
Sign up to save your podcasts
Or


एमालेबाट फुटेर गएकाहरु आगामी चुनाव अगावै फर्किने छन् : शेरबहादुर तामाङ
ओलीले गल्ती स्वीकार नगर्दा अहिलेको असहज परिस्थिति : उद्धव प्याकुरेल
काठमाडौंको कपनमा ढलमा खसेर गत असोज ५ गते बेपत्ता भएका १० वर्षीय बालक उज्वल विश्वकर्माको पाँच दिनपछि शव फेला प¥यो । पछिल्लो समय काठमाडौंका ढल तथा खाल्डा मानिसको ज्यान लिने धरापको रुपमा परिणत हुँदै गएका छन् । पछिल्लो पाँच वर्षमा मात्रै ढल र खाल्डामा परेर काठमाडौंमा १५ जनाले ज्यान गुमाएका छन् । बारम्बार दोहोरिने यस्ता घटनाले सर्वसाधारको ज्यान लिइरहँदा सरकार भने बेखबर जस्तै बनेको छ ।
दशैँका लागि आजदेखि सार्वजनिक यातायातको टिकट बुकिङ खुला भएको छ । टिकट बुकिङ खुला भएसँगै टिकट काउन्टरहरुमा दशैँमा घर जानेहरुको घुइँचो लाग्न थालेको छ । टिकट बुकिङका लागि काठमाडौं उपत्यकाका ११ स्थानमा काउन्टरको व्यवस्था गरिएको छ । टिकट बुकिङलाई सहज र व्यवस्थित बनाउन यसपटक अनलाइनबाट पनि टिकट बुक गर्ने व्यवस्था गरिएको छ । तर पनि भौतिक रुपमै काउन्टरमा पुगेर टिकट बुक गर्ने यात्रुको संख्यामा कमी आउन सकेको देखिँदैन । आज पहिलो दिन टिकट बुकिङ खुला भएसँगै काउन्टरमा लाइन लागेका कतिपयले भने टिकट नपाएको गुनासो गरे ।
अघिल्लो वर्ष समयमै मल आपूर्ति गर्न नसक्दा चर्को आलोचना खेपेको सरकारले यो वर्ष रासायनिक मलको हाहाकार हुन नदिने दाबी गरिरहेको थियो । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि किसानलाई मल सहजै उपलब्ध गराउन तयारी अवस्थामा रहेको दाबी गरेको थियो । तर, यसपालि पनि धानखेती लगाउने र हुर्काउने समयमा अघिल्लो वर्ष झैँ मलको हाहाकार भएको छ । अहिले धानमा रासायनिक मल हाल्ने बेला भएको हो, तर किसानले मल पाएका छैनन् ।
सरकारले नजिकिदै गरेको दशैं–तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर समग्र सुरक्षा व्यवस्थामा कमीकमजोरी र खाद्यन्नको अभाव हुन नदिन सम्बन्धित सबै निकायलाई निर्देशन दिइसकेको छ । सो समयमा हुने चौरीडकैती र आपराधिक घटनाको नियन्त्रण गर्न करिब साढे ६ हजार सुरक्षाकर्मी तयारी अवस्थामा राखिएको छ । यस्तै देशभरका ४३ स्थानमा १० प्रतिशत छुट सहित सुपथ मुल्यका पसल समेत सञ्चालन गरिएको छ ।
छिमेकी मुलुक भारतमा निपा भाइरसको संक्रमण देखिएसँगै नेपालमा पनि सो भाइरस फैलन सक्ने जोखिम बढेको छ । गत सेप्टेम्बर ५ मा भारतको केरलामा निपा भाइरसको संक्रमणबाट १२ वर्षीय बालकको मृत्यु भएको थियो । निपा भाइरसविरुद्ध लड्न अहिलेसम्म आधिकारीक रुपमा कुनै खोप तथा उपचार छैन । विश्व स्वास्थ्य संगठनका अनुसार निपा भाइरस जनावरहरु (जस्तै ः चमेरो वा सुँगुर) तथा दूषित खाद्य पदार्थबाट मानिसहरुमा सर्ने र निपा भाइरस संक्रमित मानिसबाट सिधै मानिसमा पनि सर्न सक्छ । कोरोना महामारी बीच निपा भाइरसको संक्रमण देखिँदा थप खतरा पैदा भएको भन्दै आवश्यक सतर्कता अपनाउन जनस्वास्थ्य विज्ञहरुले सुझाव दिएका छन् ।
खोक्रो राष्ट्रवादले सिमा समस्या समाधान हुदैन, राजनितिक नेतृत्व सक्षम भएमात्र सिमा समस्या समाधान गर्न सकिन्छ : युगनाथ शर्मा पौडेल
चिनसंगको सिमानामा समस्या अन्त पनि छ तर सरकारले हुम्लालाई मात्र सिमित गरेर अरु ठाउलाई लुकाउन खोज्यो : पंकज दास
९८ प्रतिशत उत्तर तिरको समस्या नजरअन्दाज भयो तर दक्षिणको २ प्रतिशत सिमा समस्यालाई तिललाई पहाड बनाइयो । प्रदिप ज्ञवालीको राष्ट्रबाद बुझ्न गाह्रो भयो : गणेश कुमार मण्डल
From the publisher's feed