनीहरुको रुची घट्न गएको शिक्षकहरुको गुनासो छ ।
From the publisher's feed