
Sign up to save your podcasts
Or


आजको लाईभमा पनि हामीलेः
-अब श्रम अनलाईनबाट मात्रै ।
-कोभिड-१९ को कारण यात्रामा बिशेष ध्यान दिनु होला ।
यूएई अपडेट
- भिजिट भिषामा काम गरे ३ महिना सम्मको जेर र १०,००० दिराम फाइन या दुई मध्ये एक र Country Deport समेत हुने।
- कोभिड -१९ जस्ता New Varient का कारण यूएईमा Full Lockdown नहुने यूएईका Minister शेख महोमदले जानकारी गराउनु भएको छ।
- जनवरी- १५ -२०२२ को अपडेट अनुसार यूएईमा नयॉ कोभिड केसहरू ३,११६ संख्यामा।
- आज मिति जनवरी -१६ -२०२२ Expo Dubai भिजिटका लागी १० दिराम मा Special Offer टिकेट थियो।
- यूएईमा बढ्दो कोभिड केसका कारण केही विधालयहरूमा Remort learning लाई extend गरिएको छ।
- पैदलयात्रीहरूले सही ठाउँ बाट बाटो Cross नगरेमा ४०० दिराम फाइन।
- Accident भएको ठाउॅमा भिडभाड गरेमा १००० दिराम फाइन।
- Seha ले कोभिड -१९ को Mina Rashid Dubai मा रहेको drive through Centre बन्द गरेको छ।City walk र Al Khawaneej Dubai मा Continue रहने ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
आजको लाईभमा पनि हामीलेः
यूएई अपडेटः
⁃जनवरी - ८ को अपडेट अनुसार २,६२७ नयॅा कोभिड केसेस।कोभिड -१९ का सम्पूर्ण मापदण्ड पालना गरेर सुरक्षित रहनुहोला।
⁃अबुधावीका सरकारी कर्मचारीहरूले अनिवार्य रूपमा कोभिड -१९ को booster dose लगाउनुपर्ने।यो नियम Jan - 10 बाट लागू हुदै।
⁃यूएईका सम्पूर्ण रेसिडेन्सलाई कोभिड -१९ को booster dose लगाउन अनुरोध।
⁃रस अल खैमामा UAE National Day को अवसरमा दिइएको 50% ट्रैफ़िक फाइन छुटको अवधि बढाएर Jan - 17-2022 सम्म।
⁃शारजाह प्रहरीले विभिन्न साइटमा आएका अनलाइन fake job हरूबाट सचेत रहन सु-सुचित गराइएको छ।
⁃कोभिड केसहरू बढेका कारण यूएईका विधालयहरूमा अनलाइन कक्षा संचालन भैरहेका छन्।
⁃अजमान Municipality ले फाइनका साथै 2,240 food outlet लाई कोभिड Safety rules break गरेका कारण चेतावनी दिइएको छ।
⁃Balcony बाट bottle फालेर एक व्यक्तिको टाउकोमा चोट लागेका कारण bottle फाल्ने व्यक्ति पक्राउ परेका छन्।
कुवेतः
-कुवेतको नेपाली दूतावासले बिभिन्न स्थानीय कम्पनी प्रतिनिधि (Human Resource Managers/Representatives) र दूतावास प्रतिनिधि बिच छलफल गर्यो ।
-कोरोना संक्रमितको संख्या अत्याधिक बढेको प्रती कुवेत स्वास्थ्य मन्त्रालयको चिन्ता । आज २,९९९ जनामा संक्रमण ।
-कुवेतका स्वास्थ्य मन्त्री डा. खालिद अल सईदलाई पनि कोरोना संक्रमण ।
-मस्जितमा पनि भौतिक दुरी कायम गर्नु पर्ने । प्रार्थना गर्दा मास्क अनिबार्य र मस्जितको झ्याल खोल्नु पर्ने । १५ मिनेट भित्र प्रार्थना सक्नु पर्ने र् एकले अर्कोलाई छुन नपाईने ।
-कुवेत एयरर्पोर्टमा स्वास्थ्य मापदन्ड कडा बनाइयो । भौतिक दुरिका लागि स्टिकर लगाइयो
-कर्फ्यू वा लकडाउन लगाउने कुनै योजना छैन - MOH-KUWAIT
-कुवेत सरकारले अत्यान्तै आबश्यकता नपरी यात्रा नगर्न आप्रवासी र नागरीकलाई अनुरोध गर्यो ।
-५० बर्ष माथिका उमेर समुहलाई सिधै खोप केन्द्रमा र त्यो भन्दा कम उमेर समुहलाई नाम रजिस्टर गरेर बुस्टर खोप लगाउन अनुरोध ।
-कुवेत सरकारले आगामी आइतबार जनवरी ९ तारिखदेखि फेब्रुअरी २८ तारिख सम्म सार्वजनिक स्थानमा सबै प्रकारका भेला गर्न प्रतिबन्ध लगायो ।
कतारः
-नेपाल जादा पिसिआर गर्न जानु परेमा ड्राइभ थ्रु सेन्टर र सिद्रा मेडिसिन सेन्टर मा गएर स्वाब दिन सकिने
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
आजको लाईभमा पनि हामीलेः
कुवेत:
-कोरोना संक्रमितको संख्या अत्याधिक बढेको प्रती कुवेत स्वास्थ्य मन्त्रालयको चिन्ता । बुधवारमात्र २,२४६ जनामा संक्रमण ।
-कुवेत सरकारले आगामी आइतबार जनवरी ९ तारिखदेखि फेब्रुअरी २८ तारिख सम्म सार्वजनिक स्थानमा सबै प्रकारका भेला गर्न प्रतिबन्ध लगायो ।
-कोरोना स्वास्थ्य मापदन्ड नमान्ने ५ पसल बन्द, ५ ओटालाई जरिवाना, ४३ वटा पसललाई सचेत गराइयो ।
-कुवेतले यूकेबाट बिफ,पोल्यान्ड, हंगेरी र काजगिस्तानबाट अन्डा तथा कुखुरा ल्याउन बन्द गर्यो ।
-बुस्टर डोजका लागि ५० वर्ष माथिका नागरिक र आप्रवासीहरूका लागि सिधै खोप केन्द्रमा गएर खोप लगाउन पाउने तथा त्योभन्दा कम उमेर समूहकाले अनलाइनबाट स्विकृति लिनुपर्ने ।
-कुवेतले सन २०२१ भित्र १८ हजार आप्रवासीहरुलाई डिपोर्ट गर्यो । उनिहरु मध्ये ११ हजार १७७ पुरुष र ७ हजार ०४४ महिला। १ हजार ५ सय जती ड्रग मुद्दामा थिए ।
-२ लाख ५७ हजार आप्रवासीले सन २०२१ मा कुवेत छोडे ।
-आइतवार र सोमबार अत्याधिक बर्षका कारण कुवेतका बिभिन्न ठाउँमा डुबान ।
साउदीअरब:
-डिसेम्बर ३० तारिखबाट अनिवार्य रूपमा फेरि मास्क लगाउने र एक व्यक्तिबाट अर्को व्यक्तिले कम्तिमा १.५ मिटरको भौतिक दूरी कायम गर्नुपर्ने नियम लागू गरिएको छ ।
- बुस्टर डोजका लागि सबै नागरिक र आप्रवासीहरूलाई अनुरोध गरेको छ ।
कतारः
-कतारमा २२ सय ७३ जनामा कोरोना सक्रमण ।
-कतारमा विभिन्न कारणले गैरकानुनी भएका व्यक्तिको कानूनी हैसियत सच्याउने अवसर मार्च ३१,२०२२ सम्मका लागि थप गरिएको छ ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट, र शेयर गर्नुहोला ।
आजको लाईमा हामिले बैदेशिक रोजगारीबाट फर्केर नेपालमा दुध डेरी चलाईरहनु भएका एकजना हाम्रा श्रमिक साथिको कथा पनि सुनाउने छौँ ।
साथै, आजका अपडेटहरूः
कतारः
-व्यापार र उद्योग क्षेत्रको कामदारलाई लक्षित गर्दै स्वास्थ्य मन्त्रालयले बु गार्नमा जनवरी ९ देखि संचालन मा आउदैछ ।
-कोरोना भाइरस को सक्रमण बढदै गएकाले पिसिआर रिपोर्ट आउन समय लाग्ने हुन सक्छ । पहिले चाडो रिपोर्ट आउथ्यो अहिले ४८ घन्टा सम्म लाग्न सक्छ यात्रा गर्ने हरुले चाडो पिसिआर गरेर रिपोर्ट लिनु होला ।
-आज देशभर थप ९९८ जनामा कोरोना भाइरस संक्रमण र १९२ जनालाई निको भएको छ ।
-हमाद मेडिकल कर्पोरेशनका अनुसार कोभिड-१९ को हल्का देखि मध्यम लक्षण भएका बिरामी १० दिन घरमै आइसोलेसन बस्दा हुने ।
२८ वटा प्राइमरी हेल्थ केयर सेन्टरमा कोभिड-९ को पिसिआर परिक्षण निशुल्क बनाएको छ । कतार बाट बाहिर जादा पिसिआर शुल्क लाग्ने ।
लगायत बिभिन्न अन्य अपडेटहरू ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला
आजको लाईभमा पनि हामीलेः
यूएई अपडेट
⁃ यूएईमा कोभिड - १९ एकै दिनमा २,२०० संख्यामा पत्ता लागेको छ।कोभिड संख्या दैनिक रूपमा बढ्दो क्रममा।
⁃ अबुधावी प्रवेश गर्नका लागी नयॉ नियम लागू हुने। Al Hosn App मा Green Status हुनुपर्ने।नयॉ वर्ष सेलिब्रेट गर्न पार्टी तथा समारोहमा उपस्थित हुन ९६ घण्टा भित्रको नेगेटिभ पिसिआर रिपोर्ट हुनुपर्ने छ।
⁃ Winter Break पछि विधालय जानका लागी १२ वर्ष भन्दा माथीका विधार्थीले अनिवार्य रूपमा ९६ घण्टा भित्रको पिसिआर टेस्ट रिपोर्ट हुनुपर्ने।
⁃ सार्जाह इमिरेट्समा कोभिड -१९ का सुरक्षाका मापदण्डहरू उलंघन गरेका कारण ७९ सैलूनमा फाइन लाग्नुका साथै चेतावनी दिइएको छ।
⁃ एक ईन्जिनियरलाई ५००० दिराम फाइन लागेको छ विना पर्मिट Drone बाट illegal रूपमा Photography का कारण।
⁃ यूएईका केही विधालयहरू Jan -3 बाट २ ह सम्मका लागी अनलाइन कक्षा संचालन हुने।
⁃ सचेत रहनुहोला मास्क नलगाई बाहिर ननिस्कनु होला नत्र ३००० दिराम फाइनमा परिनेछ।
कुवेत:-
-कुवेतमा सिमसिमे पानी परीरहेको र मौसम चिसिदै गएको छ ।
-कुवतमा कोरोना संक्रमितको संख्या बढ्दै ।
-बिश्वभर ओमिक्रोनको संक्रमन बढीरहेको परिपक्षमा पनि स्वास्थ्य मापदन्ड पुरागर्दै दैनिक १० ह्जार यात्रुलाई कुवेत भित्र्याइने ।
-कुवेत मोबाइल आइडीमै क्वेरन्टिन समयबढी अपडेट हुने ।
-कुवेतको लाइसेन्स अनलाइनबाट नबिकरण पुन: छिट्टै सुरु गरिने ।
-५ केजी हिरोईन सहित ४ जना एसियन पक्राउ ।
-कुवेतले आफू स्वतन्त्र भए देखी (सन १९९१ फेब्रोवरी देखी सन २०२१ नोभेम्बर) सम्म ४ लाख ६१ हजार आप्रवासीलाई डिपोर्ट (देश निकाला) गर्यो ।
-३४ वटा चोरिको मोटरसाइकल हित ३ जना आप्राबासी पक्राउ । चोरिका मोटरसाइकल उनिहरुले म्पनीको वेयरहाउसमा राखेका थिए ।
-कुवेतमा कुल सवारी साधानहरुको संख्या २३ लाख २८ हजार भन्दा बढी । आप्रबासीहरुसंग मात्र ५ लाख ५२ हजार ९ वटा सवारी साधन रहेका छन ।
-कुवेतमा पाकिस्तानी हिरोइन तस्करलाई मृत्युदण्डको सजाय। केही महिनाअघि कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा लागूऔषध(२ केजी हिरोइन) सहित उनलाई पक्राउ गरिएको थियो ।
नेपाल:-
-विदेश जानेहरूले राहदानी(पासपोर्ट) र भिसा देखाएर सैनिक अस्पताल छाउनी, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु र टेकु अस्पतालबाट जोन्सन एन्ड जोन्सन खोप लगाउन पाउने ।
-यूनाइटेड अरब इमिरेट्स(यूएई), मलेसिया, कतार, साउदी अरब, चीन, बंगलादेश र डिपीकेओमा प्रहरी सहचारी राख्न प्रस्ताव गरिएको छ् ।
कतारः
-कतारमा कोरोना संक्रमितको संख्या बढेसंगै चेकजाँच कडा पारिएको छ । मस्क नलगाउनदा सय ३४ जना कारबाहिमा । शुक्रबारदेखि लागू हुनेगरी सबै स्थानमा मास्क अनिवार्य ।
-खोप लगाएको ९ महिनापछि एह्तेराज एपमा हुने गोल्डेन बक्स हराएर जाने । यो नियम फेब्रुअरी १,२०२२ देखि सुरु हुनेछ ।त्यसलाई खोप नलगाए सरह नै मानिनेछ । ।एपमा बुस्टर डोज खोप लगाएपछि पुनः गोल्डेन बक्स आउने छ ।
साउदी अरबः
-बड्दो कोभिड संक्रमितको संख्यालाई मध्यनजर गर्दै भोलि डिसेम्बर ३० बिहिवार देखि मास्क लगाउने र सामाजिक दुरी पालना गर्न सबैलाई अनुरोध ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
आजको लाईभमा पनि हामीलेः
- बिदेशबाट नेपाल फर्किँदा नयाँ नियमः के ७ दिन क्वारेन्टिन बस्नै पर्ने हो र ?
यूएई अपडेटः
- आज Dec - 19 बाट अबुधावी प्रवेश गर्नका लागी अबुधावी बोर्डरमा EDE Scanners को प्रयोग संचालन भएको छ।
- फुजेरामा पहिलो Comprehensive Covid - 19 Health Centre launched भएको छ।Fujairah Exibition Centre मा २ सेक्सनमा गरिने छ।एक कोभिड चेक र भ्याक्सिनेसनका लागी भने अर्को Treatment Room रहेको छ।
- January - 3 बाट लागू हुने गरी यूएईका सरकारी कर्मचारीहरूले Government Department प्रवेश गर्नका लागी Green Pass protocol हुनुपर्ने।
- २ एशियनले Villa बाट gold चोरी गरेका कारण २ वर्ष जेल सजायका साथै 12,000 दिराम फाइनमा परेका छन्।
लगायत अन्य जानकारी हरू प्रस्तुत गर्ने छौँ ।
हाम्रो लाईभलाइ लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
आजको लाईभमा हामीलेः
यूएई अपडेट
- दुबई विश्वको पहिलो “Paper less “ सरकारको रूपमा स्थापित भएको छ।दुबईको जनजीवनलाई Digitalize गर्ने सन्दर्भमा नयॅा यात्राको सुरूवात भएको छ ।
- १५० भन्दा बढी Students र Staff ले blood donation drive का लागी Thumbay Hospital Ajman मा join गरेका छन्।
- अजमानले Car rental services individuals र Companies का लागी भनेर announce गरेको छ ।
ओमानः
- ओमान स्वास्थ्य मन्त्रालयद्वारा शिफा Mobile Application launch गरिएको छ।
- निशेधित क्षेत्रमा Fishing गरेका कारण आठजनालाई पक्राउ गर्नुका साथै boats पनि seized गरिएको छ।
कुवेत:
-डिसेम्बर ७ देखी १४ सम्म ५०३ जना भिसा उल्लङ्घन कर्ताहरुलाई कुवेतले डिपोर्ट गरियो ।
-मोबाइलमा बैंकबाट खाता अपडेट गर्ने भन्दै आएका कल र म्यासेजमा विश्वास नगर्न र बैक खाता सम्बन्धीकाम बैकमा गई गर्न सबैलाई अनुरोध ।
-कुवेतको गृह मन्त्रालयले ुराना वैध सवारी चालक अनुमती पत्र (ड्राइभिङ लाइसेन्स) खारेज गरी नयाँ लाइसेन्स ल्याउने परियोजना कार्यान्वयन गर्न शुरु गरेको छ । यो प्रक्रियामा करिब २ लाख ५० हजार आप्रवासीहरुको ड्राइभिङ लाइसेन्स खारेज हुने जनाइएको छ ।
-विदेशमा बस्ने नेपालीले नेपालमा डलर खाता खोल्न पाउने पररास्ट्र मन्त्रालयको पत्र । न्यूनतम ५ हजार अमेरिकी डलर वा सो बराबर अष्ट्रेलियन डलर, युरो, पाउण्ड स्टर्लिङ, जापानीज यन, चिनियाँ युआनमा खाता खोल्न पाइने ।
-कुवेतमा ६ महिना माथिका लागि'विन्टर डिजेज भ्याक्सिन' लगाइने । स्वास्थ्य मन्त्रालयको वेबसाइट मार्फत नाम दर्ता गरेर सबैलाई खोप लगाउन मन्त्रालयको अनुरोध । यसै गरी कोभिड भ्याक्सिनको दोस्रो खोप लगाएको ३ महिना कटेका सबैले अर्को खोप 'बुस्टर डोज' लगाउन सिधै खोप केन्द्र(मिश्रिफको मेा मैदान)मा जान सक्ने।
-घरेलु मदिरा उत्पादन कारखाना सन्चालन गर्ने २ एशियन हावालीबाट पक्राउ ।
ओमान:-
-अन्य मुलुकको यात्रा गरी फर्किएका दुई नागरिकहरुमा ओमानमा भेटियो ओमिक्रोन, बुस्टरडोज लगाउन सबैलाई आग्रह। मन्त्रालयले मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने, भीडभाड हुने ठाउँमा नजाने, हात सफा राख्ने जस्ता रोकथामका उपायहरूको पूर्ण पालना गर्न सबैलाई आग्रह गरेको छ ।
-१७ डिसेम्बर शुक्रबार बिहान ८ देखी ३ बजे सम्म दोफारमा राहदानी फारम संकलन घुम्ती सिबिर सन्चालन हुने ।
बहराइन :-
-बहराइनका लागि नेपाली कार्यवाहक राजदूत अरुणा घिसिङ र बहराइन एयरपोर्ट कम्पनी (बिएसी) का प्रमुख कार्यकारी अधिकृत मोहम्मद युसिफ अलबिनफालाहबीच काठमाडौँ–बहराइन हवाई सम्पर्क स्थापना गर्नेबारे छलफल।
साउदी अरब:-
-आगामी १७ डिसेम्बर २०२१ मा दमाममा ८ देखी ५ बजे सम्म राहदानी आवेदन संकलन शिविर हुने । केही राहदानी तयार भएर आएकोले संपर्क गर्न अनुरोध ।
हाम्रो लाईभलाई लाईक कमेन्ट शेयर गर्न नभुल्नुहोला ।
आजको लाईभमा पनि हामिलेः
कतारः
-कोरोनाभाइरसको कारण कतारमा आज एक ५९ वर्षिय व्यक्तिको ज्यान गएको छ । गत चौबिस घण्टामा देशभर थप १६६ जनामा कोरोना भाइरस संक्रमण र १२१ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
कुवेतः
-कोभिडको खोप लगाएको ६ महिना पुगेका सबै उमेर समुहका नागरिक वा आप्रवासीहरुलाई मौसमी फ्लु बिरुद्दको खोप"winter diseases' vaccines" रजिस्ट्रेशन खुल्ला।साथै कोरोनाको खोप लगाएकाहरुले सिधै खोप केन्द्रमा गई बुस्टर डोज लगाउन कुवेत स्वास्थ्य मन्त्रालयको अनुरोध । रजिस्ट्रेशन फोन वा अनलाईनबाट गर्न पनि सकिने छ ।
-आज सुलेबिया र दजिजबाट ७२ जना भिसा नियम उल्लङघनकर्ता पक्राउ।
-कुवेतले इन्फ्लुएन्ज H5N1का कारण फ्रान्स र ईरानबाट कुनै पनि कुखुरा, अन्डा तथा जिउदा चराहरू ल्याउने ।
-होम डेलिभरीका लागि प्रयोग भएका ८० वटा मोटर साइकलहरु ट्राफिक नियम उल्लङघन गरेको आरोपमा नियन्त्रण ।
-कुवेतको सुलेबियामा मदिरा उत्पादन केन्द्रबाट ४८ ब्यारेल मदिरा सहित २ जना नेपाली पक्राउ । २४ र २७ बर्षिय नेपाली सहित लागू औषध नियन्त्रण महाशाखामा कार्यरत ५३ बर्षिय कुवेती नागरिक पनि पक्राउ । त्यहाबाट चोरिका हुन सक्ने २६ भेडा,१ पेस्तोल लगाएतका सामानहरु सहित सबै प्रहरीको नियन्त्रणमा ।
-लागू औषध कारोवारमा एक एसियन जोडी पक्राउ ।
-लागू औषध कारोवारमा एक बंगालादेशी नागरिकलाई अमादीबाट पक्राउ ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
आजको लाईभमा पनि हामीलेः
यूएई अपडेट
-जनवरी -१ - २०२२ बाट लागू हुने गरी सरकारी सेक्टरका कर्मचारीहरूले साढे चार दिन मात्र काम गर्नु परे हुने भएको छ भने हप्तामा अढाई दिन बिदा हुने छ। शुक्रवार आधा दिन, शनिवार र आईतवार पुरा दिन विदा रहनेछ। यो विश्वकै पहिलो देश हो जसले साढे चार दिन मात्र काम गर्ने दिन बनाएको छ ।
⁃५० औ यूएई राष्ट्रीय दिवसको अवसरमा Central Bank ले ५० दिरामको नयॅा नोट निष्काशन गरेको छ।
⁃यूएईका विधालयहरू Winter Break को तयारीमा।
⁃साउदीका Crown Prince २ दिनको लागी अफिसियल भिजिटमा अबुधावी आउनु भएको छ।
⁃Expo - 2020 दुबई मा Dec - 5 सम्ममा 5.66 million भिजिटर्स ले भिजिट गरिसकेको रेकर्ड।
कुवेत :-
-केही प्राबिधिक कामहरु बाहेक कुवेतमा ६०० केडी(करिब २ लाख ३० हाजार नेरु) भन्दा कम पारिश्रमिक यूनिभर्सिटी प्रमाणपत्र नहुनेको सवारीचालक अनुमतीपत्र(लाइसेन्स) खारेज गरिने ।
-कुवेतमा पनि आज कोरोनाको नयाँ भेरीएन्ट 'ओमिक्रोन'को संक्रमित भेटियो । अफ्रिकाबाट आएका यात्रुमा ओमिक्रोन संक्रमण भेटिएको हो ।
-कुवेतमा सम्बन्धित काम सम्बन्धी तालिम वा पढाई नभएकालाई बाहिरबाट नल्याइने । अब अनलाइन भिसा प्रणालीलेनै यि सबै कुराहरु हेर्ने ।
- डिसेम्बर १ देखी ७ सम्म ४७४ जना भिसा नियम उल्लङ्घनकर्ता(इलिगल/अनडकुमेन्टेट) पक्राउ । सबैलाई देशनिकाला (डिपोर्ट)गरिने ।
-कुवेती र अन्य आप्रबासीहरुलाई सकेसम्म कुवेत नछोड्न स्वास्थ्य मन्त्रालयको आग्रह।
बहराइन:-
-नेपाली दूतावास बहराइनले गर्यो खेलाडी सम्मान। तेक्वान्दोमा आइतवार भएका प्रतिस्पर्धाहरुमा पलेशा गोवर्द्धनले स्वर्ण पदक, सिर्जना घिसिङले रजत पदक तथा विशाल गर्बुजाले कास्य पदक जितेका थिए । खेलाडीहरु लगाएत प्रशिक्षक कविराज नेगी लामा, टोली नेतृत्वकर्ता तथा राष्ट्रिय खेलकुद परिषद्को सदस्य नन्दा वस्याललाई दुतावासले सम्मान गरेको हो ।
-केही राहदानीहरु तयार आएकोले आफ्नो राहदानी लिना आबेदकलाई अनुरोध ।
साउदीअरब:-
-दमाममा राहदानी वितरण तथा राहदानी आवेदन संकलन शिविर आगामी शुक्रबार १७ डिसेम्बर २०२१ हुँदै । अल असेम रेष्टहाउस फर फेस्टिभवल,अल फैसलिया, दमाम-बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म
मलेशिया:-
-जापान जाँदै गरेका ३६ नेपाली नागरिकहरुमा ३४ जना नेपाल फर्काइयो र २ जना जापान सरकारको थप अनुमति प्राप्त गरी जापानतर्फ पठाउन नेपाली दूतावास मलेसियाले मध्यस्थकर्ताको काम गर्यो ।
कतार :
कतारमा कार्यरत आप्रवासी श्रमिकलाइ बिश्वकप सुरु हुनुअगाडि करिब ४ महिना लामो छुट्टि पठाउने कतारको तयारी ।
कतारमा आज कोरोना भाइरस १ सय ६३ जनामा देखियो ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
हाम्रो यो कार्यक्रमको भिडियो तपाइँ फेसबुक, यूट्यूव मा हेर्न सक्नुहुनेछ भने छोटा अपडेट र जानकारी हरू चाहीँ हजुरले टिकटक बाट पनि पाउनु हुनेछ ।
From the publisher's feed