
Sign up to save your podcasts
Or


नेपालीहरुले आज विजयादशमीको मनाएका छन् । आफ्ना मान्यजनबाट टीका र जमरा लगाएर आर्शिवाद लिए । यो क्रम पूर्णिमासम्मै जारी रहने छ । दशै मनाइरहँदा केही मजदुर एवं गरिब दुखीका लागि भने दशैँ, दशैँ जस्तो हुन सकेन ।
महान चाड बडा दशैँ मनाउन विभिन्न कामले टाढा–टाढा पुगेका परिवारका सदस्य यति बेला एकै ठाउँमा भेला भएर पारिवारिक जमघटमा रमाइरहेका छन् । बडा दशैँ मनाउन घर आइपुगेकाहरु उत्साहित छन् भने दशैँकै बीचमा घर छाडेर परदेशिनु परेकाहरुको भने मन कुँडिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दशैँमा घर फर्किनेको भीडसँगै अर्को तिर वैदेशिक रोजगारीका लागि अमिलो मन बनाउँदै बिदाइ हुने युवाको पनि उत्तिकै लर्को देखिन्छ ।
शहर, बजारमा बस्दै आएकाहरु दशैँ मनाउन घर फर्केसँगै यति बेला गाउँघरमा मानिसहरुको चहलपहल बढेको छ । कोरोना महामारीका कारण गत वर्ष गाउँ फर्कनेको संख्या न्यून थियो । तर, यस वर्ष भने गाउँ फर्कनेको संख्या दोब्बरभन्दा बढीले बढेसँगै शहरी क्षेत्र सुनसान भएको छ भने गाउँघरमा रमझम देखिएको छ । कोरोना महामारी कायमै रहेपनि शहरी क्षेत्रमा रहेका धेरै जसोले खोप लगाएको तथा संक्रमण दर न्यून रहेको र सबै क्षेत्र खुला हुँदा दशैँमा घर जान सहज भएको छ । जसका कारण गाउँघरमा उत्साह छाएको छ ।
दैनिक खाइरहने खाने कुराभन्दा चाडपर्वमा खाइने परिकार विशेष हुने गर्छन् । यतिबेला नेपालीहरुले बडा दशैँ मनाइरहेका छन् । दशैँमा नव दुर्गाको पूजा आराधनासँगै पारिवारिक जमघट पनि भइरहेको छ । पारिवारिक जमघटमा अन्य दिन भन्दा विशेष परिकारहरु नै बन्ने गर्छन् । तर, चाडबाडमा खाइने खानाका कारण मानिसहरुमा स्वास्थ्य समस्या समेत देखिने गर्छ । त्यसैले चाडबाड विशेष भनेर बनाइने परिकार बनाउँदा ध्यान दिन चिकित्सकहरुको सुझाव छ ।
निर्वाचनमा जान सर्वोच्च हैन गठवन्धन नै बाधक बन्न सक्छ : कांग्रेस नेता रामहरि खतिवडा
दशैँ शुरु भएसँगै काठमाडौं उपत्यका छाड्नेहरुको संख्या बढ्दै गएको छ । दशैँलाई लक्षित गरी गत असोज १० देखि अग्रिम टिकट बुकिङ खुला भएसँगै उपत्यका छाड्नेहरुको संख्या बढेको हो । कोरोना महामारीका कारण अघिल्लो वर्ष उपत्यकाबाट न्यून संख्यामा मानिसहरु बाहिरिए पनि यसपटक भने लाखौँको संख्यामा मानिस बाहिरिएका छन् । असोज ११ देखि २५ गतेसम्म ६ लाख ८८ हजार २ सय ४३ जनाले उपत्यका छाडेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । देशको केन्द्रीय राजधानी काठमाडौँ उपत्यकालाई कर्मस्थल बनाएर बसेका मानिसहरु दशैँ मनाउन घर फर्केसँगै राजधानीका मुख्य सडक र बजारहरु सुनसान बन्दै गएका छन् ।
रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल तथा सवारी साधनमा अहिले जताततै दशैँसँग सम्बन्धित गीत गुञ्जिरहेका छन् । यी गीतहरुले मनोरञ्जन मात्र प्रदान गरेका छैनन् सबैको मनमा बडा दशैँको उमङ्ग समेत भरिरहेका छन् । हरेक वर्ष दशैँसँग सम्बन्धित नयाँ–नयाँ गीतहरु पनि सार्वजनिक हुने गरेका छन् तर प्राथमिकता भने सदाबहार एवं कालजयी गीतहरुले नै पाउने गरेका छन् ।
गठवन्धन बचाउने साँचो प्रधानमन्त्रीको हातमा छ : माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरूङ
कोरोना महामारीका कारण अन्य क्षेत्र जस्तै सुस्ताएको सुन पसलहरुमा पछिल्लो समय ग्राहकको चहलपहल बढ्दै गएको छ । नेपालीको ठूला चाड दशैँ र तिहार नजिकिँदै जादा सुन पसलहरुमा ग्राहकको भीड बढेको हो । यसका साथै कोरोना महामारी फैलिएसँगै लागू गरिएको बन्दाबन्दीका कारण अघिल्ला वर्षमा रोकिएका विवाहलगायत धार्मिक तथा सांस्कृतिक कार्यले गर्दा पनि अहिले सुन किन्ने ग्राहकको संख्या बढेको छ । लामो समय सुस्ताएको सुनको कारोबारले लय समाउने व्यावसायीहरुको आशा छ ।
कोभिड १९ ले तेस्रो वर्षमा प्रवेश गरेसँगै विश्वभरीका मानिसमा मानसिक स्वास्थ्य समस्या पनि बढेको तथ्यांकहरुले देखाएका छन् । युनिसेफको पछिल्लो तथ्याङ्क अनुसार, विश्वव्यापी रूपमा ७ जनामध्ये कम्तिमा १ जना बालबालिकामा मानसिक स्वास्थ्य समस्या देखिने गरेको छ । कोभिड १९ संक्रमण सुरु भएदेखि डर, चिन्ता लाग्ने, भोक निद्रा नलाग्ने, मुटुको ढुकढुकी बढ्ने, बेचैनी र उदासीनता जस्ता मनोसामाजिक समस्या लिएर अस्पताल पुग्नेको सँख्या बढेको पाइएको छ । संक्रमणको आशंकामा अस्पताल या सामुदायिक क्वारेन्टाइनमा रहेकालाई यस्ता समस्याले गाँज्दै लगेको छ ।।
From the publisher's feed