On Wednesday, 20 September this year, Nepal's current constitution completed eight years since its promulgation, the first under a Constituent Assembly. Nepal correspondent Ganesh Acharya spoke to Constitutional law expert Doctor Bipin Adhikari about the country's present and future in politics. - यो वर्ष बुधवार, २० सेप्टेम्बरको संविधान दिवससँगै नेपालको वर्तमान मूल कानूनले आठ वर्ष पूरा गरेको छ। संविधान सभा मार्फत पहिलो पटक बनाइएको उक्त संविधान बारे पछिल्लो समयमा टीका टिप्पणी भइरहँदा, नेपालमा "नेतृत्वको चुनौती" रहेको संविधानविद् तथा काठमाडौँ विश्वविद्यालयका प्राध्यापक डाक्टर बिपिन अधिकारीले बताएका छन्। सङ्घीयता र संशोधन लगायत दोहोरो नागरिकताका विषयमा डाक्टर अधिकारीले नेपाल संवाददाता गणेश आचार्यसँग गरेको कुराकानी सुन्नुहोस्।