
Sign up to save your podcasts
Or


सातौं संस्करणको आर्ईसीसी पुरुष टी ट्वान्टी विश्वकप क्रिकेटमा यो बेला सुपर १२ का खेलहरु जारी छन् । २ दशकअघिबाट मात्र सुरु भएको यो स्पधाले छोटो अवधिमा जुन समर्थन र चर्चा पाएको छ सायदै क्रिकेटको इतिहासमा अन्य फर्मेटले सो वाहवाही पाएका होलान् । सन् २००० बाट अहिलेसम्म आइपुग्दा मात्र २० ओभरको यो क्रिकेट फर्मेटले धेरै समर्थक जन्माइसकेको छ । सन् १९९९ मा बेलायतबाट सुरु भएको टी–२० क्रिकेटको पहिलो विश्वकप क्रिकेट सन् २००७ मा भएको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको पछिल्ला कदमहरुलाई लिएर सर्वोच्च अदालतका न्यायाधीशहरु दुई धारमा देखिएका छन् । प्रधानन्यायाधीशको शृंखलाबद्ध विवादित कदमका कारण न्यायालयप्रतिको आस्था र गरिमामाथि चोट पुगेको भन्दै न्यायाधीशहरुले असन्तुष्टि जनाएसँगै सर्वोच्चको नियमित काम कारबाही समेत प्रभावित हुने देखिएको छ । संवैधानिक नियुक्ति र मन्त्रिपरिषदमा भागबण्डा मागेको, न्यायलय सुधारका लागि चासो नदिएको तथा संवैधानिक बहसका मुद्दामा सुनुवाइ अलपत्र पारेकोलगायत आरोपमा प्रधानन्यायाधीश जबराको तीव्र आलोचना भइरहेको छ ।
आलोपालोको सहमति गलत हो तर अहिलेको अवस्थामा हाम्रो बाध्यता हो : कृष्णप्रसाद शर्मा खनाल
गत असोज ३१ गतेदेखिको अविरल वर्षाले देशका विभिन्न जिल्लामा ठूलो जनधनको क्षति पु¥यायो । जनधनसँगै किसानले घरमा भित्र्याउन ठीक्क पारेको धानबालीसमेत खेतमै डुबाउँदा ठूलो क्षति व्यहोर्नु परेको छ । अबिरल वर्षाले धानबालीमा क्षति पु¥याएपछि यतिबेला के खाने, के गर्ने भन्ने चिन्ताले किसानलाई सताएको छ । जनधनको क्षतिमा सरकारले राहतको घोषणा गरेपनि किसानका लागि भने स्थानीय, प्रदेश तथा केन्द्र सरकारले कुनै पनि राहत प्याकेज ल्याएको छैन ।
यस वर्ष बडादशँै सुरु भए यता मात्रै भएका सवारी दुर्घटनामा १ सय १२ जनाको मृत्यु भएको छ । अन्य समयमा दैनिक सरदर ७ जनाको सवारी दुर्घटनामा परी मृत्यु हुने गरेको नेपाल प्रहरीको तथ्यांक छ । तर दशैँ, तिहार जस्ता मुख्य चाडपर्वमा सवारी दुर्घटना अत्याधिक बढ्ने गरेको छ । नेपालमा बर्सेनि सवारी दुर्घटनामा ठूलो मानवीय क्षति हुने गरे पनि सम्बन्धित निकायले यसको बेवस्ता गर्दै आएका छन् ।
'सवारी दुर्घटना बढ्नुमा सरकारसहित यातायातसम्बन्धी सबै पेशाकर्मीको सामूहिक असफलता हो'
मुलुकी देवानी (संहिता) ऐन २०७४ मा २० वर्ष उमेर पूरा भएपछि गरिएको विवाहले मात्रै कानुनी मान्यता पाउने उल्लेख छ । कानुनी रुपमा विवाह गर्ने उमेर २० वर्ष पूरा गरेपछि भन्ने व्यवस्था भएपनि नेपालका विभिन्न ठाउँमा सो कानुनी व्यवस्थालाई पालना गरेको पाइँदैन । कलिलै उमेरमा विवाह गर्नेहरुको संख्या बढ्दै गएको पाइन्छ भने अर्को तर्फ समाजमा विकृति फैलिएको समेत विश्लेषण हुने गरेको छ । जसले गर्दा विवाह गर्ने २० वर्षको उमेर हदका विषयमा पुनर्विचार गरिनु पर्ने संसदहरुले नै अवाज उठाएका छन् । उनीहरुले विवाह गर्ने उमेर १८ वर्ष तोकिनु पर्ने तर्क अघि सारेका छन् । तर, विवाह गर्ने उमेर हद घटाउँदैमा विकृति पनि घट्छ भन्ने विश्वास कमैलाई मात्रै छ ।
कोरोना महामारीका कारण अन्य क्षेत्र जस्तै खेलकुद क्षेत्र पनि लामो समय ठप्प रह्यो । पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गएको तथा खोप लगाउनेको संख्या बढ्दै गएपछि खेलकुद क्षेत्र पनि चलायमान हुँदै गएको छ । यसबीच नेपालमा फुटबल, भलिबल तथा क्रिकेटका ठूला प्रतियोगिताहरु आयोजना भएका छन् । अन्य खेलहरु पहिलेकै अवस्थातर्फ फर्किँदै गर्दा बास्केटबलका खेल भने अझै सञ्चालन हुन सकेका छैनन् ।।
दशैसँगै ओझेलमा परेको नेपालको राष्ट्रिय राजनिति दशैँ सकिए पछि थप चुनौतीपुर्ण बन्ने नेपाल पत्रकार महासंघका पुर्व सभापति विष्णु निस्ठुरीले बताउनुभएको छ । रेडियो क्यान्डिड सँगको कुराकानीमा उहाँले दशैँको शुभकामना सगैँ पुर्वराजा ज्ञानेन्द्र शाहकोे अभिव्यक्तिले दशैँ अघि छाडेको अवस्था भन्दा फरक किसिमले राष्ट्रिय राजनिती सक्रिय हुने बताउनुभएको हो ।
कोरोना महामारीका कारण अन्य क्षेत्र जस्तै खेलकुद क्षेत्र पनि लामो समय ठप्प रह्यो । पछिल्लो समय कोरोना संक्रमण दर घट्दै गएको तथा खोप लगाउनेको संख्या बढ्दै गएपछि खेलकुद क्षेत्र पनि चलायमान हुँदै गएको छ । यसबीच नेपालमा फुटबल, भलिबल तथा क्रिकेटका ठूला प्रतियोगिताहरु आयोजना भएका छन् । अन्य खेलहरु पहिलेकै अवस्थातर्फ फर्किँदै गर्दा बास्केटबलका खेल भने अझै सञ्चालन हुन सकेन् ।।
From the publisher's feed