Shramik Sanjal

Shramik Sanjal

By Shramik SanjalEducation
Download on the App Store

Shramik Sanjal episodes

  • SS FB Live #278 बिभिन्न देशका अपडेटहरू

    आजको लाईभमा पनि हजुरलेः


    यूएई अपडेटः

    - यूएईले रमादानको महिनामा one Billion Meals drive - को लागी 1 दिराम डोनेट गर्नाले भोकाएको व्यक्तिलाई खुवाउन सकिन्छ भन्ने अभियान गरेको छ।

    - रमादानको महिना भरि Public Parks, Paid parking hours, Dubai bus timings को समयमा पनि केही परिवर्तन भएको छ।

    - सार्जाहा RTA का अनुसार, दिराम -5 ट्याक्सि बुकिगं सर्भिस सार्जाहमा लन्च भएको छ। Taxi booking को लागी 600525252 मा कल गर्न सकिन्छ।

    - 2 लाख पचास हजार भन्दा बढी Iftar Meals 30 देशहरूमा distribute भएको Sharjah Charity International ले जानकारी गराएको छ।

    - दुबईमा e-scooter कुदाउन driving licence Permit चाहिने।

    - दुबईमा मार्च -18 देखि रमादानको पहिलो दिन सम्ममा 178 beggers लाई पक्राउ गरिएको छ।

    - एक अरब व्यक्तिले Whats app मा एक Couple लाई अपशब्द बोलेर म्यासेज गरेका कारण 5000 दिराम क्षतिपूर्ति साथै कानुनिक फायल दर्ता गर्दा लागेको दस्तुर बेहोर्नु पर्ने।


    हाम्रो बारेमा केही कुराः 

    - श्रमिक सञ्जालमा आबद्ध हुनको लागी यो फर्मः member.shramiksanjal.org

    -'बिदेश जानु पहिले' 1 April 2022 मा हुँदै गरेको Free १ दिने Training/Workshop मा सहभागी हुनको लागीः bit.ly/bideshjanupahile


    हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्नुहोला ।

    1 hr 4 min
  • SS FB Live #277 भिभिन्न देशका अपडेटहरू

    आजको लाईभमाः

    कुवेत

    – कुवेत लगाएतका देशमा हिजोबाट रमादान शुरू ।

    –  कुवेतमा अल्ट्रा पेट्रोलको मुल्य प्रति लिटर ३५ फिल्स(नेरू १४)ले बढ्यो । अल्ट्रा पेट्रोलको मात्र एप्रील १ देखी जुन अन्तिमसम्म मुल्य बढाइएको भनाइ ।

    –  घरेलु कामदारको न्यूनतम तलब ७५ केडी बनाउन पामको आग्रह । सन २०१५ देखी ६० केडी(२०० डलर) पारिश्रमिक बानाइएको थियो ।

    – कुवेतको पुरानो बजार मुबारकीयामा बिहिवार आगलागी हँुदा ३०० पसल ध्वस्त, १४ जना घाइते धेरै आर्थिक क्षति भएको भनाइ ।


    लगायतका धेरै देशका अपडेटहरूः


    हाम्रो संजालमा आबद्ध हुन चहानुहुन्छ भनेः member.shramiksanjal.org


    हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।

    40 min
  • SS FB Live #276 बिभिन्न देशका अपडेटहरू

    आजको लाईभमा हामीः


    -श्रमको स्टिकर हटाईएको भन्ने खबरले हजुरलाई कन्फ्यूज बनाएको त छैन ? यसको बारेमा हामी आज कुरा गर्छौँ ।


    यूएई अपडेटः

    - यो हप्ता Expo-2020 दुबई भिजिट गर्ने संख्या एक मिलियन भन्दा बढी।शुक्रवार, शनिवार र आइतबार अहिले सम्म कै बढी भिजिटर्स।अहिले सम्म 22 मिलियन भन्दा बढी एक्स्पो भिजिट गर्ने को संख्या पुगेको छ।

    - सार्जाह का राजाले रमादान पवित्र महिनाको अवसरमा २१० कैदीलाई माफी दिदै।

    - रमादानको अवसरमा अध्ययनको निम्ति आर्थिक समस्या भएका ५०० विधार्थीलाई पढ़ाई निरन्तरता गर्नको निम्ति सहयोग।

    - रमादानको नाममा विभिन्न अनलाइन माध्यमबाट अन अथोराइज अर्गनाइजेसन बाट रक़म नउठाउन प्रहरीको चेतावनी। त्यसरी पैसा माग्ने, उठाउने गरेको भेटिएमा १००,००० ( एक लाख यूएई दिराम) जरीवाना।

    - एक्स्पोको -2020 को अन्तिम दिन 24 hours दुबई मेट्रो संचालन हुने।

    - दुबईका राजाले रमादानको अवसरमा ६५९ जेलमा रहेका कैदीलाई माफी दिदै।


    कुवेत

    – कोरोना पछि ट्राभल र टुररिजम व्यवसाय अब उकालो लाग्दै ।

    – कुवेतको ६१ औं राष्ट्रिय दिवसको अवसरमा दिइएको आममाफीमा १०८० कैदीहरूले लाभ उठाए। ५३० कैदीलाइ जरिवाना र धरौटी मिनाहा गरियो भने ७० जना नागरिक र १३० जना प्रवासीसहित २०० जनालाई रिहा गरियो ।

    – रमादानमा बैंकहरू बिहान १० वजे देखी १ः३० सम्म मात्र खुल्ने ।

    – रमादान भरी सबै डाइनङि र बाहीर बस्ने ठाउभएका रेष्टुरेन्ट, होटलहरू इफ्तारको २ घन्टा अघि मात्र खोल्न पाइने ।

    – रमादान नजिकिदै गर्दा घरेलु कामदारको माग बढ्दो ।

    – सडकमा माग्न बस्ने १५ आप्रवासी माग्नेहरू बच्चा सहित पक्राउ ।

    – यौन ब्यवसायमा संलग्न ४ महिला र २ पुरूष एशियन नागरिक पक्राउ ।


    - श्रमिक सञ्जालमा आबद्ध हुनको लागी यो फर्मः member.shramiksanjal.org

    -Voting Right सम्बन्धी आफ्नो धारणा सहित सहमती असहमती जनाउनको लागीः https://forms.gle/2nB8KasTe6ApYSvF6

    -'बिदेश जानु पहिले' 1 April 2022 मा हुँदै गरेको Free १ दिने Training/Workshop मा सहभागी हुनको लागीः bit.ly/bideshjanupahile


    हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्नुहोला ।

    47 min
  • SS FB Live #275 बिभिन्न देशका अपडेटहरू

    कतारः

    -कतार बिश्वकप हेर्न जादा साथिभाइ या आफन्तको मा बस्न पाइने ।


    - श्रमिक सञ्जालमा आबद्ध हुनको लागी यो फर्मः member.shramiksanjal.org

    -Voting Right सम्बन्धी आफ्नो धारणा सहित सहमती असहमती जनाउनको लागीः https://forms.gle/2nB8KasTe6ApYSvF6

    -'बिदेश जानु पहिले' 1 April 2022 मा हुँदै गरेको Free १ दिने Training/Workshop मा सहभागी हुनको लागीः bit.ly/bideshjanupahile

    हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्नुहोला ।

    50 min
  • SS FB Live #274 बिभिन्न देशका अपडेटहरू ।

    आजको लाईभमा पनि हामीलेः

    यूएई अपडेटः

    - फेक ईमेल,वेबसाइट, अनलाइन अकाउन्ट बनाएमा यूएई दिराम २ लाख सम्म जरिवाना साथै २ वर्ष सम्म त्यस्तो गर्ने व्यक्ति लाई सजाय हुन सक्ने।

    - यूएई रेसिडेन्सले अब पार्क प्रवेश गर्ने कार्ड विधुतीय माध्यमबाट नै रिन्यू गर्न सकिने।

    - यूएई दिराम ३ लाख जतिको घडी चोरी गरेका कारण २ व्यक्ति पक्राउ परेका छन्।

    - अबुधावी एयरपोर्ट र दूबई एयरपोर्ट यो हप्ता मार्च - २५-२८ देखि अप्रिल ७-९ सम्म बढी व्यस्त रहने।( यूएईका विधालयहरूमा Spring break ) का कारण यात्रा गर्ने संख्या बढ्ने।

    - अहिले सम्म झण्डै २१ मिलियन भिजिटर्सले एक्स्पो - २०२० भिजिट गरिसकेका छन्।

    - रमादानको अवसरमा Carrefour मा १०,००० Items मा 50% Discount ( Multiple Categories - food, beverage, technology)

    - दुबईमा एक Nanny ले बच्चाको indecent video click गरेर सेयर गरेका कारण ३ महिना जेल सजाय र त्यसपश्चात देश निकाला गरिने भएको छ।

    कतारः

    -कतार भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले कतारका श्रम मन्त्री डाक्टर अलि बिन समिख अल मर्रीसँग  दोहामा शिष्टाचार भेटवार्ता साथै कतारमा कार्यरत नेपाली हरु सग अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

    -रमादानलाई लक्षित गर्दै दैनिक उपभोग्य बस्तुको मुल्य घट्यो । करिब ८ सय बस्तुको मुल्य घटेको हो ।

    -फिफाले बिश्वकपको टिकट बिक्री खुला गरेको छ ।

    -अनडकुमेन्टेड भएर बसेका आप्रवासी श्रमिकलाई घर फर्कने या आधा जरिबाना तिरेर कतारमै  डकुमेन्टेड भएर बस्ने समय सिमा मार्च ३१सम्म मात्र ।

    साउदी अरेबियाः

    - हिजो बसेको साउदि सरकारको  क्याबिनेटले अब देखि साउदि अरब आउने सम्पुर्ण श्रमिक तथा अन्य यात्रुलाइ अब पि सि आर र  आए पछिको क्वारेन्टाइनको जरुरत नपर्ने भएको छ साथै कोरोनाको कारणले लगाइएको सम्पुर्ण नियमहरु हटाउने निर्णय भएको छ !

    श्रमिक सञ्जालमा आबद्ध हुनको लागी यो फर्मः member.shramiksanjal.org

    Voting Right सम्बन्धी आफ्नो धारणा सहित सहमती असहमती जनाउनको लागीः https://forms.gle/2nB8KasTe6ApYSvF6

    'बिदेश जानु पहिले' 1 April 2022 मा हुँदै गरेको Free १ दिने Training/Workshop मा सहभागी हुनको लागीः bit.ly/bideshjanupahile

    हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्नुहोला ।

    52 min
  • SS FB Live #273 बिभिन्न देशका अपडेटहरू

    आजको लाईभमा पनि हामीलेः

    कुवेत

    – –कुवेतको स्वतन्त्रता दिवस तथा नारी दिवसको अवसरमा आयोजित प्रद्धर्शनी तथा साँस्कृतिक कार्यक्रममा नेपाली दूतावासले नेपाली मौलिक संस्कृति झल्काउने पोशाक, बाजागाजा सहितको नाच, नेपाली खाना, नेपाली घरेलु उत्पादनका सामग्रीहरू, निर्यातयोग्य वस्तुहरू, पर्यटन प्रवर्द्धनसँग सम्बन्धित सामग्री सहितको स्टल राखी कार्यक्रममा सक्रिय सहभागिता जनायो ।

    – –कुवेतले आज मार्च २० तारिकबाट पहिले जस्तै ३ महिने भिजिट भिसा खोल्यो ।

    – –कुवेतमा भिसाको किनबेच पुनः बढ्न लागेको रिपोर्ट ।

    – आफू खुसी सामानको मुल्य बढाउने केही सुपरमार्केटहरूमा छापा ।

    – –१४९ देश मध्ये कुवेत विश्वको ५० औँ खुसी(सुखी) राष्ट्रमा । प्रती ब्यक्ती आम्दानी, सामाजिक सुरक्षा, श्ास्थ्य सेवा, स्वतन्त्र जीवनशैली, आन्तरिक र बाहिय भ्रस्टचारको स्तरको आधारमा फिन्ल्यान्ड पहिलो ।

    – एक भारतीय घरेलूकामदार खानामा फोहोर मिसाएर दिएको आरोपमा पक्राउ ।

    लगायत बिभिन्न देशका अपडेटहरू ।

    हाम्रो 'बिदेश जानु पहिले' कार्यक्रममा भाग लिन चहानुहुन्छ भने यो फारम भर्नुहोला । https://form.jotform.com/220774364303452

    हाम्रो लाईभलाई लाईक कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।

    52 min
  • SS Fb Live #272 बिभिन्न देशका अपडेटहरू ।

    आजको लाईभमा हामीः


    -अव विदेशमै ठगी गर्नेलाई पनि कारबाही हुने ।

    -यूएईमा भिजिट भिषामा समस्यामा परेकालाई यूएई सरकारले सपोर्ट गर्ने ।


    यूएई अपडेटः

    - अबुधावीमा पब्लिक बसमा यात्रा गर्ने क्रममा बस ड्राइभर ले या बस ड्राइभरलाई हप्काएमा, रेस्पेक्ट नगरेमा अथवा प्यासेन्जरलाई हप्काएमा, रेस्पेक्ट नगरेमा 500 यूएई दिराम फाइन लाग्ने।

    - बसमा यात्रा गर्ने व्यक्तिले आफ्नो Transport Cards अरूलाई बेचेमा पनि 500 दिराम सम्म फाइन लाग्ने।

    - पब्लिक बसमा Chew gums चपाएमा 200 दिराम फाइन।

    - Albait Metwahid Al Warqa कोभिड- 19 भ्याक्सिनेसन सेन्टर March - 17 बाट बन्द हुने। DHA बाट अपडेट गराइने।

    - अप्रिलबाट सार्जाह ईमिरेट्सका विधालयमा नयॅा सेमेस्टर 100% Physical Class संचालन हुने। Distance Learning पूर्ण रूपमा हटाइने SPEA को जानकारी।

    - दुबई City Walk को Drive through कोभिड - 19 टेस्टिगं सेन्टर Permanently Close भएको छ। तर Al Khawaneej  Site मा निरन्तर हुने।


    कतारः

    -कतार मा  ट्राफिक जरिवानामा ५०% छुट ।

    -आजाद भिसाको नाममा अवैध रुपमा भिसा व्यापार गर्ने एक जनालाई पक्राउ।

    -फागुपुर्णिमाको अवसरमा दूतावासको कार्यालय (भोलि)बिहिबार बन्द हुने  ।

    भोटिङ राईट्सको बारेमाः https://forms.gle/waJ5EUjmMniCmefU7


    हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।

    45 min
  • SS FB Live #271 बिभिन्न देशका अपडेटहरू र हजुर हरूका कमेन्टहरू

    आजको लाईभ मा हामीलेः

    -भिजिको लागी बिदेश जान अहिले तोकिएका नियम ।


    कुवेतः

    –कुवेतका सवै सरकारी अफिस कोरोना पछि सामान्य र पहिले जस्तै रूपमा सञ्चालनमा ।

    –कुवेतको नियम विपरीत चलाइएका १३९ वटा वेबसाइट बन्द गरियो ।

    –लाइसेन्स नलिइ सडक व्यापार गर्नेहरू फाहहिलबाट पक्राउ ।

    –सेप्टेम्वर  १० देखी फेव्रोवरी १७ सम्म ३ हजार भिसा नियम उल्लङ्घनकर्ता पक्राउ ।


    मलेसियाः


    –दुई बर्षदेखि बन्द मलेसियाको श्रम स्वीकृति खुला  भयो  । कोरोना महामारीका कारण सन् २०२० मार्चदेखि मलेसिया सरकारले विदेशी कामदार नलिने निर्णय गरेपछि नेपाली श्रमिकहरु जान पाएका थिएनन् ।

    नेपालः–

    –वैदेशिक रोजगार सम्वन्धी सवै कल्याणकारी सेवाहरु अव अनलाइनबाटै ।


    हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला । 

    श्रमिक सञ्जालको सदस्य बन्नको लागीः member.shramiksanjal.org


    44 min
  • SS Fb Live #270 बिभिन्न देशका अपडेटहरू ।

    आजको लाईभमा पनि हामीलेः


    -अब Airport मा श्रम डेक्स नहुने ।


    कुवेत

    –अन्तराष्ट्रिय महिला दिवसका अबसरमा नेपाली राजदुतावासले कुवेतमा कार्यरत नेपाली महिलाहरूसंग छलफल कार्यक्रम राख्यो ।

    –नेपाल-कुवेतको कुटनितिक सम्बन्धको ५० औं वर्षगाँठको अबसरमा २५ मार्च शुक्रवार दुतावासले रक्तदान कार्यक्रम आयोजना गर्दै ।

    –कुवेतमा रहेका करिब १ लाख ५० हजार भिसा उल्लंघनकर्ताहरूलाइ जरीवाना विना कुवेत छोड्न दिन गृहमन्त्रालयलाइ प्रस्ताव पठाइयो ।

    –कुवेतको राष्ट्रीय दिवसको बिदाबाट फर्कनेहरूको एयरपोर्टमा भिडभाड ।

    –नक्कली आइडी बनाउने एशियन नागरिक पक्राउ ।

    –एप्रिल पहिलो हप्ताबाट शुरूहुने रमादानको तयारी गरिदै ।

    –प्रहरी बनेर परिचयपत्र माग्नेले जाहारामा एक भारतिय नागरीकको वालेट र मोवाइलनै खोस्यो । नक्कली प्रहरी भएको खुलासा, उनको खोजिमा प्रहरी ।

    हजुर हजुरका कमेन्ट लिने छौँ ।


    हाम्रो लाईभलाई लाईक कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।


    हाम्रो सदस्य बन्नको लागी तपाईँ हाम्रो अनलाईन फारम भर्न सक्नुहुन्छः member.shramiksanjal.org

    58 min
  • FB Live #269 बिभिन्न देशका अपडेटहरू

    आजको लाईभमा पनि हामिलेः

    कतारः

    1) अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा दूतावासको कार्यालय ८ तारिक बन्द रहने ।    2)अप्रिल २ तारिख शनिबार देखि रमादान महिना सुरु हुने अनुमान

    कुवेत

    –कुवेतको राष्ट्रीय दिवसको बेला एक हप्तामा २८ हजार ८९१ ट्राफिक नियम उल्लङघनका घटनामा जरिवाना ।

    –राष्ट्रीय दिवसको बेला एक हप्तामा २ लाख ४२ हजार हवाइ यात्रुले यात्रा गरे ।

    कुवेतले सबै प्रकारका भिजिट र पारिवरिक भिसा खोल्ने, कमर्सियल भिजिट भिसा भने तत्काल नखोलिने ।

    –नक्कली हाउसमेड अफिसमा छापामार्दा ४ जना भिसा नियम उल्लङ्घनकर्ता एसियन आप्रवासी पक्राउ ।

    –साद अब्दुल्ला एकेडेमीको आन्तरिक सुरक्षा सम्बन्धि भिडियो पोस्ट गरेकोमा २ एसियन आप्रवासी पक्राउ

    साउदीअरबिया

    -नेपाल वायुसेवा निगमले साउदी अरबको रियादबाट उडान सुरु गर्ने भएको छ ।

    -अब बाहिर तिर माक्स लगाउन नपर्ने प्रार्थना तिर सोसियल डिस्टेन्स राख्नु नपर्ने तर माक्स जरुरी

    -बाहिरबाट आउने यात्रुको लागी पिसीआर टेस्ट पनि जरूरी नपर्ने तथा होटल क्वेरन्टिन बस्नु नपर्ने ।

    हाम्रो सदस्य बन्नको लागीः member.shramiksanjal.org

    हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला । 

    54 min

About Shramik Sanjal

From the publisher's feed

हामीले मध्यपूर्ब र मलेसियामा रहनु भएका नेपालिसाथीहरूका लागी तयार पारेको कार्यक्रम हो यो । हरेक आईतबार र बुधबार बेलुकाको समयमा हाम्रो कार्यक्रम फेसबुक ग्रुप, फेजबुक पेज र यूट्यूवमा प्रशारण हुने गर्छ ।