
Sign up to save your podcasts
Or


आजको लाईभमा पनि हामिलेः
यूएई अपडेट:
- Expo - 2020 का लागी 18 locations बाट Free bus सेवा।
- Oct - 3 बाट दुबईका सम्पूर्ण विधालयमा Full face to face learning हुने ।
- दुबईका केही Residents ले free मा influenza vaccine लाउन पाउने ।
- यूएईमा October महिनामा September भन्दा fuel Price केही बढ्ने ।
- September 27 सम्म यूएईमा 19,872,799 भ्याक्सिन डोजेज रजिस्टर भैसकेको छ।
- दुबईका सरकारी कर्मचारीलाई Expo - 2020 Visit गर्नका लागी Oct - 1 देखि March - 31 भित्रमा 6 दिन Paid leave दिइने ।
कुवेत:
-कुवेतमा कार्यरत आप्रबासीहरुले उद्योग , कृषि, गोठालो, माछा मार्ने, सहकारी संघ र संघहरु, र मुक्त व्यापार क्षेत्रहरुबाट निजी क्षेत्रमा आफ्नो भिसा सार्न सकिने-PAM।
-कुवेतमा २६ सेप्टेम्बर,२०२१ आइतवारदेखी पीसीआर परीक्षणको शुल्क १४ केडी।
- लामो समय पछी कुवेतमा खेलमैदानमा भारी दर्शकका बिच अमिर कप सम्पन्न।भ्याक्सिनेटेडलाई खेलमैदानहरुमा प्रबेश दिईने।
-कुवेतमा नक्कली सिक लिभ(बिरामी बिदा)को पेपरहरुको प्रयोग बन्द गर्न स्वास्थ्य मन्त्रालयले सबै सिक लिभ लगाएत अफिसियल लेटरका लागि कुवेतका सबै स्वास्थ्य संस्थाहरुलाई अनलाइन लिंक गराएर सिस्टम डिभलप गरिदै।-MOH
-कुवेतले १ बर्षमा १ लाख ९९ हजार आप्रबासी कामदारहरु गुमाएको छ।२०२० मार्च देखी २०२१ मार्च सम्म १५ वटा बिभिन्न क्षेत्रबाट करिब २ लाख आप्रबासीहरु कुवेतबाट बाहिरिएका छन।
-कुवेतमा ठगी,हत्या,लागु औशध लगाएतको जघन्य बढ्दै गरेकोमा सम्बन्धित निकायमा छलफल र चिन्ता। २०१७ मा १३५५, २०१९ मा १५५५, २०२०मा १४२४ वटा यस्ता जघन्य अपराधका मुद्दा दर्ता।
-२ जना रशियन ५० केजी लागू औसध(हिरोइन)सहित कुवेत एयर्पोर्टमा पक्राउ। त्यस्तै नुवाशिव पोर्टबाट पनि ठुलो संख्यामा लागु औशध र चुरोट बरामद।
-कुवेतमा अल्ट्रा-९८पेट्रोलमा अक्टोबर १ देखी प्रती लिटर ५ फिल्सबढ्दै।प्रती लिटर १७५ फिल्सबाट १८० फिल्स हुँदै। (नेरु-६६.५ बाट ६८.४)हुँदै।
तर प्रिमियम र सुपर पेट्रोल भने ८५(नेरु३२.३) र १०५(नेरु३९.९) फिल्सनै कायम।
-कुवेतमा पनि कोभिड भ्याक्सिनको तेस्रो डोज(बुस्टर डोज) लगाउन शुरु।
-कुवेत लाइसेन्स बनाउने देश मध्ये विश्वमा छैटौ गार्हो देश।म्याक्सीको सबैभन्दा धेरै गार्हो हुने देश।कतार दोश्रो,लिबिया तेस्रो,यूएसए चौथो,क्यानडा पाँचौ गार्हो देश।
-२०६ जना राहदानी आवेदकहरूको राहदानी नेपाली राजादूताबास कुवेतमा आईपुग्यो।
कतारः
-सोमबार बिहान साँढे १० बजे कतारकी राजकुमारी शेखाले ८,१६३ मिटर अग्लो गोरखाको मनास्लु हिमालको सफल आरोहण गर्नु भएको छ ।
-कोरोना संक्रमणका केस कम हुँदै ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्नुहोला ।
आजको लाईभमा पनि हामीलेः
यूएईः
- Expo 2020 का लागि 5 lane drive through Covid - 19 PCR testing सुविधा सेटअप गरिएको छ।
- दुवई सफारी पार्क पुन खुल्ला भएको छ ।
- सार्जाह प्रहरी ले नयाॅ अनलाइन fraud case बाट सजग रहन बताएको छ।
कतारः
-कतार रेलले सेप्टेम्बर २६ देखि निम्न ५ स्थानमा मेट्रो लिकं (बस) सेवा पुन सुचारू गर्ने भएको छ ।
-कतारमा बन्द प्रशिक्षण मा रहेको नेपाली रास्ट्रीय फुटबल टोलिले आज राति ओमान सग मैत्रीपुर्ण फुटबल खेल खेल्दै छ ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
आजको लाईभमा पनि हामीलेः
कुवेत:
-"Call to tighten screws on crime" लक्षका साथ कुवेतमा दैनिक कडा सुरक्षा चेक-जाँच(सेक्यूरिटी क्याम्पियन)।ठाँउ-ठाउबाट अनडकुमेन्टेड(अबैधानिक)कामदारहरु पक्राउ।
-२२ तारिक नुग्राबाट-३५ जना,२१ तारिक स्वेख इन्ड्र्स्ट्रियल एरियाबाट-२८ जना,२० तारिक मुबारक अलकबिरबाट-५० जना पक्राउ।
-१ हजार केडी(करिब ३ लाख ८० हजार नेरु)भन्दा बढीको सुनको गहना चोरी गरी फरार भएको भनी कुवेती नागरिकद्वारा एशियन घरेलु कामदार बिरुद्द मुद्दा दायर।
-बाहिरबाट कामदार ल्याउन नपाउदा होटल-रेस्टुरेन्टका कामदारहरुको अभाब र कामदार अभाबका कारण कम्पनी कामदारहरुको तलब बढाउन वाध्य।
-कुवेतको जाब्रियामा रहेको रेसिडेन्टल पार्किङमा एक महिलाले चलाएको कारले अरु ७ वटा कारलाई ठक्कर दिएको भिडियो सार्वजनिक।
-भारतबाट आउँदै गरेका एक यात्रिलाई १००४ पिस ट्रामडोल(tramadol -कडा खालको दु:खई काम गर्ने ट्याब्लेट)सहित कुवेत एयर्पोर्टमा समातियो।
-उमेरको हद नाघेर भिसा नलाग्ने(६० बर्ष भन्दा बढी उमेर समुह)का स्वदेश फर्किन लागेका भारतीय नागरिकहरुलाई भारतीय राजदूतले भेटने। उनिहरुले आफ्नो कुवेत रहदाको अनुभब र के गर्दा अरु भारतीय नागरिकहरु अझ सुरक्षित र लाभान्वित हुन सक्छन भनी आफ्नो अनुभब सुनाउने।
-तयारी सिभिल आईडी लिने बाहेक अन्य कामका लागि PACI जानु पूर्व ‘Sahel’ वा प्यासीको वेबसाइट मार्फत एपोईन्ट्मेन्ट लिएर मात्र जानु होला।
साउदी अरब:
-साउदी अरबको राष्ट्रिय दिवसको अवसरमा भोलि मिति २३ सेप्टेम्बर २०२१का दिन राजदूतावास बन्द रहने।
कतार :-
१) कतारमा आज १३८ जनामा कोरोनाभाइरस पुष्टि भएको र १२८ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।
२) कतारमा प्रशिक्षण गरिरहेको नेपाली राष्ट्रिय फुटबल टोलीले सेप्टेम्बर २६ तारिक बेलुका ७ बजे ओमानसंग कतार युनिभर्सिटीको मैदानमा मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ ।
३)कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले हिजो ७६ औं राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै अरब क्षेत्रमा भैरहेको विभिन्न राजनीतिक विकास , कोरोनाभाइरसको महामारी , जलवायु परिवर्तन जस्ता मुख्य विषयवस्तु र त्यसमा कतारको भुमिका बारे बिस्तृत गर्नुभएको छ । त्यस्तै अमिरले तालिवानलाई बहिष्कार नभई विश्वसमुदायले समबन्ध बढाउन सुझाव दिनुभएको छ । कार्यक्रम पश्चात अमिर हिजै स्वदेश फर्कनु भएको छ ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
आजको लाईभमा पनि हामीलेः
कतार प्रहरीमा नेपालबाट जान पाईने या नपाईने कुरा के हो ?
यूएई अपडेट :
- जूलाई - २०२० बाट कोभिडका कारण लागू गरिएको दुबई- अबुधावी बोर्डर ( Mandatory PCR Test ) आजबाट हटाइएको छ।अब अबुधावी जान बोर्डरमा PCR Test गर्नुपर्ने छैन् तर अबुधावीका विभिन्न Public places मा जानका लागी भने Al Hosn App मा Green status भएको हुनुपर्ने छ ।
- सार्जाहमा पालना गर्नुपर्ने Social Events सम्बन्धी जानकारी।
- International traveller तथा Covid Close Contact मा रहेका व्यक्तिले अब क्वारिनटिन बस्दा electronic wristband लाउनुपर्ने छैन्। यो आज Sep - 19 बाट लागू भएको छ। तर Positive Cases भएकाले भने अझै पनि लाउनुपर्ने छ।
- UK ले October - 4 बाट यूएई का Vaccinated Residents तथा Citizens का लागि Quarantine free travel agreement गरेको छ।
- एक घरेलु महिला कामदारले Sponsor को घरबाट पैसा तथा मोबाइल गरी दिराम 9,700 चोरी गरेका कारण पक्राउ गरिएको छ।
- ओमान अपडेट:
- कोभिडका 2 वटै डोजेज भ्याक्सिन लाएका व्यक्तिहरू मात्र Prayer का लागि मस्जिद जॉन पाउने।
कुवेत
-नेपालको आर्थिक कूटनीतिलाई अघि बढाउने क्रममा नेपालको निर्यातयोग्य उत्पादन सामग्री बारे स्थानीय व्यापारी/ आयातकर्तालाई जानकारी दिन दूतावासका कूटनीतिक कर्मचारी सहित नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारीले स्थानीय चार महत्वपूर्ण व्यापारिक प्रतिष्ठानका व्यवस्थापकहरूसँग कुराकानी, ती व्यापारिक प्रतिष्ठानहरूमा नेपालीहरूका लागि प्राप्त भइरहेका र हुनसक्ने रोजगारीका अवसरहरू लगायतका विषयमा छलफल साथै कुवेत च्याम्बर अफ कमर्स एण्ड इन्डष्ट्रिजका Deputy Director General Mr. Hamad Al Omar सँग छलफल।
-अबैधानिकलाई आश्रय दिनु र काम दिनु पनि अपराध हो-MOI.।
-कुवेतका प्रमुख शहरहरुमा ठुलो संख्यामा "सेक्यूरिटी क्याम्पियन"मार्फत अनडकुमेन्टेड कामदारहरुलाई पक्राउ गरिदै।यसलाई निरन्तरता दीइने।
-कुवेतको मौसममा एक्कासी गिरावट भएपछी धेरैलाई "इन्भाइरोमेन्ट फ्लु"-MOH।
-कुवेतको हावालीबाट ५ बोरा लागु औषध (हिरोइन) सहित १ नेपाली कामदार पक्राउ।
-कुवेतले पारिवारीक,टुरिस्ट र कमर्शियल भिजिटका नयाँँ भिसाहरुलाई अफिसियल खुल्ला गर्यो, वर्किङ भिसा भने अक्टोबरबाट खोलिने।
मलेशिया:-
-१९ अगष्ट २०२१ सम्म आवेदन दिएका २५६५ राहदानीहरु वितरणको लागि तयार भएका छन्। सोमवार देखि सुक्रवार सम्म दूताबासमा गई आफ्नो राहदानी लिन सक्नेछन।
साउदीअरब:-
-सेप्टेम्बर-२३ तारिक साउदीअरबको राष्ट्रिय दिबस। यो अबसरमा नेपाली दूताबास साउदीअरब बन्द रहने।
बहराइन:-
Nasser Saeed Al-Hajri Corporation W.L.L. मा उत्पन्न समस्या समाधानार्थ बहराइन अधिराज्यको श्रम मन्त्रालयको संयोजकत्वमा हिजो त्री-पक्षीय छलफलमा राजदूतावासका कर्मचारीहरू सहभागी ।
कतारः
बाहिर सिधै घाम पर्ने स्थानमा बिहान १० देखि दिउँसो ३:३० बजे सम्म काम लगाउन नपाउने नियम सेप्टेम्बर १५ देखि अन्त्य भएको छ । यो वर्ष उक्त नियम पालना नगर्ने ३३८ कम्पनीलाई सर्कारले कारबाही समेत गरेको छ । त्यस्तै सरकारले यसै वर्ष देखि काम लगाउन नपाउने नियम जुन १ देखि सेप्टेम्बर १५ सम्मका लागि बढाएको थियो ।
नेपाली दूतावास कतारले आज नेपालको छैठो संविधान दिवस एक कार्यक्रम आयोजना गरि मनाएको छ ।
क्वारेन्टाइन मा नबस्ने ४ जना, मोबाइलमा एथराज एप एक्टिभ नगर्ने १३ जना सामाजिक दुरि कायम नगर्ने ४१३ जना मास्क नलगाउने १११७ जना कारबाहिमा परेका छन । उनिहरुलाइ सक्रामक रोग एन १९९० कानुन नम्बर १७ अनुसार कारबाहि हुने छ ।
हाम्रो लाईभलाई लाईक कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
आजको लाईभमा पनि हामीलेः
यूएई अपडेट
- यूएईमा अहिले सम्म 19 मिलियन भ्याक्सिन डोजेज पुरा भैसकेको छ।जसमा 79.63 percent जतिले full vaccine डोज पुरा गरिसकेका छन्।
- यूएईमा कोभिड - 19 केस घट्दै गएकोले सामान्य जिवन तिर फर्कन सक्ने यूएई रेसिडेन्सहरूमा आसा पलाउँदै गएको छ।
- मध्यानहमा बाहिर घाममा काम गर्ने कामदारलाई दिएको out door break आज बाट सकिएको छ।यो जून 15 बाट सेप्टेम्बर -15 सम्मका लागि थियो।
- Umm Al Quwain मा Tyre factory मा Tuesday afternoon आगलागी भएको थियो तर कामदारमा कुनै पनि दुर्घटना नभएको जानकारी।
- अबुधावी र दुबई बिचको Intercity bus सेवा पुन खुल्ला भएको छ।
कतारः
- कतारमा आजबाट बुस्टर डोज लगाउन सुरु ।
- गोल्ड स्टार सुजको कतारमा शो रुम खुल्दै ।
कुवेत:
-कुवेतमा कडा सुरक्षा चेक-जाँच(सेक्यूरिटी क्याम्पियन)शुरु, यसलाई अझ ब्यापक र नियमित बनाइने-MOI।फहहिलबाट ६४ जना भिसा सकिएका, २३जना ट्राफिक नियम पालन नगरेको(७ वटा सबारी साधन सहित),८ जना लाइसेन्स बिना सबारी चलाएकोमा पक्राउ।त्यस्तै सुबानबाट ११३ जना आप्रबासी पक्राउ जसमा ७० जना भिसा सकिएका र ४३ जना सिभिल आईडी नभएका(भिसा नभएका) थिए।भिनेदअल्गार(कुवेत सिटी)बाट ९६ जना पक्राउ-जसमा ५५ भिसा नियम उल्लङघन गरेका,३७ जना भिसा सकिएका,३ जना भागेको केश परेका,१ जना वान्टेड र १ जना कुनै पनि कागजात नभएका।
-कुवेत एयरपोर्ट टर्मिनिल-४ रोबोटिक सेवा सहित सेवामा ल्याइने। कोरियाको (IIAC)कम्पनीले अप्रेशनमा सहयोग गर्ने। रोबर्टले उडान जानकारी दिने, ब्यागेज सेवा लगाएत सेवा दिने छ।
--"Call to tighten screws on crime"सबै खाले अबैधानिक काम र कृयाकलाप गर्नेहरुलाई नछोड्ने भन्दै सुरक्षा निकायको बैठक।
-कुवेत एयरपोर्ट छिट्टै पूर्ण रुपमा "फुल फेज"मा लगिने।
-कुवेत आउने उडानहरु अत्याधिक महँगो र केही हप्ताको लागि टिकट पनि फूल।
-१८ बर्ष मुनिका भ्यालिड रेसिडेन्सी होल्डर कोभिड भ्याक्सिन नलगाए पनि कुवेत आउनु पाउने तर १ हप्ता होटल क्वारेन्टाइन अनिबार्य।
--कुवेतमा नयाँ भिसा खुल्दै,पहिलेकै मागका आधारमा नयाँ भिसामा कुवेत जान लागेका कामदारहरुलाई नेपाल एयरपोर्ट बाटै फर्काइयो।
साउदीअरब
-The Saudi General Authority of Civil Aviation (GACA)ले यात्रीहरुका लागि सेप्टेम्बर-१३ सोमबारदेखी केही नयाँ नियम लागू गरेको छ।जसमा साउदीमा अनुमोदित खोप लगाएका यात्रिहरुले ७२ घण्टा भित्रको पिसिआर रिपोर्ट,५ दिन होटल क्वेरन्टाइन र ५ दिन भित्र २ पटक पिसीआर गर्नु पर्ने।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
आजको लाईभमा पनि हामीलेः
यूएईः
- दुबईले Expo - 2020 Visitors का लागि 9 वटा Locations मा Free bus सेवा लन्च गरेको छ।
- यूएईमा यो वर्ष भरिकै Lowest daily Cases.
- Umm Al Quwain मा 232 - Bed सहितको Covid - 19 field हस्पिटल ओपन भएको छ।
- यूएईले साउदी अरेविया र यूएई बिचको उडान पुन खुल्ला गरेको छ।
- यूएईले WHO ले मान्यता दिएका पुरै डोज भयाक्सिन लिएका यूएई रेसिडेन्स भिसा बाहक जो 6 महिना भन्दा बढी यूएई बाहिर भएर भिसा सकिएका लागी New entry Permit मा प्रवेश दिने भएको छ।
कतार :- एह्तेराज एपमा तेस्रो डाेज खोपको विवरण अपडेट आएको छ । फाइजर र मोडर्ना कम्पनीको दोस्रो डोज खोप लगाएको ८ महिना बितिसकेको उच्च जोखिम वर्गमा पर्ने व्यक्तिहरुलाई सेप्टेम्बर १५ देखि तेस्रो डोज (बुस्टर डोज ) खोप वितरण गरि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
:- राहदानी लिन आउन दूतावासको सूचना :
१८ अगष्ट २०२१ सम्म आवेदन दिएकाहरुको राहदानी वितरणको लागि तयार भएको दूतावासले जानकारी दिएको छ । राहदानी लिनका लागि राजश्व तिरेको रसिद र हाल साथमा रहेको राहदानी लिएर बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म राजदूतावास जानू पर्नेछ ।
:-अफ्गानिस्तानमा तालिबान सत्तामा आएयता कतार एयरवेज मार्फत भएको दुई नियमित उडानबाट २७१ नागरिक कतार आइपुगेका छन् । यसैबिच कतारले त्यहाँ बाट ५८ हजार बढी नागरिकको उद्दार समेत गरेको थियो ।
:- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली साफ च्याम्पियन सिपको तयारीका लागि शुक्रबार कतार आइपुगेको छ । नेपाली टोलीले कतारमा १७ दिन लामो बन्द प्रशिक्षण गर्ने । साथै बन्द प्रशिक्षणको समाप्ती पश्चात टोली कतारबाटै माल्दिभ्सतर्फ प्रस्थान गर्नेछ ।
कुवेतः
-८ सेप्टेम्वर २०२१ बुधबारका दिन कुवेतको निर्माणाधीन नयाँ अन्तर्राष्ट्रिय विमानस्थल टर्मिनल-२ को भूमिगत पाइप मर्मत गर्ने क्रममा बालुवाको ढिस्कोले पुरिदा गोलधाप-१, झापाका यम बहादुर कटुवाल (राहदानी नं.०८९४४२७२) तथा चकचकी-६, झापाका सुकलाल राजवंशी (राहदानी नं.०९१३२२८१) को दुखद निधन। सोही घटनामा घाइते भई उपचाररत धनमुढा, मिझिंग-८, रोल्पा निवासी सर्वजीत महरा (राहदानी नं. ०७३७६२३३)लाई भेटेर श्वास्थ्य अवस्था बुझ्न महामहिम राजदूत दुर्गा प्रशाद भण्डारी र काउन्सिलर प्रकाशमणी पौडेल अस्पातलमा।
-PAMका अनुसार कुवेतमा भिसा सम्बन्धी सबै प्रकृयाहरु(नयाँ,ट्रान्र कर ,रद्द)लगाएत अनलाइनबाटै हुने।
-सेप्टेम्बर-११ शनिबारबाट कुवेतको तापक्रम निक्कै घटने। अहिले ४८- ४९ भएको तापक्रम ३४-४४ डिग्री सम्म झर्ने।
-कुवेतको शिक्षा मन्त्रालयले कोरोना महामारी र स्वास्थ्यको कारण सबै स्कूलहरुको क्यान्टिन बन्द गर्दै बिद्यार्थिले घरबाटै ल्याउन मिल्ने खानाहरु(डेरी, फलफुल, सलाद, फताएर,स्वान्ड्विज)का प्रोडक्टहरुको लिस्ट निकाल्यो।
-कर्माचारीहरुको कमी,कार्डमा लगाउने मेमोरी चिप नपाईएको लगाएयत कारणले कुवेतको सिभिल आइडी निकाल्ने प्र्कृयाहरुमा ढिलाई।मार्च-२०२१ मै प्रकृया शुरु गरिएको सिभिल आईडीहरु ६ महिना हुँदा सम्म तयारी भएन।
-कुवेत कोठा भाडा(एपार्टमेन्ट रेन्टिङमा)विश्वको १०९ देशहरु मध्ये १८ औं महंगो देश।कतार चौथो,यूएई दशौं,बहराइन १९ औं र हङ्कङमा एपार्टमेन्ट रेन्टिङ विश्वमै महंगो।
-कुवेतमा सेप्टेम्बर-११ तारिकका दिन एप्रिल २०२० पछीकै कममा कोभिड संक्रमित (४१ जना)।
-कुवेतको MOI र नगरपालिकाद्वारा सेप्टेम्बर-११ तारिकका दिन जिलिब सिटिमा अबैधानिक रुपमा सन्चालित सडक ब्यापारमा छापा।भिसा सम्बन्धी नियम उल्लङघनकर्ताहरु लगाएत अन फिट खानाहरु बेचेको आरोपमा ४९ एसियन अप्रबासीहरु पक्राउ, उनिहरुलाई देश निकला(डिपोर्ट) गरिने।
-अमेरिकी स्वास्थ्य अनुसन्धान संस्था (CDC) का अनुसार कोभिड भ्याक्सिन नलगाएकाहरुको मृत्यु दर भ्याक्सिन लगाएका भन्दा ११ औं गुणा बढी।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नु होला ।
कुवेत
-कुवेतको यात्रा गर्नु पूर्व अनिबार्य रुपमा स्लोनिक"Shlonik " मोबाइल एप्स डाउनलोड गर्नु पर्ने।
-१८ बर्ष मुनिका रेसिडेन्टले कोभिड भ्याक्सिन नलगाए पनि कुवेत आउनु पाउने। तर स्वास्थ्य मापदन्ड,क्वेरन्टाइन लगाएत कुवेत आए पछी खोप लगाउछु पनि प्रतिज्ञा गर्नु पर्ने।
-कुवेतमा पारिवारिक भिशा, भिजिट भिशामा रहेकालाई वर्क पर्मिट दीइने।
-अक्टोबरबाट कुवेतले सबै प्रकारको भिशा खुलाउने तयारी गर्दै।
-भ्याक्सिनेटेड दर्शकहरुलाई कुल क्षमताको ३०% सम्म खेल स्टुडियोहरुमा स्वास्थ्य मापदन्ड पालना गर्दै जान दिईने कुवेत सरकारको निर्णय।
-९ वटा फ्ल्याट भाडामा लिएर घरेलु मदिरा सन्चालन गर्ने ४ जना नेपालीलाई कुवेतको हवालीबाट पक्राउ। उनिहरु संगै बिक्रीका लागि तयारीमा रहेका मदिरा तथा उत्पादनमा प्रयोग हुने उपकरणहरु जफत।
-नेपाल लगाएत हाई रिस्कमा रहेका देशहरुबाट कुवेतका लागि सिधा उडानहरु शुरु।
-कुवेत आउने टिकट भाडादर अती महंगो भएको यात्रिहरु तथा सम्बन्धित निकायहरुको भनाइ।
-कुवेत आगमन गर्ने टिकट कुवेत छोड्ने टिकट भन्दा ६ गुणा सम्म महंगो।
-अर्को साथीको नक्कली हस्ताक्षर गरी फ्ल्याट भाडामा लिई रकम दुरुपयोग गर्ने पक्राउ।
-आफूलाई विश्वासघात गरी कम्पनीको १२०० केडी(४ लाख ६० हजार नेपाली रुपैया) दुरुपयोग गरेको अभियोगमा कुवेती नागरिकले आफ्नो कामदारका बिरुद्द मुद्दा दायर।
-३ लाख ९० हजार आप्रबासीहरुले बिभिन्न कारणले कुवेत छोडे पछी कोरोनाको कारण कुवेत आउन ढिलाई हुँदा वर्क पर्मिट गुमाए।
-कुवेतमा करिब १ लाख ५० हजार अनडकुमेन्टेड(इलिगल) कामदार रहेका र तिनिहरुलाई बिस्तार पक्राउ गरी देश निकाला गर्ने MOIको भनाइ।
यूअई अपडेट
- यूएई भ्याक्सिनेसनको रेटमा टप ग्लोबल र्यांकिंगमा परेको छ।
- अबुधावी आउने भ्याक्सिनेटेड यात्रुहरूले अब क्वारेन्टिन बस्नु नपर्ने।
- यूएईका भ्याक्सिनेटेड सम्पूर्ण विधालयका स्टाफ तथा विधार्थीहरूलाई फ्री PCR टेस्ट।
- साउदी अरवले यूएई लगाएत Argentina, South Africa लाई लगाएको travel ban खुल्ला गरेको छ। सेप्टेम्बर ८ बाट लागू हुनेगरी।
- यूएईका ३५% विधार्थीले कोभिड - १९ को भ्याक्सिन लाइसकेका छन्।
आजको लाईभमा पनि हामीलेः
यूएईः
-यूएईको भिडिट भिषा सुरू भएको छ यसको बारेमा केही कुरा
- यूएईका प्राईभेट कम्पनिहरू ३ बर्षकै सबैभन्दा धेरै Hiring गर्दै ।
-४० टन Expired समान अज्मानबाट सिज गरिएको छ ।
-आजदेखी अज्माम दुवाई बस सेवा सुरू ।
-यूएईले नयाँ स्किम ल्याएको छ १५ बर्षका हरूको लागि पनि काम गर्न पाउने गरेर । साथै ग्रिन भिषा हुनेहरुले आफ्नो २५ बर्ष सम्मको बच्चाको लागि भिषा स्पोन्सर गर्न पाउने
-खोप लगाएकाले अब Abu Dhabi मा अब क्वारेन्टिनमा बस्नु नपर्ने ।
कतारः
-सिद्रा मेडिसिन सेन्टरले कतारमै सबैभन्दा छिटो पिसिआर परिक्षणको नतिजा दिने भएको छ । नतिजा परिक्षण गरेको केही घन्टा भित्र पाइने र शुल्क ३०० रियाल लाग्ने अस्पतालले जानकारी दिएको छ ।
-रेडियो भित्र लुकाएर कतार लैजान लागिएको सुर्ति जन्य बस्तु बिमानस्थलमा जफत
र अन्य तपाईँका कमेन्टहरूलाई कार्यक्रममा समेट्ने छौँ । हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गरेर धेरै भन्दा धेरै साथि समक्ष पुर्याउन सहयोग गर्नुहोला
आजको लाईभमा हामीलेः
यूएई:
- यूएईका विधालयमा कार्यरत ८०% भन्दा बढ़ी स्टाफहरूले भ्याक्सिन लाइसकेका छन्।(लामो विदा पछि विधालय खुल्ने तयारीमा )
- ८ महिना पछि कोभिड केस १००० भन्दा कम संख्यामा घटेको । तर कोभिड -१९ को सम्पूर्ण मापदण्ड पालना गर्न आग्रह ।
-भ्याक्सिन नलाएका अभिभावकहरूले विधालयमा शिक्षकलाई भेट्नका लागी पिसिआर टेस्ट गर्नुपर्ने ।
- यूएईमा अहिले सम्म 17.5 Million भ्याक्सिन डोज Administered भैसकेको छ।
कुवेत:
-The Directorate- General of Civil Aviation (DGCA) Yousef Al-Fawzan का अनुसार नेपाल लगाएतको "हाई रिस्क" देशहरुबाट सिधा उडान कहिलेबाट हुने कुरा अझै निश्चित नभए पनि सिधा उडान ब्यबस्थापनको तयारी गरिदै।साथै उडान संख्या र यात्रीहरुको संख्या बढाइयो।
-कुवेतमा जम्मा जनसंख्याको ७०% लाई कोभिड भ्याक्सिन।
-नक्कली सर्टिफिकेट बनाइ स्वास्थ्य मन्त्रालयमा २००७ देखी मेइ २०१९ सम्म काम गर्नेलाई ७ बर्षको जेल र ३ करोड ४२ लाख नगद जरिवानाको सजाय।साउदी र इजिप्टबाट नक्कली सर्टिफिकेट लिएको पुष्टी।
-दिनमा १८००० भन्दा बढी आप्राबासीहरुलाई कोभिड खोप ।बिभिन्न मोबाइल खोप केन्द्र मार्फत रेसिडेन्टलमै खोप सुबिधा पुर्याइदै।
-गलत जानकारीदिने फेक वेबसाइटहरुलाई बन्द गराइदै। अधिकारिक वेबसाइट र जानकारीहरुलाई मात्रा मान्न MOI को आग्रह।
-कुवेतमा आप्रबासी र नागरिकहरु सहित करीब ४० हजार भन्दा बढी ड्रग एडिक्ट रहेको जानकारी।
कतार:
-आफ्नो देशको जनसंख्याको आधारमा कतार सबैभन्दा बढी कम्तिमा पनि एक डाेज खोप वितरण गर्ने विश्वकै दोस्रो र दुबै डोज खोप वितरण गर्ने पाँचौ देश बनेको छ । कतारमा २० लाख ब्यक्तिले दुबै डोज खोप लगाइ सकेका छन ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नु होला ।
आजको लाईभमा हामीः
कुवेतः
-१६७ जनाको राहदानी नबिकरण भएर आएको नेपाली दूताबास कुवेतले जनायो।
-२० देखी २३ अगस्ट सम्म (e-passport software) मा स्थानान्तरण (Data Migration) गर्न लागिएकोले राहदानी नबिकरणको काम नहुने नेपाली दुताबासको भनाइ।
-कुवेतमा अनुमोदित खोप लगाएका र कुवेत श्वास्थ्य मन्त्रालयले अनुमती दिएकाहरुले नेपाल,भारत, बंगालादेश, श्रिलंका,इजिप्ट र पाकिस्तानबाट सिधा उडान मार्फत कुवेत आउन पाउने।१९ वटा एयरलाइन्सले उडान भर्न पाउने तथा हरेक दिन ७५०० सम्म यात्रुलाई कोभिडबाट बच्ने र बचाउने मापदन्ड पालना गराउदै कुवेत प्रबेश गर्न दीइने।
--कुवेतमा ट्राफिक समस्या हल गर्न बिहान ६:३०-९:३० र दिउसो १२:३०-३:३० दुई ग्रुप बनाएर अफिसियल सेवा दिन साम्सद मोहमद अलसायरको सरकारलाई प्रस्ताब।
-कुवेत एयरपोर्ट प्रशासनलाई कुनै गाईड लाइन सहितको जानकारी नआएको भन्दै नेपाल लगाएत ६ वटा मुलुकबाट सिधा उडान कहिलेबाट हुने भन्ने कुरा अझै अनिस्चित।
-नक्कली अफिस खडा गरी स्पोन्सरको घरबाट भागेकाहरुलाई काम लगाउने गरेको अभियोगमा ५ वटा नक्कली अफिसबाट १९ जना पक्राउ।उनिहरु सबैलाई आफ्नो स्पोन्सरको घरबाट भागेका वा भिषा नियम उल्लंघन गरेको आरोपमा कारबाही गरिने।
-"Sinopharm, Sinovac and Sputnik V"कोभिड भ्याक्सिनको डोज पुरा गरेकालाई कुवेतले प्रबेश गर्न अनुमती दिने।
यूएईः
-यो अगस्ट महिनामा बर्षभरीकै सबैभन्दा कम कोभिड-१९ संक्रमित 'तर पनि मापडण्ड पूरा अपनाउन आग्रह ।
-यूएई सरकारका खोप नलगाएका कर्मचारीले हरेक दुई दिनमा पिसीआर टेस्ट गर्नु पर्ने ।
-Student हरुको लागी पिसीआर सम्बन्धि नयाँ नियम ।
ओमनः
-आजदेखी रात्रिकालिन लकडाउन नहुने ।
-सेप्टेम्बर १ देखी लागू हुने गरी सरकारी कार्यलय, मल हरू लगायत बिभिन्न ठाउँमा जानको लागी खोप अनिवर्य हुनेछ ।
कतारः
-कतार फर्कदा Lyrica, Tramadol, Alprazolam (Xanax), Diazepam (Valium), Zolam, Clonazepam, Zolpidem, Codeine, Methadone, Pregabalin लगायतका औषधि ल्याए जेल पर्न सकिनेछ । साथै अन्य औषधि ल्याउदा पनि ३० दिन भित्रको डाक्टरसँगको स्वीकृत कागज साथमै ल्याउनुपर्नेछ ।
हाम्रो लाइभलाई लाईक, कमेन्ट र शेयर गर्नुहोला ।
From the publisher's feed