Shramik Sanjal

Shramik Sanjal

By Shramik SanjalEducation
Download on the App Store

Shramik Sanjal episodes

  • SS FB Live #245 बिभिन्न देशका अपडेटहरू

    आजको लाईभमा पनि हामीलेः


    आजको लाईभमा हामीले नेपाल एयरपोर्टको सुन सम्बन्धीको कुरा अलिक डिटेलमा गर्ने छौँ ।

    कतारः

    -बिभिन्न कारणले गर्दा अन्डकुमेन्टेड भएर बसेका आप्रवासी कामदारहरुले स्वदेश फर्कन चाहेमा जरिवाना तिर्नु पर्दैन । तर डकुमेन्टेड भएर बस्न चहानेहरुले भने लागेको जरिवानाको आधा रकम तिरेर डकुमेन्टेड भएर बस्न सक्ने छन् ।

    यूएईः

    -युएइमा नेपाल एरलाइन्सले हप्ताको ९ उडान भर्ने यस अघि हप्तामा ७ उडान भर्दै आएको नेपाल एरलाइन्सले अब हरेक आइतवार र बुधवार दुइ दुइ उडान भर्ने भएको छ

    -मलेसिया र ओमनमा पनि आम माफीको समय आगामी डिसेम्बर महिना सम्म ।


    हाम्रो लाईभलाई लाईक कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।

    48 min
  • SS FB Live #244 बिभिन्न देशका अपडेटहरू

    आजको लाईभमा हामीलेः

    कुवेत :-

    -१७४ जना आबेदकको नयाँ राहदानी कुवेतको नेपाली दूताबासमा प्राप्त।

    -कुवेतको कम्पनी Agility / Landmark को  भ्रमण गरी राजदूत र दूताबासका कर्मचारीले त्यहाँको व्यवस्थापन एवं नेपाली कामदारहरूसँग अन्तर्क्रियात्मक भेटघाट गर्यो ।

    -ओमिक्रोन भेरिएन्टको कारणबाट कुवेतमा कुनै कर्फू वा बन्द नहुने । तर सबैले अनिवार्य स्वास्थ्य मापदन्ड पुरा गर्नु पर्ने कुवेतको श्वास्थ्य मन्त्रालयको भनाइ।

    --कुवेती र अन्य आप्रबासीहरुलाई सकेसम्म कुवेत नछोड्न स्वास्थ्य मन्त्रालयको आग्रह।

    -कुवेतमा ओमिकोन केस भेटिएको हल्ला गलत भएको स्वास्थ्य मन्त्रालयको भनाइ।

    -कुवेतको उद्द्योग मन्त्रालयले ६ महिनाको लागि खाध्यान्न संकट नहुने बताउदै नआत्तिन सबैलाई आग्रह।

    -फ्राइडेमार्केटको एक मिनिबसबाट ४९३ बोतल घरेलुमदिरा बरामद।

    -पार्किङ कारमा असामान्य(यौन्यजन्य कृयाकलाप) गरेको आरोपमा एशियन यूबती र यूबक(प्रेमी-प्रेमिका पक्राउ)।

    -घुसघोरी र मानव बेचबिखनमा मुद्दा खेपी रहेका बंगलादेशी सांसद मोहम्मद शाहिद इस्लाम (काजी पापुल)लाई कुवेतमा ७ वर्ष कैद र २ लाख ७१ हजार केडी(नेपाली रुपैया करिब १० करोड ३० लाख) जरिवानाको सजाय। उनलाई ७ बर्षको जेल सजाय पछी कुवेतबाट देश निकाला(डीपोर्ट) गर्न अदालतले आदेश।

    -छोरीसंग विवाह नस्विकारेकोमा एक नागरिकले उनिहरुको पार्किङमा रहेको ३ वटा कारलाई ठक्कर दिएर बिगारे।

    -काचो सुन भन्दै सुनको बाला समेत बिमानस्थलमा समातियो।जर्ती नभएको सुनलाई प्रती ग्राम ९५० नेरु भन्सार लाग्ने।


    साउदी अरब:

    -साउदी अरबको स्वास्थ्य मन्त्रालयले बुधबार उत्तर अफ्रिकी देशबाट आएका एक साउदी नागरिकमा कोभिड-१९को ओमिक्रोन भेरियन्ट भेटिएको जनाएको छ।

    साउदी अरबको स्वास्थ्य मन्त्रालयले कोभिड बिरुद्दको खोपलाई निरन्तरता दिदै सावधानीका उपायहरू, रोकथामका उपायहरू र स्वीकृत गरिएका स्वास्थ्य मापदन्डहरु पालना गर्न सबैलाई अनुरोध गरेको छ।

    कतारः

    -कतारमा एमनेस्टि जारि । आगामि डिसेम्बर ३१ तारिक सम्म बैध हुन अथवा स्वदेस फर्कन चहानेले सेवा लिन सक्नेछन ।

    -कतार प्रबेश गर्नेले कतारमा खोप लगाएकाले २ दिन र अन्यले ७ दिन होटल क्वारेन्टाइन अनिवार्य बस्नु पर्ने ।

    यूएईः

    -- दुबई सहर expats का लागि बस्न र काम गर्नका लागि विश्वको 3rd best city र्यान्कमा परेको छ।

    - यूएईमा ५० औ राष्ट्रीय दिवस मनाउने तयारी।

    -भोलि २ डिसेम्बर नेसनल डेको अवसरमा Expo 2020 Dubai Free मा घुम्न पाईने छ ।

    ⁃ अरु बेलाका लागी Expo - 2020 दुबईले 95 दिराम मा Expo visit का लागी unlimited access दिदै।

    ⁃यूएईले पहिलो driverless, 100% electric vehicle lunch गरेको छ।

    ⁃90% भन्दा बढी यूएईका population ले कोभिड -19 को 2 डोज भ्याक्सिन पुरा गरेका छन् भने 100% रेसिडेन्सले 1 डोज भ्याक्सिन लिएका छन् ।

    ⁃यूएईको 50 औ “National Day” को अवसरमा यूएई President ले 870 जेलमा रहेका कैदीलाई माफी दिएका छन्।

    ⁃अजमानका राजाले 43 कैदीलाई माफी दिएका छन्।

    ⁃अबुधावीमा नयॅा drive through कोभिड - 19 टेस्टिगं सेन्टर खोलिएको छ।

    ⁃दुबई प्रहरीले दिराम 176 million ड्रग्स seize गर्नुका साथै 91 dealers लाई पक्राउ गरेको छ।

    ⁃यूएईले ७ वटा देशका यात्रुहरूलाई नयॅा कोभिड variant का कारण यात्रामा प्रतिबन्ध लगाउॅदै। Nov - 29 बाट लागू हुने।


    हाम्रो लाईभलाई लाईक कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।

    40 min
  • SS FB Live #242 बिभिन्न देशका अपडेटहरू

    आजको लाईभमा पनि हामीले बिभिन्न देशका जानकारीहरु प्रस्तुत गर्ने छौँः

    यूएईः

    -यूएईले परीमार्जन गरेको लेवर Law को बारेमा डिटेलमा । निकै राम्रा कुराहरू आएका छन् के के छन् र कहिले सुरु हुने आज हामी कुरा गर्छौँ ।


    कतारः

    -६ महिना अघि कोभिड-१९ को दुवै डोज लगाएका सबै व्यक्तिहरू बुस्टर खोपका लागि योग्य ।

    आज देखी ई–पासपोर्टको वितरण सुरु एक हप्ताभित्रै पूर्ण सेवामा रुपान्तरण गर्ने योजना ।

    ६४ पृष्ठको ई–पासपोर्टको पहिलो पृष्ठमा भने सगरमाथा, दोसोमा पोलिकार्बोनेट डाटा, तेस्रोमा लुम्बिनी, चौथो र पाँचौंमा राष्ट्रपति भवन, छैठौं र सातौ पृष्ठमा एकसिंगे गैंडाको तस्वीर रहने ।

    नोभेम्बर २६ देखि डिसेम्बर ४ सम्म कर्नेशमा आठ अन्तरक्रियात्मक जडान , फुड स्टल, म्युजिकल वाटर शो र सबैभन्दा ठूलो स्मारक एलईडी पनि देख्न पाइनेछ ।


    हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गरेर हाम्रो हौषला बढाउनु होला ।

    46 min
  • SS FB Live #241 बिभिन्न देशका अपडेटहरू

    आजको लाईभमा पनि हामीले:

    कुवेत:

    -१ महिनामा करिब ३० हजार घरेलु कामदारले कुवेत छोडे।सेप्टेम्बरमा जम्मा घरेलु कामदारको संख्या ६३६,५२५ जना रहेकोमा अक्टोबरमा ६०६,३६४ जना रहेका छन।-PAM

    -नोभेम्बर १ देखी ७ सम्म ४२६ जना अनडकुमेन्टेड(भिसा नियम उल्लङ्घन गर्ने) आप्रबासीहरुलाई देशनिकाला (डीपोर्ट) गरियो।

    -कुवेतका मुख्य सडकहरुमा मोटरसाइकलबाट होम डेलिभरी सेवा बन्द गरिए पछी डेलिभरी ब्यापारमा घाटा।

    -लामो समय पछी कुवेतको सामुन्द्रिक किनारा लगाएत टेन्ट सहित मरुभुमिमा जान खुल्ला।

    -H5N1रोग देखिएका कारण नेदरल्यान्डस्, इटली र ताईवानबाट कुखुरा, अन्डा लगायत बोइलर कुखुराको चल्ला कुवेत ल्याउन रोक्का।

    -नक्ककी कागजात प्रयोग गरेको पुश्टी भएमा ५ देखी ७ बर्ष जेल सजाँय हुने।

    -खुट्टामा कुरानको शब्द राखेर ट्याटु बनाउने बेलायती यूबतीलाई धर्मको अपहेलना गरेको आरोपमा हिरासतमा लीइएकोमा ट्याटु मेटाउने शर्तमा जमानतमा हिरासत मुक्त।उनी कुवेतमा शिक्षिका थिईन।


    ओमान:

    -ओमानमा रहेका अनडकुमेन्टेड(भिसा नियम उल्लङ्घन गर्ने)हरुलाई जरिवाना बिना आफ्नो देश फर्कने अबधी डिसेम्बर अन्तिम सम्म।करिब ५० जना नेपालीले यो सुबिधा लिए।

    -डिसेम्बर १७ तारिक सलालमा राहदानी बनाउनको लागि आबेदन लिने घुम्ती सेवा दिईदै।

    साउदीअरब:-


    -नोभेम्बर १२ तारिक अल फौलेसिया दमाममा राहदानीको आबेदन लिने शिबिर सन्चालन हुने।

    मलेशिया:-

    -२२ अक्टोबर २०२१ सम्म आवेदन दिएको २९४५ राहदानीहरु वितरणको लागि तयार भएका छन।

    -नेपाली राजदूतावासले १४ नोभेम्वर २०२१ आइतवार को देिन  मलेसियाको पेनाङ्ग राज्यमा रहेको IXORA HOTEL PENANG, 3096 Jalan Baru, Bandar Perai Jaya, 13600 Perai Penang, Malaysia बाट राहदानी नवीकरण र यात्रा अनुमती पत्र बनाउने लगाएतका कन्सुलर सेवा प्रदान गर्ने।अनलाइनबाट फारम भर्न दुताबासको आग्रह।

    कतारः

    -कतार र ओमले दिन लागेको आममाफी को बिषयमा अलिक डिटेलमा ।

    हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।

    47 min
  • SS FB Live #240 तिहार बिशेष र बिभिन्न अपडेटहरु ।

    कुवेत:-

    -तिहारको अबसरमा नेपाली दूताबास भोली ४ नोभेम्बर बन्द रहने।

    -कुवेतबाट अक्टोबर महिनामा २,१९० जना आप्रबासीहरु देश निकाला(डीपोर्ट)।

    -कोरोनाको दोश्रो खोप लगाएको ६ महिना पुरागरेकाहरुले सिधै खोप केन्द्रमा गएर बोस्टर डोज लगाउन पाउने।

    -कुवेतको साल्मियाबाट अबैध घरेलु र आयातित मदिरा सहित ३ नेपाली पक्राउ।

    -कुवेतको यूट्यूबर हासान सुलेमानी"अबोफल्हा-AboFlah"ले २४ घण्टामा १ मिलिन डलर करिब ११ करोड नेपाली रुपैया आर्थिक सहयोग उठाए।UNITED NATIONS HIGH COMMISSIONER FOR REFUGEES (UNHCR)संग मिलेर शरणार्थीहरुका लागि उक्त रकम हस्तान्तरण गरिने छ।

    -कुवेतले कोरोना भ्याक्सिन नलगाइ आउने घरेलु कामदारहरुलाई कुवेत आएको ७२ घण्टा पछी कुनै आबेदन बिनानै कोरोनाको खोप लगाउने।

    -कुवेतले ५३ देशका नागरिकहरुलाई सामान्य र ७ देश(इरक, यमन, इरान, सिरिया, पाकिस्तान, बङ्लादेश र सुडान)का लागि बिशेष प्रकृया सहितको भिसा खोलेको छ।

    -जुन २०२० देखी २०२१ सम्म २ लाख ५३ हजार २३३ जना आप्रबासीहरुले सधैंको लागि कुवेत छोडे।जसमा कम्पनी क्षेत्रका २ लाख ५ हजार ५० जना,घरेलुकामदार ४२ हजार २०२ जना र सरकारी क्षेत्रका ६ हजार ९८१ जना रहेका छन।

    -नक्कली घरेलु कामदारको मेनपावर चलाएको अभियोगमा ९जना (७ महिला र २ पुरुष) एसियन पक्राउ।

    -कुवेतमा नक्कली बजार अनुगमनकर्ता अफिसर पक्राउ।


    बहराइन:-

    -तिहारको अबसरमा नेपाली दूताबास भोली ४ नोभेम्बर बन्द रहने।

    -नेपाली राजदूतावासकी कार्यवाहक राजदूत अरूणा घिसिङ्ग र Gulf Air का Senior Manager Security, Mr. Keith Macdonald-Lines  बिच छलफल।


    कतारः

    -लक्ष्मीपुजाको अवसरमा नोभेम्बर ४ तारिख बिहिबार दूतावास बन्द हुने भएको छ ।   कतारमा एम्नेस्टि जारि बैधानिक भएर काम गर्ने अबसर


    हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला

    38 min
  • SS FB Live #239 बिभिन्न देशका अपडेटहरु

    आजको लाईभमा हामीः

    कुवेतः

    -जाडो बढ्दै गए पछी रुघा-खोकीका बिरामीहरुको चाप बढयो। चिसोबाट बच्न स्वास्थ्य मन्त्रालयको सबैलाई आग्रह।

    -२४ अक्टोबर पछी ५ दिनमा २६१ उडानबाट ३१,५१६ यात्रुहरुले कुवेत छोडे भने २६० उडानबाट २८,२२८ यात्रुहरु कुवेत भित्रिए साथै ५,०१५ यात्रुहरुले कुवेतलाई ट्रान्जिट बनाए।

    -शनिबार देखी ५ देखी ११ बर्षका उमेरसमुहका लागि कोरोना भाईरस बिरुद्दको खोप लगाउन शुरु।

    -समुन्द्रबाट अबैधानिक रुपमा सिसेल वा माछा मार्नेहरुलाई २५० केडी( करिब ९५ हजार नेरु) जरिवना गर्न बातावरणबिदको सुझाब।

    -दोहोरो करारपत्र तथा नक्कली करारपत्रका घटना बढ्न थाले पछी इजिप्टले कुवेत संगको करार पत्रका बारे छलफल र अध्ययन गर्ने।

    -NRNA FREE HEALTH CAMPING अन्तर्गत अक्टोबर-२९ शुक्रबार बिहान १० बजेदेखी साँझ ५ बजेसम्म साल्मियास्थित नयाँ मेट्रो मेडिकल सेन्टरमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न।

    -गैह्र आवासीय नेपाली संघ, अंतराष्ट्रिय समन्वय परिषदले नेपालको पश्चिम क्षेत्रका बर्षा पीडितका लागि लभगभ १ करोड बराबरको राहत सामग्री वितरण ।


    यूएईः

    -पाँच बुँदे घोषणापत्र जारी गर्दै सकियाे श्रम मन्त्रीस्तरीय ‘अवुधाबी डायलग’-घोषणापत्रमा न्यूनतम पारिश्रमिकमा वृद्धि गर्ने, आप्रवासी श्रमिकको कार्यस्थल सुरक्षालाई सुनिश्चित गर्नुपर्ने,श्रमिकको सीप र क्षमता अभिवृद्धि गर्नुपर्ने, आप्रवासी कामदारको कोरोना परीक्षण निःशुल्क गर्नुपर्ने र उनीहरूको बिमा अनिबार्य हुनु पर्ने लगायतका विषयलाई समेटिएको थियो।

    -श्रम मन्त्री र श्रम सचिबहरुको यूएई भ्रमण टोलीले नेपाली राजदूताबासमा अयोजित कार्यक्रममा नेपाली संघ-संस्थाका प्रतिनिधिहरु संग भेट र छलफल।

    बहराइन:-

    -एनआरए र अल-हिलाल अस्पातलले संयूक्त रुपमा अक्टोबर २९ शुक्रबार निशुल्क स्वास्थ्य परिक्षण तथा महिला स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न।

    मलेशिया

    -मलेशियामा नयाँ रोजगारी खुलेको र नेपाली राजदूताबासबाट नयाँ भिसा प्रमाणिकरण शुरु गरिएको कुरा गलत भएको दूताबासको भनाइ। २०२० मार्च पछी नयाँ कामदार ल्याउन कुनै स्विकृति नदिएको दुताबासको भनाइ।

    -२८ सेप्टेम्वर २०२१ सम्म आवेदन आएको २४८० राहदानीहरु तयार भएर आएकाले दूताबासमा संपर्क गर्न नेपाली दूताबासको सुचना।

    कतारः

    मोबाइल फोन प्रयोग गर्दा सडक छेउमा र विशेषगरि सिग्नलमा राखिएका सिसिटिभी क्यामेराले रेकर्ड गर्ने प्रणाली सक्रिय भैसकेको ट्राफिक विभागले जानकारी दिएको छ ।


    हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्नुहोला

    33 min
  • SS Live #238 बिभिन्न देशहरूका अपडेटहरू ।

    आजको लाईभमा पनि हामीलेः

    कुबेतः

    -८७ जनाको राहदानी नबिकरण भएर आएको र आफ्नो राहदानी बुझ्न दुताबासको अनुरोध।

    -राजदूतावासका महामहिम राजदूत दुर्गाप्रसाद भण्डारी र कुवेत सरकार, स्वास्थ्य मन्त्रालयका Assistant Under Secretary for Technical Affairs Dr. Abdul Rahman F. Al-Mutairi बीच २५ अक्टोबरमा भेटघाट।दक्ष कामदार ल्याउने बारे छलफल।

    -नक्कली क्लिनिक बनाइ औषधी बेच्ने ३ जना एशियन आप्रबासीहरु इस्बिलियाबाट पक्राउ।

    -कुवेतमा नेपालीहरुको मृत्‍यु संख्या बढ्यो १० दिनमा ४ नेपालीको मृत्‍यु सबै अनडकुमेन्टेट।

    -८ दिनमा(१७-२५ अक्टोबरमा) ६६२ जना आप्रबासीहरु देश निकाला(डिपोर्ट)। जसमा ४४७ पुरुष र २१५ महिला।

    -एक ट्याक्सी चालकलाई यात्री बनेका ब्यक्तिहरुद्वारा लुटपाट।१५० केडी (करिब ५७ हजार नेरु) लुटिएको जनाकारी।

    -ताइमाको बैकबाट ३२ हजार केडी(१ करोड २१ लाख ६० हजार नेपाली रुपैया) लुट्ने हतियार धारी लुटेरा पक्राउ।

    -नक्कली कल विश्वाश गर्दा एक जना कुवेतीले ८३ हजार केडी(करिब ३ करोड १५ लाख ४० हजार) गुमाए।उनलाई बैकबाट खाता अपडेट गर्न भनी कल गरेर सबै जानकारी मागिएको थियो।

    -आफ्नै छोरीलाई मारेर ५ बर्ष बाथरूममा राख्ने कुवेती आमा पक्राउ।आफ्नो बहिनीको मृत्‍यु र यसरी राखिएकोबारे मृतकको दिदीले प्रहरीलाई खबर गरेकी थिईन। २०१६ मा छोरी आफै मरेकी आमाको भनाइ

    -अल मुजैनि मनि एक्स्चेन्जबाट City Express मार्फत पैसा पठाउदा मिन कुमार श्रेष्ठले जिते १ लाख !

    -कुवेतमा करिब १८ महिना पछी सामान्य जीवनयापन। दिवानिया र विवाह लगाएत भोज अनी भेटघाटमा बढ्यो।

    -कुवेतका सबै भिषाहरु अनलाइनबाटै सामान्य रुपमै(कोरोना पहिले जस्तै )  खुल्यो।


    कतारः

    -बिश्वकप अघि कतारले १० लाख बिरुवा रोप्ने , २०३० अघि एक करोड बिरुवा रोप्ने लक्ष्य ।

    र अन्य देशका बिबिध जानकारीहरू ।

    हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।

    38 min
  • SS FB Live #237 बिभिन्न देशका अपडेटहरू

    आजको लाईभमा पनि हामीलेः


    कुबेतः

    -सञ्चार मन्त्रालयले शंकास्पद व्यक्तिद्वारा पठाइने नक्कली एसएमएसबाट सावधान रहन सबैलाई आग्रह गरेको छ।म्यासेजबाट पैसा माग्ने लगाएत देखी साबधान।

    -विभिन्न क्षेत्रहरुमा अवैधानिक ढंगबाट संचालित २० म्यानपावर कार्यलय सहित सहित ६० जना अवैध आप्रवासीहरु पक्राउ ।

    -कुवेतको अन्तर्राष्ट्रिय बिमानस्थल २४ आक्टोबर आइतवार देखी पूर्णरूपमा संचालनमा ल्याइयो।दैनिक १० हजार सम्मलाई कुवेत भित्र्याउने।

    -कुवेतले सबै देशका नागरिकलाई सबै प्रकारको भिसा (पहिले जस्तै) दिने।

    -१२० बोटल घरेलु मदिरा सहित २ जना एशियन आप्रबासीहरु साल्मियाबाट पक्राउ।

    -कुवेत र भारत बिच घरेलु कामदार सम्बन्धी MOU(Memorandum of Understanding)मा हस्ताक्षर।उमेर ३०-५५,१०० केडी प्रती महिना पारिश्रमिक, बैक एकाउन्ट मार्फत मात्रै पारीश्रमिक,घरेलु कामदार सम्बन्धी काम गर्ने अधिकार १० वटा एजेन्सीलाई मात्र।


    यूएईः

    -४ दिनको लामो छुट्टी आउँदै ।

    -केही कम्पनिले UAE Expo को लागी छुट्टी दिईरहेको छ, दिँदै छ के तपाईँकोले पनि दिँदै छ ?


    कतारः

    -कतार आउने सबै आप्रवासीले स्वस्थ्य बिमा अनिवार्य हुने नियम आउने भएको छ ।

    हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।

    35 min
  • SS FB Live #235 बिभिन्न देशका अपडेटहरू

    आजको लाईभमा पनि हामीलेः

    यूएईः

    - अबुधावीमा ५०० जना भन्दा बढी डाक्टरहरूलाई यूएई गोल्डेन भिषा दिइने भएको छ।

    - (MOHAP) का अनुसार यूएईले केही व्यक्तिहरूका लागी Pfizer, Sputnik booster shots एप्रूभ गरेको छ।

    - यूएईमा अक्टोबर - १ बाट Expo - 2020 सुरू भैसकेको छ।


    कुवेतः

    -बिजया दशमी २०७८को पहिलो दिन घटस्थापनाको अबसरमा नेपाली राजदूतबास  कुवेत ७ अक्टोबर,२०२१ बिहीवारको दिन बन्द रहने।

    - कुवेत सरकारको गृह मन्त्रालयले कुवेतमा मानव र श्रम बेचबिखनमा पर्नेका लागि हटलाइन नं--१८८८६८८ सार्वजनिक गरेको छ।

    -नोभेम्बर ७ देखी कुवेतमा मोटर साइकल(बाइक राइडिङ)डेलिभरी गर्न नपाउने।

    -जिलिब सोवेखमा सरसफाइ र बाहिर फोहोर बढेकोमा चिन्ता। अबैधानिक सडक ब्यापार लगाएत बन्द गरियो।-MOI

    -अबैधानिक(कुवेतको कानुनले बर्जित गरेको)काम गर्ने,भिषा नियम उल्लङघन गर्ने सबैलाई डिपोर्ट गरिने।-MOI

    -कुवेतको श्वास्थ्य मन्त्रालयले कुनै पनि नागरिक वा आप्रबासीहरुलाई कुवेतको सिभिल आइडी,कोभिड भ्याक्सिन कार्ड वा कुनै डकुमेन्ट नमागेकोले आफ्नो ब्यक्तिगत विवरण कतै पनि फोन मार्फत नदिन आग्रह।

    -अनडकुमेन्टेट अवस्थामा रहेका र घरबाट सामाजिक सन्जाल मार्फत औषधी(भिटामिन, प्रेशर वा अन्य डाइटिङका लागि) बेच्नेहरु पक्राउ।


    ओमन:

    -ओमनमा Cyclone (साईक्लोन=अत्याधिक हावा, हुरी र बर्षा)का कारण जनजीवन प्रभाबित,१३ जनाको मृत्‍यु। सबै भन्दा बढी क्षती AL-Khaburahमा।

    कतार :-

    -अक्टोबर ६ देखि नेपालको सिम कार्ड बाट समेत एह्तेराज एप एक्टिभेट गर्न सकिने  छ ।

    - गत चौबिस घण्टामा देशभर थप ९९ जनामा कोरोना भाइरस संक्रमण र १०४ जनालाई निको भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

    -नेपालबाट कतार प्रवेश गर्दा पालना गर्नुपर्ने क्वारेन्टिनलगायतको अद्यावधिक मापदण्ड सम्बन्धी जानकारी


    साउदी अरेवियाः

    -१४ अगस्ट सम्म राहदानी बनाउन दिएकाहरुको राहदानी तयारी।  दमामबाट राहदानी वितरण गर्ने दिन- शुक्रबार ०८ अक्टोबर २०२१-बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म अर्को राहदानी नविकरण शिविर सञ्चालन हुने दिन- शुक्रबार १२ नोभेम्बर २०२१बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म

    हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।

    57 min
  • SS FB Live #234 बिभिन्न देशका अपडेटहरू

    आजको लाईभमा हामीलेः


    कतारः

    -कतारमा पहिलोपटक शुरा काउन्सिलको मतदान ।

    पिसिआर अब क.रि.160 मा।

    -अक्टोबर ६ बाट लागु हुने गरि अब पिसिआर शुल्क कतारि रियाल १६० आधिकारिक रूपमा निर्धारण । यस अघि कतारि रियाल ३ सय  तोकिए पनि केही स्वास्थ्य केन्द्रले तोकिएको शुल्क भन्दा कम शुल्कमा पनि सेवा दिदै आएका थिए।

    -अक्टोबर ६ बाट लागु हुनेगरी अब कतार प्रवेश गर्दा दुबै खोप लगाएकाले दुई दिन र अन्यले सात दिन होटल क्वारेन्टाईन बस्नु पर्ने । कतारमा पहिलोपटक शुरा काउन्सिलको मतदान

    -०७ अक्टोबर बिहिबार घटस्थापनाको दिन कतार स्थित नेपाली राजदूतावास बन्द रहने  ।


    कुवेत

    -२०६ जना राहदानी आवेदकहरूको राहदानी नेपाली राजादूताबास कुवेतमा आईपुग्यो।

    -घरेलु कामदार सप्लाई गर्ने नक्कली मेड सप्लाई केन्द्रमा छापा, केही पक्राउ, केन्द्र सन्चालकहरु पनि भिसा नियम उलाल्ङ्न गर्नेहरु।

    -अबिधानिक सम्बन्धबाट बच्चा जन्माइ फालेको अभियोगमा नेपाली जोडी पक्राउ।

    -भिसा नियम उल्लङ्घन गर्ने, ट्राफिक नियम उलङ्घन गर्ने तथा अनडकुमेन्टेट आप्रबासीहरुलाई नियमित क्याम्पियन चलाई पक्राउ गरिदै।

    -कुवेतमा बिद्यालय आईतवार(३ अक्टोबर)बाट नियमित हुन थाल्यो।५,२०,३७३ जना विद्यार्थीहरु १८ महिना पछी "क्लास रुम" फर्किए।

    -साउदीअरबमा भएको पेट्रोल पम्प कामदारको अपहरण भिडियो कुवेतको भनी प्रचार गरिएको भिडियोमा विश्वास नगर्नुस-MOH

    साउदी आरब:-

    -पेट्रोल स्टेशनमा काम गर्ने कामदारलाई अपहरण भएको भिडियो भाईरल।३ जना अपहरणकारी पक्राउ गरेको जानकारी।


    ओमन:

    -ओमनमा Cyclone (साईक्लोन=अत्याधिक हावा, हुरी र बर्षा)का कारण जनजीवन प्रभाबित,उडानहरुमा समेत असर।

    -अल रुसाइल औद्योगिक क्षेत्रको मजदुरहरु बसेको घरमा हिमपहिरो खस्दा २ जनाको मृत्यु।


    हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।

    40 min

About Shramik Sanjal

From the publisher's feed

हामीले मध्यपूर्ब र मलेसियामा रहनु भएका नेपालिसाथीहरूका लागी तयार पारेको कार्यक्रम हो यो । हरेक आईतबार र बुधबार बेलुकाको समयमा हाम्रो कार्यक्रम फेसबुक ग्रुप, फेजबुक पेज र यूट्यूवमा प्रशारण हुने गर्छ ।