
Sign up to save your podcasts
Or


सर्वोच्च अदालतको परमादेशबाट पुनः स्थापित प्रतिनिधिसभाले कुनै बिजनेस नपाउँदै अन्त्य गरिएको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते उज्यालो नहुँदै कात्तिक र मंसिरमा दुई चरणमा निर्वाचन गर्ने घोषणासहित संसद भंग गर्नु भएको थियो । सो निर्णयलाई बदर गर्दै सर्वोच्चले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । तर, परमादेशबाट बनेको देउवा नेतृत्वको सरकारले नै संघीय संसदको अधिवेशन अन्त्य गरेको छ । तत्कालीन ओली नेतृत्वको सरकारले संसद विघटन गर्दा चर्को विरोध जनाएको काँग्रेसले अहिले आफ्नै नेतृत्वको सरकार हुँदा अध्यादेश समेत पारित नगरी अधिवेशन अन्त्य गरेपछि तीव्र आलोचना र विरोध शुरु भएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहालले प्रदेश १ र बागमती प्रदेशमा गठबन्धनको सरकार बन्ने दावी गर्नुभएको छ । आज काठमाडौंमा भएको एक कार्यक्रममा दाहालले एमालेको सरकार संघमा मात्रै नभएर केही दिनपछि प्रदेश १ र बागमती प्रदेशमा पनि ढल्ने दावी गर्नुभएको हो ।
नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादका बिरुद्ध विद्रोह गरेको बताउनुभएको छ । भारतमा उपचारपछि स्वदेश फर्किएपछि त्रिभुवन बिमानस्थलमा पत्रकारसंग कुरा गर्दै खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई दक्षिणपन्थी अवसरवाद, अहंकारवाद, व्यक्तिवादमा लगेकाले विद्रोह गर्नु परेको बताउनुभएको हो ।
नेपाली कांग्रेसका नेता गगन थापाले आसन्न १४ औँ महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । काठमाडौँ महानगरपालिका ३० नम्बर वडा कांग्रेसले आज आयोजना गरेको कार्यक्रममा थापाले आफ्नो क्षेत्रबाट प्रारम्भ गरेको काममा सफलता प्राप्त गरेकाले सोही ठाउँबाट उम्मेद्वारी घोषणा गरेको बताउनुभयो ।
राष्ट्रिय सभामा माओवादी केन्द्र संसदीय दलका नेता शर्मालाई सरकार गठन भएको साढे एक महिना बढी हुँदा समेत मन्त्रिमण्डल विस्तार गर्न तपाईहरुलाई किन सकस परेको भनेर सोधेका छौं ।
काठमाडौंमा रहेकाे रेडियो क्यान्डिड ९२.७ मेगाहर्ज सत्य र निस्पक्ष समाचारमा विश्वास गर्छ । हरेक दिन बिहान ६ र १०, दिउँसाे १, अपरान्ह ४, साँझ ७ र राति ९ बजे तपाईं क्यान्डिड न्युज सुन्न सक्नु हुन्छ ।
काठमाडौंमा रहेकाे रेडियो क्यान्डिड ९२.७ मेगाहर्ज सत्य र निस्पक्ष समाचारमा विश्वास गर्छ । हरेक दिन बिहान ६ र १०, दिउँसाे १, अपरान्ह ४, साँझ ७ र राति ९ बजे तपाईं क्यान्डिड न्युज सुन्न सक्नु हुन्छ ।
काठमाडौंमा रहेकाे रेडियो क्यान्डिड ९२.७ मेगाहर्ज सत्य र निस्पक्ष समाचारमा विश्वास गर्छ । हरेक दिन बिहान ६ र १०, दिउँसाे १, अपरान्ह ४, साँझ ७ र राति ९ बजे तपाईं क्यान्डिड न्युज सुन्न सक्नु हुन्छ ।
मन्त्रिमण्डल विस्तार गर्न नसकेर आलोचित बनेका सत्तारुढ दलहरु पछिल्लो समय विधिविधान अनुसार चल्न नसकेपछि अर्को विवादमा तानिएका छन् । एक पछि अर्को गर्दै विधि र सिद्धान्त मिच्न थालेपछि सत्तारुढ दलहरुमा नै एकरुपमा हुन सकेको छैन । असार २९ गते प्रधानमन्त्रीमा सपथ लिदै गर्दा कांग्रेस सभापति शेरबहादुर देउवाले ४ सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभयो तर मन्त्री बनाईएका चारै जनाको नाम कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफुखुशी दिनु भएको थियो । पछिल्लो समय त एमाले र जसपा नै फुटाउने गरी सत्तारुढ दलको समर्थनमा सरकारले अध्यादेश ल्याएपछि त झन आलोचना चुलिएको छ ।
उच्च शिक्षाका लागि नेपालकै पहिलो राष्ट्रिय शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अहिले स्नातक र स्नातकोत्तर तहको परीक्षा सञ्चालन गरिरहेको छ । केही संकायको परीक्षा सम्पन्न भइसकेको छ भने केहीको बाँकी नै छ । कोभिड–१९ को महामारीका बीच त्रिविले परीक्षा सञ्चालन गरेको भन्दै विद्यार्थीहरुले विरोध समेत गरेका थिए । तर, परीक्षा सञ्चालनमा सरकारले रोक नलगाएको भन्दै परीक्षा गरेरै छाड्ने त्रिविको अडानका बीच अहिले परीक्षा भइरहेको हो । परीक्षा त भइरहेको छ तर, पछिल्लो समय कोरोना संक्रमण फेरि बढ्दै गएको अवस्थामा विद्यार्थीको भीडभाडले स्वास्थ्य जोखिम निम्तिने त होइन भन्ने संशय उत्पन्न भइरहेको छ ।
From the publisher's feed