Over the course of the year, a group of two dozen Nepali students has convened every Saturday afternoon with a shared goal: to learn the Newari language and immerse themselves in its cultural dances. Spearheaded by Guthi Australia, a community-driven volunteer organization, 'Guthi Bone kuthi' has been established as a language school to impart the Newari language to Australian children of Nepali heritage. - विगत एक वर्षदेखि गुठी अस्ट्रेलियाको पहलमा सिड्नीको क्याम्प्सीमा नेवारी भाषा विद्यालय सञ्चालन भइरहेको छ। 'गुठी बोन कुथी' अर्थात् गुठीबाट सञ्चालित विद्यालयले नेवार समुदायमा बालबालिकालाई मात्र नभएर अन्य समुदायका बालबालिकालाई पनि नेवारी भाषा र संस्कृतिका विभिन्न पक्षका बारेमा सिकाउने लक्ष्य राखेको छ। अस्ट्रेलियामा अङ्ग्रेजी सिकेर हुर्कँदै गरेका बालबालिकाका लागि परम्परागत भाषा र ज्ञानको महत्त्व कत्तिको रहन्छ त? हामीले नेवारी भाषा कक्षामा लागि पुगेका विद्यार्थी, अभिभावक, शिक्षक एवम् पदाधिकारीहरुसँग गरेको कुराकानी सुन्नुहोस्।