Radio Candid

Radio Candid

By Radio CandidNewsNews Commentary
Download on the App Store

Radio Candid episodes

  • अझै पनि बोक्सी आरोपमा नेपालमा बर्सेनि थुप्रै महिलाले यातना भोग्नु परिरहेको छ : रिपोट

    क्सी प्रथाको पक्षमा कुनै पनि गतिविधि गरिनु कानुनी रुपमा पूर्ण रुपमा बन्देज छ । तर, अझै पनि बोक्सी आरोपमा नेपालमा बर्सेनि थुप्रै महिलाले यातना भोग्नु परिरहेको छ भने कतिको हत्या नै हुने गरेको छ । नेपालीको महान चाड बडा दशैँकै बीच पनि महोत्तरी जिल्लामा बोक्सी आरोपमा एक महिलाको आफ्नै परिवारबाट हत्या भयो भने अर्की महिलालाई मलमूत्र खुवाएर अमानवीय यातना दिइयो । बोक्सी प्रथा कानुनी रुपमा अपराध हो । तर, यो प्रथाले नेपाली समाजमा गाडेको जरा अझै पनि पूर्ण रुपमा उखालिन सकेको छैन । अन्धविश्वासमा परेकाहरुबाट बोक्सी आरोपमा महिलामाथिको हिंसाले निरन्तरता पाइरहेको छ । एक रिपोट

    4 min
  • जंक फुड खानु बाध्यता : रिपोर्ट

    जनस्वास्थ्यलाई असर गर्ने प्याकेट बन्द तयारी खानेकुरा ‘जंक फुड’ को प्रयोग पछिल्लो समय बढ्दै गएको छ । पोषण तत्व न्यून हुने यस्ता जंग फुडको प्रयोग नगर्न चिकित्सकहरुको सल्लाह छ । तर, पनि जंक फुडप्रति मानिसहरुको आकर्षण भने घट्न सकेको देखिँदैन । अझ, यसको प्रयोग दिनप्रति दिन बढ्दै गएको पाइन्छ । मानिसहरुले आफ्नो स्वास्थ्यमा मन्दा विष प्रवेश गरिरहेको कुरालाई बेवास्ता गर्दा भविष्यमा घातक रोग तथा गम्भीर समस्याहरुको सामना गर्नु पर्ने हुन्छ । 

    3 min
  • तिहार नजिकिएसँगै भक्तपुरमा पाला बनाउन भ्याई नभ्याई : रिपोट

    हिन्दु धर्मावलम्बीको दोस्रो ठूलो चाड तिहार नजिकिएको छ । तिहारको झिलिमिलि सुरु भएसँगै प्राचीन मन्दिर र कलाको शहर भनेर चिनिने भक्तपुरमा स्थानीयको व्यस्तता पनि बढ्ने गरेको छ । अहिले पनि जिल्लाका अधिकांश समुदायले पाला बनाउने पुख्यौलि पेशा अङ्गाल्दै आएका छन् । लामो समयदेखि परम्परा धान्दै आएका कुमालेहरुको व्यस्तता तिहार नजिकिएसँगै चुलिने गरेको छ ।

    3 min
  • प्रधानन्यायाधीलाई सर्वोच्च प्रवेशमै रोक लाग्न सक्छ, राजीनाको अर्को विकल्प छैन : वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ

    प्रधानन्यायाधीलाई सर्वोच्च प्रवेशमै रोक लाग्न सक्छ, राजीनाको अर्को विकल्प छैन: वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ

    27 min
  • मनपरी भाडा असुली : रिपोर्ट

    काठमाडौँ उपत्यकाका सार्वजनिक यातायातले मनपरी ढंगले भाडा असुल्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् । गत कात्तिक १ गतेदेखि नयाँ भाडादर लागू भएपनि त्यसअनुसार सार्वजनिक सवारीसाधनले भाडा नलिँदा यात्रुहरु भने ठगिने गरेका छन् । भाडादरका विषयमा समस्या देखिनुको दोष यातायात व्यवसायीले सरकारलाई दिने गरेका छन् भने सरकारी निकायले तोकिएको भाडा लागू नभए कारवाही हुने चेतावनी दिँदै आएको छ ।

    4 min
  • प्रधानन्यायाधीश जबराले राजीनामा नगरेसम्म समाधान हुँदैन : संविधानविद् आचार्य

    संविधानविद् डा. भिमार्जुन आचार्यले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा न्यायालयमा देखिएका बेथिति सुधार गर्न असफल भएकाले राजीनामा दिनु अहिलेको उपयुक्त विकल्प भएको बताएका छन् ।

    रेडियो क्यान्डिडको कार्यक्रम ‘क्यान्डिड टक’मा कुराकानी गर्दै संविधानविद् डा. आचार्यले अहिलेको परिस्थितिले केही समय टकराब उत्पन्न गरेपनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनु पर्ने बताएका हुन् ।

    24 min
  • बाढी पहिरोका कारण बर्षेनी क्षति सरोकारको फितलो पहल : रिपोर्ट

    नेपालमा मनसुन सुरु भएसंगै बर्षेनी बाढी पहिरो तथा विपदजन्य घटनाहरुबाट ठूलो मात्रामा जनधनको क्षति भइरहेको छ । सवारी दुर्घटनाबाहेक प्राकृतिक तथा गैरप्राकृतिक प्रकोपबाट विं. सं. २०२८ देखि २०७२ सम्मको तथ्यांकलाई हेर्ने हो भने वार्षिक औसत ९ सय जनाले ज्यान गुमाउने गरेका छन् । नेपाल सरकारको तथ्यांकअनुसार वर्षेनी औसत १ हजार ८ सय बढी मानस घाइते र ३० हजार बढी घरपरिवार प्रभावित हुने गरेका छन् । विपद्जन्य घटनाबाट बर्षेनी क्षति व्यर्होनु परिरहेको अवस्थामा क्षतिलाई न्यूनीकरण तथा व्यवस्थापन गर्न नेपाल सरकारले विभिन्न नीतिगत, कानुनी र संस्थागत व्यवस्था गरेपनि प्रभावकारी कार्यान्वयन भने हुन सकेको देखिँदैन । 

    4 min
  • बाढीपहिरोले रोग फैलने सम्भावना : रिपोर्ट

    नेपालमा वर्षेनी बाढी, पहिरो तथा डुबानका कारण जनधनको क्षति त हुन्छ नै कोरोना महामारीसँगै प्रभावित क्षेत्रमा विभिन्न किसिमका सरुवा रोग फैलन सक्ने जोखिम पनि उच्च हुन्छ । बेमौसमी वर्षासँगै आएको बाढी पहिरोबाट यस वर्ष २७ जिल्ला प्रभावित भए । प्रभावितमध्ये अधिकांश क्षेत्रहरु संक्रामक रोगको उच्च जोखिममा रहेकाले सतर्क रहन जनस्वास्थ्यविद्हरुले सुझाव दिएका छन् ।  

    4 min
  • एमालेमा १० बुँदेको किचलो सतहमा : रिपोर्ट

    १० बुँदे सहमतिको कार्यान्वयनको विषयलाई लिएर एमालेभित्र थप किचलो निम्तिएको छ । अध्यक्ष केपी शर्मा ओलीले गत शुक्रबार बसेको स्थायी कमिटीको बैठकमा १० बुँदेको एकतारे नबजाउन निर्देशन दिएलगत्तै पछिल्लो विवाद सुरु भएको हो । १० बुँदे कार्यान्वयनका लागि गठन गरिएको कार्यदलको संयोजक र सदस्यबाट एमाले उपाध्यक्ष भीम रावलले राजीनामा दिएसँगै १० बुँदे सहमति कार्यान्वयनको विवाद थप पेचिलो बनेको छ । 

    4 min

About Radio Candid

From the publisher's feed

Radio Candid 92.7 MHz is an independent infotainment 24/7 radio station in Nepal besides being a reliable source of information.