Radio Candid

Radio Candid

By Radio CandidNewsNews Commentary
Download on the App Store

Radio Candid episodes

  • राधाकृष्ण मैनाली

    बारम्बार फुट र जुटबाट गुज्रदै आएका नेपालका कम्युनिष्ट दल, फेरि एक पटक विभाजित भएका छन् । हामीले पुराना कम्युनिष्ट नेता राधाकृष्ण मैनालीलाई पछिल्लो समय कम्युनिष्ट दलहरु विभाजित हुनु स्वभाविक हो भनेर सोधेका छौं । 

    3 min
  • महिला हिंसा बढ्दो

    कोरोना महामारी, लकडाउन र निषेधाज्ञाको समयमा पनि महिला हिंसाका घटनामा बृद्धि भएको छ । हरेक दिन जसो महिला हिंसाका घटनामा बृद्धि भइरहेको तथ्याङ्क प्रहरीको छ । हरेक वर्ष महिला हिंसाविरुद्धको अभियान चलाइन्छ, हिंसा कम गर्न भन्दै विभिन्न संस्था पनि सक्रिय छन् । हिंसा रोक्नैका लागि भनेर सरकारले विभिन्न योजना ल्याइरहेकै हुन्छ, तर पनि महिला हिंसा घट्नुको साटो बर्सेनि बढिरहेको छ । एक रिपोर्ट 


    4 min
  • पारा तेक्वान्दो टोली टोकियो प्रस्थान

    २०२० पारा ओलम्पिकमा सहभागी हुन नेपाली तेक्वान्दो खेलाडीसहितको टोली आज जापानको टोकियो जादैछ । पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनसहित ५ जनाको टोली आज राति ८ बजे टोकियो जान लागेको हो । टोलीमा डा. दीपक श्रेष्ठ, सेफ द मिसनका सरोज श्रेष्ठ, टोली अधिकृत विश्वास बस्नेत, प्रशिक्षक कबिराज नेगी लामा र अफिसियल दीपक बिष्ट छन् । पलेशाले भदौ ६ गते ५८ के.जी.को श्रेणीमा प्रतिस्पर्धा गर्नेछन् । सबै टोलीको कोभिड–१९ को पीसीआर नेगेटीभ आएको अफिसियल विष्टले जानकारी दिनुभयो । 

    2 min
  • लोप हुँदै गएका लोकबाजा

    नेपाल र नेपाली संस्कृतिको अस्तित्व बचाई राखेका सांस्कृतिक महत्वका लोकबाजा पछिल्ला दिनमा आधुनिक बाजागाजाका कारण ओझेलमा पर्दै आएका छन् । ठेट नेपाली बाजाहरु लोपउन्मुख अवस्थामा पुग्नु आफ्नो संस्कार, संस्कृति पनि हराउनु हो । नयाँ पुस्ताले सिक्न नखोज्नु वा चासो नदिनु तथा पुरानो पुस्ताले आफ्नो ज्ञान र सीपलाई पुस्तान्तरण गर्न नसक्दा कुनै पनि समुदायको संस्कृतिको प्रतिनिधित्व गर्ने लोकबाजाहरु हराउन थालेका छन् 

    3 min
  • शिक्षामा कोरोनाको प्रभाव

    कोरोनो भाइरसका कारण प्रभावित शैक्षिक क्यालेण्डर यो वर्ष पनि भद्रगोलको अवस्थामा पुगेको छ । एउटै कक्षामा १८ महिनादेखि २ वर्षसम्म पढ्नु पर्ने बाध्यताले विद्यार्थीहरुको समय बर्बाद मात्र भएको छैन अनलाइन कक्षामा भर पर्नुपर्ने अवस्थाले सिकाई र बुझाईमा पनि प्रभाव पारिरहेको छ । वैकल्पिक माध्यमबाट अध्ययन अध्यापन भएता पनि सबै विद्यार्थीको पुहँचमा पुग्न सकेको छैन । 


    3 min
  • पछिल्लो समय नेपालमा खाने तेलको मूल्य अस्वभाविक रुपमा बढिरहेको छ रिपोर्ट

    पछिल्लो समय नेपालमा खाने तेलको मूल्य अस्वभाविक रुपमा बढिरहेको छ । एक वर्षको अवधिमा खाने तेलको मूल्यमा आएको उतारचढावले सर्वसाधारणको भान्सा भने महंगिएको छ । 


    3 min
  • जलवायु परिवर्तन रिपोर्ट

    जलवायु सम्बन्धी अन्तरसरकारी सस्था (आईपिसिसि ) ले सन् २०४० भित्रै पृथ्वीको तापक्रम १ दशमलब ३ देखि १ दशमलब ९ डिग्री सेल्सियस बढ्न सक्ने चेतावनी दिएको छ । यो संगै बैज्ञानिकहरुले गरेको अनुमान भन्दा अगाडि नै पृथ्वीको तापक्रम बढ्ने संकेत देखिएको हो ।।


    2 min
  • डा.विपिन अधिकारी

    हामीले संविधानविद डा.विपिन अधिकारीलाई राष्ट्रपतिबाट जारी भएको पछिल्लो अध्यादेशको स्थायीत्व के हुन्छ भनेर सोधेका छौं । 

    3 min
  • नेपालमा कोरोना भाइरस संक्रमण बढ्दो

    नेपालमा कोरोना भाइरस संक्रमणदर केही दिनयता उच्च भएपछि अहिले ५६ जिल्लामा निषेधाज्ञा जारी छ । स्वास्थ मन्त्रालयको पछिल्लो जानकारी अनुसार काठमाण्डौमा सबै भन्दा धेरै सक्रमित थपिएका छन भने प्रदेश १ को झापा, मोरङ र सुनसरी, गण्डकी प्रदेशको कास्की सहितका केही जिल्लामा कोरोनाको सक्रमण तिव्र रुपमा फैलिएकोे छ । 

    3 min
  • कांग्रेसका कुरा डा.शेखर कोइराला

    प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले अध्यादेशबाट सरकार सञ्चालन गर्न खोजेको भन्दै कांग्रेस भित्रै असन्तुष्टि सुरु भएको छ । कांग्रेस नेताहरुले यसलाई बिडम्बना भनेका छन् । हामीले कांग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइरालालाई कांग्रेसजस्तो पुरानो प्रजातान्त्रिक दल नेतृत्वको सरकारले अर्को दल नै फुटाउने आशयसहितको अध्यादेश ल्याउने निर्णय गर्न मिल्छ भनेर सोधेका छौं । 

    2 min

About Radio Candid

From the publisher's feed

Radio Candid 92.7 MHz is an independent infotainment 24/7 radio station in Nepal besides being a reliable source of information.