
Sign up to save your podcasts
Or


मुलुकमा फेरि राजनीतिक दल थपिएका छन् । नेकपा एमालेबाट फुटेर नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबाट फुटेर लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएसँगै संसदमा दलको संख्या पनि बढेको छ । तर गठन हुने नयाँ दल र नेताहरुको कार्ययोजना र सोचमा भने परिवर्तन हुन सकिरहेको छैन । दलबाट के अपेक्षा गर्ने त ? एक रिपोर्ट ।।
कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको साढे एक महिना हुनै लाग्यो तर ६ सदस्यीय मन्त्रिमण्डलबाट मुलुक सञ्चालन हुँदै आएको छ । सत्ता गठबन्धनमा बढी दल आवद्ध हुनु, सवै दललाई समेट्न भागवण्डा नमिल्नु, दलहरुले आन्तरिक व्यवस्थापन गर्न नसक्नुले मन्त्रिमण्डलको कद भने घट्दो छ । अधिकांश मन्त्रालय नेतृत्वबिहीन हुँदा पछिल्लो समय बजेट कार्यान्वयनदेखि विकास निर्माण, कार्यसम्पादनसम्म प्रभावित हुँदै आएको छ । एक रिपोर्ट
हामीले एमाले सचिव योगेश भट्टराईलाई पार्टी एक बनाएर राख्ने प्रयास सफल भएन है भनेर सोधेका छौं ।
संघीय राजधानी काठमाडौंका सडकमा फेरि फोहोरको डंगुर लागेको छ । निरन्तरको पानी र एकै क्षणमा लाग्ने चर्को घामले फोहोरबाट हुने संक्रमणको जोखिममात्र बढेको छैन, जनताको स्वास्थ्यमा प्रतिकुल असर समेत परिरहेको छ । फोहोरबाट उड्ने धुलो र निस्कने गन्धले बटुवाहरु समेत नाक थुन्न बाध्य छन् । तर महानगरपालिका भने हरेक पटक एउटा न एउटा बहाना बनाएर पन्छिरहेको छ ।
जिल्ला सभापतिको धर्नालाई समर्थन जनाउन नेता अर्जुननरसिंह केसी, गगन थापालगायत धर्ना स्थल पुगेका थिए । यसअघि गएराति मात्रै सदस्यता विवाद टुंग्याउन गठित कार्यदलले प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइएको थियो ।
यसैबीच क्रियाशिल सदस्यताको विवाद टुङ्ग्याएको प्रतिवेदन बुझाएको १२ घण्टा नबित्तै केही जिल्लाका सभापतिहरु पार्टी मुख्यालयमा किन धर्नामा बस्नु प¥यो भनेर हामीले सहमहामन्त्री डा.प्रकाशसरण महतलाई सोधेका छौं ।
प्रस्तावित नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य र सांसदहरु संयुक्त बैठकका लागि काठमाडौंको चन्द्रागिरी रिसोर्ट पुगेका छन् । एमालेलाई फेरि एक बनाउन तेस्रो धारका नेताहरु सक्रिय रहेका बेला नेपाल पक्षीय नेताहरु भने आवासीय बैठकका लागि चन्द्रागिरी रिसोर्ट पुगेका हुन् ।
कोरोना महामारीले थलिएको पर्यटन क्षेत्र अझै लयमा फर्कन सकेको छैन । अन्य क्षेत्रमा चहलपहल बढ्दै गए पनि पर्यटन र यससँग सम्बन्धित क्षेत्रहरु भने अझै अप्ठ्यारोमै छन् । सरकारी योजना प्रभावकारी नहुँदा पनि कोरोनाले थलिएको यो क्षेत्र फेरि उठ्न नसकेको सरोकारवालाको विश्लेषण छ ।
कोरोना महामारीबीच काठमाडौं उपत्यकासहित आजदेखि देशभर ‘गाईजात्रा’ पर्व आरम्भ भएको छ । नेवार समुदायले एक वर्षभित्र दिवङ्गत भएका आफन्तको चीरशान्तीको कामना गर्दै यो पर्व मनाउने गर्दछन् । सरकारले स्वास्थ्य मापदण्ड पालना गरी सांकेतिक रुपमा पर्व मनाउन सचेत गराए पनि नागरिकले भने पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गरेको देखिएन ।।
कुनै पनि राजनीतिक दलले अघिल्लो महाधिवेशन गरेको साढे ५ वर्ष भित्र महाधिवेशन नगरे दल नै स्वतः खारेज हुने प्रावधान छ । त्यहीँ समयको अन्तिम चरणमा रहेको नेपाली कांग्रेस यो बेला पार्टी बचाउने रणभुल्लमा छ । विधानत ४ वर्षमा महाधिवेशन गर्न नसकेको कांग्रेसको केन्द्रीय कमिटीले बिशेषाधिकार प्रयोग गर्दै समयावधि एक वर्ष थप्यो । त्यसमा पनि असफल भएपछि संवैधानिक व्यवस्थालाई आधारमा बनाएर थपिएको ६ महिनाको पनि अन्तिम समयमा अहिले कांग्रेस छ । आगामी भदौ १९ गते भित्र महाधिवेशन गर्नै पर्ने बाध्यताका बीच कांग्रेसले फरक योजना अघि सार्दै पार्टी बचाउने रणनीति बुनेको छ ।
काठमाडौँको चाबहिल–जोरपाटी हुँदै साँखुसम्मको सडक विस्तार कार्य थालनी भएको ६ वर्ष पुग्नै लाग्दा पनि निर्माण सम्पन्न नहुँदा स्थानीयले सास्ती व्यहोर्नु परेको छ । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले २०७२ साल असोजमा ठेक्का सम्झौता शुरु गरेको सो सडक खण्ड दुई वर्षभित्र सम्पन्न गर्नु पर्ने थियो । तर, सडक विस्तार कार्यले गति लिन नसक्दा अलपत्र परेको छ ।
From the publisher's feed