
Sign up to save your podcasts
Or


जलवायु परिवर्तनमा आएको तीव्रताका कारण पछिल्लो समय विश्वव्यापी रुपमा नै वातावरणीय समस्या झन्–झन् बढ्दै गएको छ । यो नियमित प्राकृतिक प्रक्रिया भएपनि औद्योगिकीकरण तथा यातायात क्षेत्रमा खनिज इन्धनको व्यापक प्रयोग एवम् वन विनाशको कारण हरितगृह ग्याँसको अत्याधिक उत्सर्जनबाट जलवायु परिवर्तनमा तीव्रता आएको हो । जलवायु परिवर्तनकै कारण नेपालमा पनि थुप्रै किसिमका वातावरणीय प्रभाव देखा पर्न थालेका छन् । तर, यो विषय बहसमा आएपनि कार्यान्वयनको पक्ष भने निक्कै कमजोर छ ।
नेपालमा चाडपर्वको मौसम सुरु भएको छ । हरितालिका तीज नजिकै छ भने दशैंतिहार जस्ता चाडपर्वहरु आउँदै छन् । अर्को तर्फ कोरोना संक्रमणको महामारी कम हुन सकिरहेको छैन । पछिल्लो समय स्थिर प्रायः देखिएको संक्रमणदर चाडपर्व र त्यसमा हुने जमघटले थप बढ्ने हो कि भन्ने शंसय पनि उत्तिकै छ ।
कोरोनो भाइरसका कारण प्रभावित शैक्षिक क्यालेण्डर यो वर्ष पनि भद्रगोलको अवस्थामा पुगेको छ । एउटै कक्षामा १८ महिनादेखि २ वर्षसम्म पढ्नु पर्ने बाध्यताले विद्यार्थीहरुको समय बर्बाद मात्र भएको छैन अनलाइन कक्षामा भर पर्नुपर्ने अवस्थाले सिकाई र बुझाईमा पनि प्रभाव पारिरहेको छ । वैकल्पिक माध्यमबाट अध्ययन अध्यापन भएता पनि सबै विद्यार्थीको पुहँचमा पुग्न सकेको छैन ।
नेपाल र नेपाली संस्कृतिको अस्तित्व बचाई राखेका सांस्कृतिक महत्वका लोकबाजा पछिल्ला दिनमा आधुनिक बाजागाजाका कारण ओझेलमा पर्दै आएका छन् । ठेट नेपाली बाजाहरु लोपउन्मुख अवस्थामा पुग्नु आफ्नो संस्कार, संस्कृति पनि हराउनु हो । नयाँ पुस्ताले सिक्न नखोज्नु वा चासो नदिनु तथा पुरानो पुस्ताले आफ्नो ज्ञान र सीपलाई पुस्तान्तरण गर्न नसक्दा कुनै पनि समुदायको संस्कृतिको प्रतिनिधित्व गर्ने लोकबाजाहरु हराउन थालेका छन
राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपालमा बहुआयमिक गरिबीको सख्ंया अझै ४९ लाख बढी छ । यो कुल जनसंख्याको १७ दशमलब ४ प्रतिशत हो । शहरी क्षेत्रका जनताको आय स्तरमा क्रमिक सुधार आएको देखिए पनि ग्रामिण भेगका जनता अझै पनि चरम गरिबीको मारमा छन् । नेपाल सरकारले दिगो विकासको लक्ष्य लिएपनि उनीहरु आधारभूत सुख सुविधा पाउनबाट बञ्चित छन् ।
अफगान संकटबारे मुजतबा रहमान लेख- युरोपेली नेताहरूमा २०१५ को शरणार्थी समस्या दोहरिने भय
Japan’s growing significance in Indo-Pacific region is clearly evident: Prof. Taniguchi, Japan’s Keio University
From the publisher's feed