Radio Candid

Radio Candid

By Radio CandidNewsNews Commentary
Download on the App Store

Radio Candid episodes

  • विद्यालय सञ्चालन पछि हुने कोरोनाको जोखिम : रिपोर्ट

    कोरोनाको दोस्रो भेरियन्ट सुरु भए सगैँ गत बैशाख १३ गते सोमवारबाट कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले देशभरिका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । त्यसयता इन्टरनेट वा अन्य वैकल्पिक माध्यमबाट विद्यालयको पठनपाठन गरिएको भए पनि भौतिक रूपमा भने अधिकांश विद्यालयहरू औपचारिक रूपमा खुलेका छैनन् ।

    4 min
  • बालबालिकामा इन्टरनेटको लत : रिपोर्ट

    पछिल्लो समय बालबालिकामा इन्टरनेटको लत नै बसेको छ । बालबालिकामा बढ्दो प्रविधिको प्रयोगले मानसिक समस्या देखिन थालेको छ भने उनीहरुको सर्वांङगीण विकासमा समेत उत्तिकै खतरा बढ्दै गएको छ । 


    3 min
  • मेलम्ची खानेपानीको तयारी एक : रिपोर्ट

    दुई दशक बढीको मेहेनतपछि गत चैत २० गते मेलम्चीको खानेपानी काठमाण्डौ उपत्यकाबासीका लागि वितरण गरियो । तर, असार १ गते र साउन १६ गते सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढीले आयोजनालाई फेरि अनिश्चित बनाई दियो । आयोजना प्रभावित हुँदा उपत्यकावासी फेरि खानेपानीको पुरानै समस्या झेल्न बाध्य भएका छन् ।

    3 min
  • कोरोना र चलचित्र एक : रिपोर्ट

    गत बैशाख १६ गतेदेखि काठमाडौँ उपत्यकामा जारी गरिएको निषेधाज्ञा गत बुधबार हटाइएसँगै ठप्प रहेका सबै क्षेत्र चलायमान हुन थालेका छन् । पाँच महिनापछि निषेधाज्ञा हट्दा चलचित्र हलहरु पनि सञ्चालनमा आएका छन् । लामो समयदेखि बन्द रहेका हलहरु सञ्चालनमा आएपछि चलचित्रकर्मीहरु उत्साहित छन् । तर, कोरोना महामारी अझै नियन्त्रणमा आइनसकेको अवस्थामा चलचित्र क्षेत्रले कसरी गति लेला भन्ने चिन्ता पनि उत्तिकै छ ।

    3 min
  • रेडियो क्यान्डिडको प्रस्तुति “क्यान्डिड टक’’ मा पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँगको कुराकानी

    रेडियो क्यान्डिडको प्रस्तुति “क्यान्डिड टक’’ मा पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँगको कुराकानी 

    31 min
  • नेपाल भारत मैत्रीपूर्ण फुटबल खेल

    नेपाल भारतको मैत्रीपूर्ण फुटबल खेल भोलि दर्शकको उपस्थितिमा हुने भएको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको मापदण्डअनुसार ५ हजार १ सय दर्शकको उपस्थितिमा हुने अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले जानकारी दिए । साधारण तर्फ एक हजार र भीआईपीका लागि २ हजार टिकट तोकिएको एन्फाले जनाएको छ । 

    2 min
  • खाद्यमा गुणस्तर : एक रिर्पोट

    वस्तु वा सेवाको मूल्य, परिमाण, शुद्धता, गुणस्तरबारे सूचित हुन पाउने उपभोक्ताको अधिकार हो । तर, बजार अनुगमन प्रभावकारी नहुँदा उपभोक्ताले म्याद नाघेका तथा गुणस्तरहीन खाद्य वस्तु उपभोग गर्न बाध्य भएका छन् । सरोकारवाला निकाय मुनाफा कमाउन उद्योगी:व्यापारीले गर्ने बदमासीको मुख दर्शक बन्दा उपभोक्ता भने ठगिदै आएका छन् । म्याद नाघेका खाद्य वस्तुमा रिबेलिङ अर्थात नयाँ मिति राखेर उद्योगले बिक्रीवितरण गर्दा पनि सम्बन्धित निकायको ध्यान जान सकेको देखिँदैन ।। 

    3 min
  • पूर्ण खोप लगाएपनि सङ्क्रमणको डर : रिपोर्ट

    कोरोना विरुद्धको दुवै डोज लगाएका व्यक्तिमा पनि संक्रमण देखिन थालेको छ । नेपालमा हालसम्म भेरोसेल, कोभिशिल्ड, जोनसन एण्ड जोनसन र एस्ट्राजेनेकाको खोपलाई प्रयोग गरिएको छ । खोपको पूर्ण मात्रा लगाएपछि संक्रमित नहुने आम मानिसमा विश्वास थियो । तर, खोप लगाएकाहरु पनि संक्रिमत भइरहेका छन् ।

    4 min
  • नेकपा एकीकृत समाजवादीले सिंहदरबारबाट संसदीय दलको कामकारवाही सुरु गरेको छ : बेदुराम भुसाल

    नेकपा एकीकृत समाजवादीले सिंहदरबारबाट संसदीय दलको कामकारवाही सुरु गरेको छ । संसद सचिवालयले दलको कार्यालय उपलव्ध गराए लगतै नेकपा एकीकृत समाजवादीले सिंहदरबारबाट दलको कामकारवाही सुरु गरेको हो । निर्वाचन आयोगबाट दलको मान्यता पाएपछि दलको कार्यालय लगाएतका सेवा सुविधा उपलव्ध गराएको सचिवालयले जनाएको छ । नेकपा एकीकृत समाजवादी पाटीले यसअघि नै संसदीय दलका नेतामा माधवकुमार नेपाल र राष्ट्रिय सभा दलको कार्यालयमा बेदुराम भुसाललाई चयन गरिसकेको छ । 

    3 min

About Radio Candid

From the publisher's feed

Radio Candid 92.7 MHz is an independent infotainment 24/7 radio station in Nepal besides being a reliable source of information.