
Sign up to save your podcasts
Or


आजको लाईभमा हामीः
यूएईः
कुवेत:
कतारः
बहराइन:
साउदी अरेवियाः
विश्वः
आजको लाईभमा हामी प्रस्तुत गर्ने छौँ ।
-एकातर्फी चार्टर उडान गर्न पाईने । साउदीको भाडा एकतर्फी करीव रु. 90,000।
-बहराईनले ल्याएको नयाँ नियम ।
यूएई अपडेट
- जून १ तारिक बाट दुबाईमा २ वटा नयॉ मेट्रो स्टेसन ओपन हुने।
(Dubai Investment park station and Expo 2020 station)
-अबुधावी नेस्नल एक्जिवेसन (National Exhibition Centre) मा Abu Dhabi International Book Fair सुरू भएको छ।
मे -२९ सम्म का लागी।
- इमिरेट्स एयरलाइन्सले जुन १४ सम्मका लागी इन्डिया बाट यूएई आउने स्थगित फ्लाइटहरूमा पुन रोक लगाएको छ।
- अजमानमा पार्टी तथा विवाह समारोह गर्दाका केही नयॅा नियमहरू।
कुबेतः
-अर्को सुचना नभए सम्म आप्रबासीहरुलाई कुवेत आगमन बन्देज कायमै।
-आज मेई-२३ तारिकबाट सबै क्याफे-रेस्टुरेन्ट र होटलहरुमा बिहान ५ जे बाट बेलुकी ८ बजे सम्मा लागि डाइनिङ सुबिधा सन्चालनमा। श्वास्थ्य मापदन्ड कायम गरे नगरेको चेक्-जाँच कडा बनाइने।
-हुक्का(सिसा)क्याफे खुल्ला गराउन हुक्का(सिसा)क्याफेहरुका मालिकहरुद्वारा स्वास्थ्य मन्त्रलयलाई अनुरोध।
-कुवेतमा २२ मेई सम्म १९,२२,००० जनालाई कोभिड बिरुद्दको भ्याक्सिन लगाइयो।
-कुवेतमा अवैधानिक बनेका विदेशी नागरिकलाई आफ्नो कानुनी अवस्था सुधार गर्न वा आफ्नो देश फर्किन १ महिनाको ग्रेस पिरियड थपियो।
कतारः
-कोभिड-१९ रोकथामका लागि सरकारले लगाएको नियम पालना नगर्ने आज ९६१ जना पक्राउ परेका छन् ।
-३० बर्ष माथिकालाई खोप लगाईने ।
लगायत अन्न अनेक जानकारी र तपाइँका कमेन्टहरू लिने छौँ
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नु होला ।
यूएईः
Oman:
नेपाल-
कुवेत
साउदी:-
आजको लाईभमा हामीः
- मे ३१ सम्म अन्तराष्ट्रिय उडानहरू प्रतिबन्ध गरीएको छ ।
यूएईः
-भोली देखी EID सुरू ।
-आजदेखी अर्को सूचना नआउन्जेल नेपाल लगायत ४ देशबाट यूएई आउन रोक ।
-यूएईमा कोरोना को अबस्था के छ ?
-रोग फैल्याए १ लाख दिहराम जरीमाना भिडभाड गरेमा १० हजार दिहराम जरीवाना ।
कुवेत:-
१) लामो समय देखीको कर्फ्यू भोली बिहान (इदको पहिलो दिन-मेई-१३ तारिक) १ बजे बाट हटाइने। तर केही अत्याबश्यक बाहेकका अन्य खाले ब्यापारिक ट्रेडको लागि सपिङ मलहरु भने बेलुकी ८ बजे देखी बिहान ५ बजे सम्म बन्द रहने। रेस्टुरेन्टहरुबाट टेकवे र होम डेलिभरी मात्र गर्न दिईने -डाइनिङ सेवा अझै बन्द।
२)भ्यक्सिन लगाएकाहरुका लागि मात्र इदको पहिलो दिनबाट सिनेमा हल खोलिने।
३) इदको अबसरमा कुवेत सरकारले सामान्य अपराध अभियोगका र समयाबधी सकिन लागेका ४५९ जना थुनुवाहरुलाई जेल सजाय माफि।
४) नेपाल लगाएत पाकिस्तान, बंगालादेश र श्रीलंकाबाट कार्गो बाहेकका सिधा उडानहरु स्थगित।
५) कोभिडका कारण कुवेतमा ११ %ले आत्महत्या बढेको द कुवेत फायर फोर्सको रिपोर्ट।
६)नेपाल नागरिक उड्यान प्राधिकरणको प्रेश रिलिजका आधारमा काठमान्डौ-दिल्लीको हप्तामा २ वटा उडान बाहेक अन्य अन्तराष्ट्रिय कमर्शियल उडानहरु मेई-३१ सम्मका लागि स्थगित।दुताबासहरुबाट पनि सोही अनुसारको सुचना जारी।
७)ईदको अबसरमा(मेई १३ देखी १६ ) सम्म ३४९ उडानबाट १७२४७ यात्रािहरु बाहिरिनेछ्न भने ६२१६ यात्रिहरु भित्रिने।साथै सन २०२१को पहिलो क्वाटरमा ३६३० उडान मार्फत ३,५०,१३४ यात्रीहरु कुवेतबाट बाहिरिए भने ३६२८ उडानबाट १,९३,१५१ यात्रीहरु कुवेत भित्रिए।
८) घरेलु कामदार भिसाको इन्ट्री भिसाको अबधी ३ महिनाबाट ६ महिना बनाइयो।राहदानीको भ्यालिडिटी २४ महिनाबाट १८ महिनाका लागि घटाइयो।
कतारः
- इद अल फित्रको अवसरमा कतारको सम्पुर्ण बैंकिङ कार्यालयहरु मे १२ देखि १६ सम्म बन्द रहने कतार राष्ट्रिय बैंकले जानकारी दिएको छ ।
-कतारमा कोभिड-१९ नियन्त्रण गर्न विभिन्न क्षेत्रमा लगाइएको प्रतिवन्ध मे २८ देखि चार चरण गरेर हट्दै जाने स्वास्थ्य मन्त्रालयले बताएको छ ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गरेर अरु साथिहरू समक्ष पुर्याउन सहयोग गर्नुहोला ।
यूएईः
कुवेत:-
कतारः
साउदी अरेबियाः
हाम्रो लाईभलाई लाईक कमेन्ट र शेयर गर्न नबिर्सनु होला ।
हाम्रो फेसबुक पेज मा यसको लाईभ भिडियो पनि हेर्न सक्नुहुन्छ
आजको लाईभमा पनि हामीले भिभिन्न देशका जानकारी हरू समेट्ने छौँ
-अन्तराष्ट्रिय उडान स्थगन गरीए पनि चार्टर उडान चाहीँ हुने ।
-बिदेशबाट आउनेले १० दिन अनिवार्य होटेल क्वारेन्टिन बस्नु पर्ने नियम ।
यूएई अपडेट
- कोभिड - १९ को भ्याक्सिन दुबइको १७ प्राइभेट सेन्टर बाट प्रदान गरिने ।( सिनोफार्म, फाइजर)
- दुबई प्रहरीका अनुसार रमादान महिना अवधिमा ५४ जना अवैधानिक घरेलू कामदार पक्राउ परेका छन् ।
- यूएईले भारत देखि यूएई आउने फ्लाइट अर्को अपडेट नआउनजेलसम्मका लागी फेरि स्थगित गरेको छ।
- इदको समयमा अवैधानिक रूपमा fireworks, firecrackers क्रियाकलाप गरेमा यूएई दिराम एक लाख सम्म जरिवाना लाग्ने।
-रसअलखैमा म्यूनिसापिलिटि द्वारा पब्लिक हेल्थ सेफ्टीका नियम पालना नगरेका कारण १६६ फुड आउटलेटमा जरिवाना लगाएको छ।
ओमान
- ओमानले लकडाउन समय अवधि बढाएको छ। ८ मे बाट १५ मे सम्मका लागी।
- ओमानमा भयाक्सिन बारे नचाहीने हल्ला नफैलाउन सचेत गरिएको छ।
कुवेत:-
-इद (Eid-Al-Fitr)को अबसरमा मेई १२ देखी १६ सम्म सार्वजनिक बिदा।
-कुवेतको मन्त्रिपरिद द्वारा भ्याक्सिन नलगाएका कुवेती नागरिक, उनिहरुका रगतका नातेदार र घरेलुकामदारहरुलाई यात्रा प्रतिबन्ध।
-कुवेतले भारतलाई ६०० अक्सिजन सिलिन्डरको साथमा ४० टन मेडिकल राहत पठायो।
-कुवेतको भिसा भएका र उनिहरुकै देश वा बिभिन्न ठाउँबाट कुवेत फर्कन चाहने आप्रबासिहरुलाई फर्काउने कुरा अझै अनिश्चित।
-कुवेतको जेलमा रहेका बन्दीहरु मध्ये ३३ जनालाई संक्रमण, १ जना अस्पातल भर्ना।
साउदी अरब:-
-मई १७ बाट हाव, स्थल र जल मार्ग खोल्वा स्थ्य मापदन्ड पालना गर्नै पर्ने।
कतारः
-पुराना नोट नचल्ने सम्बन्धी जरूरी सूचना ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र सेयर गर्न नभुल्नुहोला ।
आजको लाईभमा पनि बिभिन्न देशका अपडेटहरू रहने छन् ।
-सोमबार देखी आन्तरीक उडान र ५ तारिख देखी अन्तराष्ट्रिय उडान बन्द गरीने
यूएईः
यूएई अपडेट
- अलऐनमा नयॉ भ्याक्सिनेसन् सेन्टर संचालन भएको छ।
समय - बिहान १० बजे - ४ बजे
र ८ बजे बेलुका देखि १ बजे सम्म।
- रमादानको सुरूवात देखि १७७ जना माग्ने व्यक्तिहरू पक्राउ।
-प्राईभेट ट्यूसन पढाउने ब्याक्तिलाई पचास हजार दिहराम सम्म जरीमाना ।
-Abu Dhabi मा खोप लागाएका ब्याक्तिका लागी प्रवेशमा नयाँ क्वारेन्टिन नियम ।
कतारः
-कतार क्यालेन्डर हाउसको अनुसार यो वर्षको इद अल फित्र मे १३ तारिक बिहिवार पर्ने देखिएको छ ।
आजको लाईभमा हामीले समेट्ने छौँः
कुवेत:-
१) सरकारी प्रोजेक्ट भिसामा करार अबधी सकिएका कामदारले सजिलै कम्पनी परिवर्तन गर्न सकिन।
२) भारतमा बढ्दो कोरोना संक्रमण नियन्त्रणका लागि कुवेतले अक्सिजन सिलिन्डर र मेडिकल राहत सहयोग गर्ने।
३) कुवेतका बिद्यार्थी र बिद्यालयका कर्मचारी अनी शिक्षकहरु सबैलाई कोभिड भ्याक्सिन अनिबार्य लगाउन नाम दर्ता गर्न स्वास्थ्य मन्त्रालयको अनुरोध।
४) सन २०२० भित्र १,५१,९९० आप्रबासीहरुले सधैंका लागि कुवेत छोडे।
५) कोभिड-१९ का कारण भिसा म्याद भएका ३ लाख ५० हजार आप्रबासि कामदारहरु आ-आफ्नै मुलुकमा रोकिए।
६) कुवेतमा अहिले आप्रबासीको संख्या १५,८६,४९४। अहिले ३१ प्रतिशत कामदारको अपुग।
७) कोभिड भ्याक्सिन सर्टिफिकेटका लागि इमुन (IMMUNE)एप्स सबैका लागि अनिबार्य ।
८) १६ लाख मनिसले कुवेत मोबाइल एप्स प्रयोग गरे।
कतार:-
१) नेपाल लगाएत भारत, बंगलादेश, श्रिलंका,पाकिस्तान, फिलिपिन्सका कामदारले कतार जाँदा १० देखी १४ दिन होटल क्वेरन्टाइन बस्नै पर्ने ।
२) PCR Test को लागी नयाँ अर्को एउटा प्राईभेट मेडिकल सेन्टे थपियो ।
३)अब कतार आउनेलाई ४८ घण्टा भित्रको कोभिड-१९ नेगेटीभ रिपोर्ट चाहीने ।
यूएईः
-Iftar tent यो पाला पनि कोभिड को कारण निशेध गरीएको छ ।
-रमदानको समयमा आफ्नो परीवार बाहेक अन्य ब्याक्तीहरू जमघट गरेर ईफ्तार नगर्न आग्रह ।
-दुवाईले अत्यावश्यक परेका व्याक्तिहरूका लागी ८६ हजार ईफ्तार मिल अहिले सम्म बाँडेको छ ।
-भिजिटमा भिषामा भएकाले कोभिड-१९ को खोप लगाउन नपाईने ।
-ंमिटिङ, सेमिनार, गोष्ठी हरूलाई अनलाईन बाटै गर्नको लागी सुझाव ।
ओमानः
-कोभिड-१९ को नियम उलंघन गरेका कारण एक समुह पक्राउ परेका छन् ।
साउदी अरेबियाः
-बैसाख, जेठ असार महिना भरी शूक्रबार पनि राहदानी सेवा खुल्ला रहने (नेपाल राजदूतावास)
हाम्रो लाईभलाई लाईक, कमेन्ट र सेयर गर्न नबिर्सनु होला ।
आजको लाईभमा समेटिने कुराहरूः
यूएईः
-भारतमा कोरोना संक्रमण बढे सँगै यूएई र भारत बिचको उडान केहीदिनको लागी स्थगित ।
-बिदेश जानको लागी PCR Test गर्ने अस्पताल सरकारले तोकिदिएको छ । हामी नाम भन्ने छौँ ।
कुवेत:-
१) अप्रिल २४ सम्म १२ लाख २२ हजारले कोभिड भ्याक्सिन लगाए।
२) इदको अबसरमा पार्सियल कर्फ्यू हट्न सक्ने।
३) जुलाई १ बाट कुवेत एयरपोर्ट सामान्य रुपमा चल्न सक्ने । कोभिडको अवस्था सुधारिएमा आप्रबासीहरुलाई प्रबेश दिन सकिने।
४) भारतमा कोभिड केश बढे पछी भारतबाट डाइरेक्ट आउने कमर्सियल फ्लाइटमा रोक।
५) बेल्सलामह(BELSALAMAH) एप्सले भारतबाट आउने घरेलु कामदारको प्रकृया केही समयलाई रोक्यो।
६) १ लाख ९० हजार आप्रबासी कामदारहरु अबैधानिक रहेकाले उनिहरुले कोभिड भ्याक्सिनको लागि रजिस्टर गर्न नसक्ने।
७) कुवेतमै कोभिड भ्याक्सिन लगाएकाहरु सिधै होम क्वेरन्टाईनमा जान सक्ने तर केही प्रकृया र निश्चित समय पुरा भएको हुनु पर्ने।
८) गृह मन्त्रालयले सार्वजनिक ठाउमा जमघट नहुन सबैलाई अपिल।
कतारः
- हालसम्म विश्वका विभिन्न २१ मुलुकमा संक्रमणका कारण ३७२ जना नेपालीको निधन भएको छ । हालसम्म मृत्यु भएकामध्ये २४५ जना मध्यपूर्वका रहेका छन् ।
- कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले हवाई आवागमनबाट नेपाल आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टिनमा राख्न सिफारिस गरेको छ
From the publisher's feed