Radio Candid

Radio Candid

By Radio CandidNewsNews Commentary
Download on the App Store

Radio Candid episodes

  • सुपथ मूल्यमा खसी–बोका : रिपोट

    सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि चाडवर्प लक्षित सहूलियत मूल्यमा आजदेखि खसी बोकाको बिक्री सुरु गरेको छ । बडा दशैँमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले उपभोक्तालाई उपभोक्ता मैत्री बनाउनँ प्रत्येक वर्ष सहुलियत पसल पनि सञ्चालन गर्दै आएको छ । यो पटक  खसी बोकाको मासुमा प्रतिकिलो १० रुपैँया छुटमा आजदेखि खसी बोकाको बिक्री सुरु भएको हो । कम्पनीको थापाथलीस्थित कार्यालयमा बिक्री सुरु भएसँगै खसीबोका किन्न आउने भीड पनि बढ्न थालेको छ । 

    4 min
  • खुल्ला व्यायाम स्थलले पु¥याएको सहयोग : रिपोर्ट

    पछिल्लो समय काठमाडौँ उपत्यकाको विभिन्न क्षेत्रमा नगरपालीकाहरुले वडामा खुला व्यायाम स्थल निर्माण गरेको छ । जसले जथाभावी फोहर फाल्नाले वातावरणमा हुने प्रदुसण कमसंगै स्थानियले धेरै खर्च गरेर जिम जानुपर्ने बाध्याता बाट राहत पाएका छन् ।। 

    3 min
  • स्मार्ट सिटी बनाउने योजना अन्योलमा : रिपोर्ट

    स्मार्ट सिटी बनाउने सरकारको महत्वकांक्षी योजना अलपत्र परेको छ । घोषणा भएको ११ वर्ष पूरा हुँदा समेत ठोस काम हुन नसक्नुले चुनावी घोषणा पत्रमा समेत समावेश स्मार्ट सिटीको योजना झुटो आश्वासन मात्र रहेको पुष्टि हुँदैछ । अर्को तर्फ स्मार्ट सिटीको नाममा जग्गाको कारोबार मात्र रोकिएको छैन, विकास निर्माणको गति समेत ती क्षेत्रमा सुस्ताएको छ ।

    4 min
  • सम्पत्ति शुद्धीकरण कारण नेपाल खैरो सुचीमा पर्ने सम्भावना : रिर्पोट

    सरकारले चालु आर्थिक वर्षका लागि ल्याएको प्रतिस्थापन बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गर्दा स्रोत देखाउनु नपर्ने प्रावधान गरेसगैँ सम्पत्ति शुद्धीकरणमा नेपालको अवस्था खस्किने देखिएको छ । अन्तराष्ट्रिय स्तरमा यस्तो लगानीलाई स्वीकार गरिँदैन । फाइनान्सियल टास्क फोर्स (एफटीएफ ) सम्पत्ति शुद्धीकरणका सम्बन्धमा नेपालको मूल्यांकन गर्ने समय नजिकिँदै गर्दा नेपाल खैरो सूचीमा पर्ने सम्भावना बढेको छ । हालै सार्वजनिक पेन्डोरा पेपर्समा नेपालका  प्रतिष्ठित व्यवसायीहरुले ट्याक्स हेभन मुलुकमा लगानी गरेको खुलासा हुनु र नेपालमा हुने सुन तस्करीका घटनादेखि भ्रष्टाचारसम्मले यहाँको अवस्था नाजुक भएको देखाएको छ । 

    3 min
  • एमालेमा उमेर हदको असर प्रभाव : रिपोर्ट

    नेकपा एमालेको विधान महाधिवेशनले पार्टीका पदाधिकारीलाई ७० वर्षे उमेर हदको प्रावधान कायमै राखेको छ । यो प्रावधानले अहिले ६५ वर्षभन्दा माथि उमेर भएका सबै नेता १० औँ महाधिवेशबाट पार्टीको निर्वाचन लड्न र पदाधिकारी हुन अयोग्य हुनेछन् भने नयाँ पुस्ताका नेतालाई नेतृत्वमा पुग्ने अवसर मिल्नेछ । 

    4 min
  • राष्ट्रिय प्राणी उड्डयन अझै बनेन : रिपोर्ट

    विश्व पशु दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । जनावरसँगको मानवीय दायित्व र सम्बन्धलाई अन्तरनिर्भरताको रुपमा यो दिवसलाई ब्याख्या गरिन्छ । जनावर अधिकार संगठन तथा जनावर अधिकारकर्मीहरुले जनावर अधिकार र मानव जनावरबीचको स्वस्थ तथा मैत्रीपूर्ण सम्बन्ध स्थापनाका लागि जोड दिँदै आएका छन् । यसबीचमा पशु संरक्षणका लागि आरक्षण तथा निकुञ्ज क्षेत्र तोकिएका छन् । वन्यजन्तु अवलोकनका लागि बनाइने चिडियाखानाको व्यवस्थापनलाई पनि थप जोड दिने गरिएको छ । ललितपुरको जावलाखेलमा एक मात्र राष्ट्रियस्तरको सदर चिडियाखाना भएपनि भक्तपुरको सूर्यविनायकमा बनाउने भनिएको अन्तर्राष्ट्रियस्तरको राष्ट्रिय प्राणी उड्डयन भने अझै बन्न सकेको छैन । 

    4 min
  • नेताहरूको दन्तबजानले जनता वाक्क भइसके : सीपी मैनाली

    सैद्धान्तिक कुराबाट विचलन भएका कम्युनिस्ट दलका नेताहरूको विभाजन गौण बिषय भएको नेकपा मालेका महासचिव सीपी मैनालीले बताउनु भएको छ । कम्युनिस्ट पार्टीको विभाजनले कम्युनिस्ट आन्दोलनमा गम्भीर असर परेपनि नेताहरूको विभाजन भने सीमित स्वार्थका लागि भएको उहाँको भनाइ छ ।

    30 min
  • एमाले महाधिवेशन सम्पन्न : रिपोर्ट

    एमालेको विधान महाधिवेशने राजनीतिक प्रतिवेदन, साङ्गठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावलाई सुझावसहित पारित गरेको छ । आज सम्पन्न विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनबारे पार्टी अध्यक्ष केपी शर्मा ओली, साङ्गठनिक प्रतिवेदनबारे महासचिव ईश्वर पोखरेल र विधान संशोधन प्रस्तावबारे उपमहासचिव विष्णुप्रसाद पौडेलले जवाफ दिएपछि पारित गरेको हो । त्यस्तै विधान महाविधेशनले आगामी राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न डा.विजय सुब्बाको संयोजकत्वमा १५ सदस्यीय निर्वाचन आयोग गठन गरेको छ भने महाधिवेशन वुटवलमा हुने एमालले जनाएको छ । बैठकले केहि समसामायिक प्रस्ताव पनि पारित गरेको छ । त्यस्तै एमालेले पार्टीको नयाँ लोगो र एप पनि सार्वजनिक गरेको छ । एमालेको अस्ति शुक्रबारदेखि सुरु भएको विधान महाविधेशन आज सकिएको हो । महाधिवेशनमा देशभरबाट ६ हजारभन्दा बढी प्रतिनिधि सहभागी थिए । 

    4 min

About Radio Candid

From the publisher's feed

Radio Candid 92.7 MHz is an independent infotainment 24/7 radio station in Nepal besides being a reliable source of information.