Radio Candid

Radio Candid

By Radio CandidNewsNews Commentary
Download on the App Store

Radio Candid episodes

  • वैदेशिक अध्ययनमा अर्बौं बाहिरियो : रिपोर्ट

    कोरोना महामारी कायमै रहेको अवस्थामा पनि वैदेशिक अध्ययनमा जान चाहने नेपाली विद्यार्थीको संख्यामा कमी आएको छैन । त्रिभुवन विश्वविद्यालयको वार्षिक बजेटभन्दा ठूलो रकम अध्ययनको नाममा बाहिरीरहेको छ । राष्ट्र बैंकको रिपोर्टअनुसार आर्थिक वर्ष २०७७  ÷०७८ मा विदेश अध्ययन गर्न जाने नेपाली विद्यार्थीले २४ अर्ब ९५ करोड ९४ लाख रुपैँया विदेश पठाएको तथ्यांक छ । नेपालबाट अध्ययनका लागि युवासँगै ठूलो राशी बाहिँरिदा मुलुकले आर्थिक घाटा व्यहोर्नु परिरहेको छ । जसले देशको समग्र अर्थतन्त्रलाई समेत प्रभाव पारिरहेको छ ।  

    4 min
  • संसदको अवरोध कायम राख्ने एमालेको अडान, पेलेरै जाने सरकारको रणनीति : रिपोर्ट

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको लगातारको अवरोधपछि संसद बैठक सहज ढंगले सञ्चालन हुन सकिरहेको छैन । कारबाही गरेका सांसद पदमुक्त नभएसम्म संसदको अवरोध कायम राख्ने एमालेको अडान र प्रतिपक्षीलाई पेलेरै लैजाने सत्तापक्षको रणनीतिका कारण सदन भने सहज बन्न सकेको छैन ।

    4 min
  • १२ औँ राष्ट्रिय जनगणना २०७८ को पहिलो चरण अन्तर्गत घरपरिवार सूचीकरणको धमाधम : रिर्पोट

    १२ औँ राष्ट्रिय जनगणना २०७८ को पहिलो चरण अन्तर्गत घर तथा घरपरिवार सूचीकरणको काम गत भदौं ३० गतेबाट धमाधम भइरहेको छ । सूचीकरणका लागि सात वटा प्रश्न लिएर सुपरिवेक्षक घरदैलो गरिरहेका छन् । देशभरि ८ हजार पाँच सय सुपरिवेक्षकहरु जनगणनाका लागि खटिएका छन् । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरामा समेत जनगणना गर्ने जनाएको छ । यसअघि सो क्षेत्रमा २०१८ सालमा गणना गरिएको तत्कालीन समयमा गणकका रुपमा खटिएका व्यक्तिहरुको दाबी छ । तर अहिले सो भूमि पूर्ण रुपमा भारतको नियन्त्रणमा रहेकाले जनगणनाका लागि चुनौति देखिएको छ ।

    4 min
  • आफ्नो गल्ती लुकाउन ओलीले तथ्यहिन कुरा गर्दैछन् : नेकपा एसका नेता जगन्नाथ खतिवडा

    नेकपा एकीकृत समाजवादीका प्रचार विमाग प्रमुख जगन्नाथ खतिवडाले फरक विचार, योजना र सिद्धान्तबाट पार्टी सञ्चालन हुने भएकाले राष्ट्रिय राजनीतिमा सशक्त बन्ने दाबी गरेका छन् । कम्युनिष्ट पार्टीबीचमा एकीकरणको सम्भावना तत्कालका लागि नभएको बताउँदै उनले नेकपा एसले कुनै दल र समुहलाई दुश्मनका रुपमा नलिने उल्लेख गरे । पार्टी विभाजनको यथार्थबाट माथि उठ्न नसकेकाले अध्यक्ष केपी शर्मा ओलीसहित एमाले नेताहरुले तल्लोस्तरको मन्तव्य राख्ने गरेको नेता खतिवडाको भनाई छ ।  

    31 min
  • जनप्रतिनिधि पनि निरंकुश बन्न सक्छ भन्ने उदाहरण हुन्, केपी शर्मा ओली : विजयकान्त कर्ण

    पूर्वराजदूत एवं राजनीतिक विश्लेषक विजयकान्त कर्णले एमाले अध्यक्ष केपी शर्मा ओलीले  चार वर्षमा राज्यको हरेक संयन्त्र तहसनहस बनाएको आरोप लगाएका छन । एमाले र एमाले अध्यक्ष ओलीले जनताको अभिमतलाई आफ्नो पेवा सम्झिएर अगाडि बढ्न खोज्दा मुलुक भड्खालोमा फसेको उनको टिप्पणी थियो ।

    31 min
  • संविधानको कार्यन्वयन फितलो : रिपोर्ट


    अनेकन बाधा अड्चनलाई चिर्दैे सविधानसभाबाट संविधान घोषणा भएको ६ बर्ष पुरा भएको छ । तर सविधान सात वर्षमा प्रवेश गर्दै गर्दा यसको कर्मअनुसार कार्यन्वयन भएको महसुस गर्न भने जनताले पाएका छैनन् ।

    5 min
  • प्रतिनिधिसभामा कायम अवरोध, बजेट होलिडेबाट मुलुकलाई बचाउन एमालेको भूमिका लगायत बिषयमा एमाले पोलिट्ब्युरो सदस्य एवं सांसद डा.विन्दा पाण्डेसँगको कुराकानी

    रेडियो क्यान्डिडको प्रस्तुती क्यान्डिड टक मा आज आइतबार हामी प्रतिनिधिसभामा कायम अवरोध, बजेट होलिडेबाट मुलुकलाई बचाउन एमालेको भूमिका लगायत बिषयमा एमाले पोलिट्ब्युरो सदस्य एवं सांसद डा.विन्दा पाण्डेसँगको कुराकानी 

    28 min
  • नेपाली टेबल टेनिस प्रतियोगितामा निराशा

    सन् २०१६ मा सम्पन्न १३ औं दक्षिण एसीयाली खेलकुद प्रतियोगिता (साग)मा नेपाली टेबल टेनिस टोलीको प्रदर्शन ऐतिहासिक रह्यो । नेपालले तेस्रो पटक आयोजना गरेको साग गेम्समा नेपालले ऐतिहासिक नतिजासिहत कुल ५१ पदक जित्न सफल भएको थियो । जसमध्ये नेपाली टेबल टेनिस खेलाडीले १० पदकमाथि कब्जा जमाएका थिए । जसमा पुरुष र महिलातर्फबाट पाँच पाँच पदक हात परेको थियो । ११ औं र १२ औं साग गेम्समा पदकविहीन रहनु परेको पीडालाई १३ औं सागमा नेपाली महिला खेलाडीहरुले मलहम लगाउँदै आफ्नो क्षमता प्रस्तुत गरेका थिए । देशका लागि यसरी पदक जित्ने खेलाडीहरुको प्रशिक्षण भने फितलो हुँदा धेरै जसो प्रतियोगितामा निराश हुनु परेको छ ।

    4 min
  • चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य बस्तुमा महङ्गी : रिपोर्ट

    चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य वस्तुमा अचाक्ली मुल्य वृद्धि भएको छ । चाडपर्व नजिकिएसगैँ बढेको महंगीले सर्वसाधरण जनताको ढाड सेक्ने काम भएको छ । बाढी पहिरोले उत्पादन कम भएको र लागत मूल्य बढेको भन्दै व्यापारीले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका छन् । कोरोना महामारीले बेरोजगारी बढेको अवस्थामा महंगीले सर्वसाधारण थप मारमा परेका छन् । चाडपर्वका बेला महंगी नियन्त्रण तथा अनुगमन कार्य प्रभावकारी नहुँदा बजारमा मनपरि देखिएको छ ।

    4 min

About Radio Candid

From the publisher's feed

Radio Candid 92.7 MHz is an independent infotainment 24/7 radio station in Nepal besides being a reliable source of information.