
Sign up to save your podcasts
Or


गत सोमवार अर्थात भदौ २१ गते १ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा हिजो शनिवार ९ सय ९४ जनालाई संक्रमण देखियो । जुन गत चैतमा दोस्रो भेरियन्ट सुरु भए यता कै सबै भन्दा कम संख्या हो । यसरी संख्यात्मक रुपमा सक्रमित कम देखिनुको एउटा कारण कम परिक्षण पनि हो । कोरोनाको परीक्षण भने हिजो शनिवार भन्दा गत सोमवार बढी थियो । गत सोमवार १५ हजार ७ सय ७९ जनाको परीक्षण गरिएको थियो भने हिजो ९ हजार ८ सय ४० जनाको परीक्षण गरिएको थियो । अर्थात् सोमबार भन्दा हिजो झन्डै ६ हजार १ सय जना कमको परीक्षण गरिएको थियो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले पार्टीको क्रियाशील सदस्यताका विषयमा विवाद देखिएका २० जिल्लाको विवाद समाधान भएको दाबी गर्नु भएको छ । रेडियो क्यान्डिडको क्यान्डिड टकमा कुराकानी गर्दै नेता लेखकले कांग्रेसको क्रियाशील सदस्यता वितरणमा अब कुनै विवाद नभएको दाबी गर्नु भएको हो ।
्
२०७२ सालमा गएको विनाशकारी भूकम्पले नेपालमा करिब साढे ७ हजार शैक्षिक संस्थामा क्षति पु¥याएको थियो । सरकारले क्षति पुगेका शैक्षिक संस्थाका साथै निजी आवासलाई प्राथमिकतामा राख्दै पाँच वर्ष भित्र पुनः निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको थियो । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नै गठन गरेर पुनः निर्माण कार्यलाई अगाडि बढाउँदै आएको छ । तर, बजेट अभाव र सरकारी ढिला सुस्तीका कारण ६ वर्ष भइसक्दा पनि पुनर्निर्माण कार्यले पूर्णता पाउन सकेन रिपोर्ट नसक्ने स्पष्ट भएको छ ।
एमालेले कारवाही गरेका १४ जना सांसदलाई कारवाही नगरेको बिषय प्रक्रियामा नलगेसम्म संसद चल्न दिदैनौं
सरकारले गत साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा पूर्ण रुपमा प्रतिबन्ध लगाउने घोषणा गरेको थियो । अहिले मात्र होइन प्लास्टिकको झोला निषेध गर्ने र प्रयोग गर्नेलाई कारबाही गर्ने निर्देशिका दिएको धेरै समय भइसक्यो तर कार्यान्वयन भने हुन सकेको छैन ।
संसद सञ्चालनका लागि अब दुई साढे दुई महिनाको ठोस कार्ययोजना चाहिन्छ अब : डा.विपिन अधिकारी, संविधानविद्
अझै पनि नेपालमा समाजले सहज ढंगले स्वीकार्न नसेको तेस्रो लिङ्गीहरुले कानुनी रुपमा भने अधिकार पाएका छन् । तर, कानुनले प्रत्यायोजन गरेको अधिकार कार्यान्वयन प्रभावकारी नहुँदा तथा समाजले तेस्रो लिङ्गीहरुलाई हेर्ने दृष्टिकोण परिवर्तन हुन नसक्दा अझै पनि उनीहरु लुकेर बस्न बाध्य छन् । यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरुप्रति समाजमा अझै लाञ्छना र विभेद कायमै छ ।
प्राप्त उपलब्धी र संविधान रक्षाका लागि कांग्रेसले मात्रै काम गर्न सक्छ भन्ने सन्देश लिएर जनतामाझ जान्छु : विमलेन्द्र निधी
काठमाडौँलाई तराई, मधेससँग छोटो यात्रामै जोड्ने योजनाका साथ अघि बढाइएको फास्ट ट्रयाक निर्माण कार्य प्रस्थान विन्दु ललितपुरको खोकनामा अझिल्न थालेको छ । फास्ट ट्रयाकमा पर्ने अन्य क्षेत्रमा विवाद नभएपनि खोकना क्षेत्रमा देखिएको विवादले परियोजना समयमै सम्पन्न हुनेमा शंका उब्जाएको छ ।
From the publisher's feed