महिला समानताका लागि सञ्चार अभियानद्द्वारा संचालित सामुदायिक रेडियो मुक्ती पुस ९ गतेदेखि १३ औं वसन्त पार गरि १४ औं बर्षमा प्रवेश गरेको छ। २०६५ साल पुस ९ गते देखि औपचारिक रुपमा प्रसारण सुभारम्भ गरेको रेडियो मुक्ति , महिला हिंसा न्यूनीकरण र महिला सशक्तीकरणका विषयमा केन्द्रित छ । रेडियो मुक्ति स्थापनाको अवसर पारेर आजको कार्यक्रम समय सन्दर्भमा हामीले शुभकामना सहितको कुराकानी समेटेका छौ। कार्यक्रम सहभागी हुनुहुन्छ ,बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष टंक प्रसाद पराजुली , नेपाल पत्रकार महासघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल , बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजु । कार्यक्रम समय सन्दर्भ । २०७८ पुस ८ गते बिहीवार समय बिहान ७:३० देखि ८ बजे सम्म साथै www.radiomukti.org र मोबाइल एप्लिकेसनको हाम्रो पात्रोमा रेडियो मुक्ति सर्च गरेर पनि सुन्न सक्नुहुनेछ ।