
Sign up to save your podcasts
Or


आजको लाईभमा हामीः
-कतारमा ५००० नेपाली हुँदा पुगेका हाम्रा एक जना श्रमिक साथी सुजेन्द्र श्रेष्ठको अनुभव र सल्लाह आजको कार्यक्रममा हुनेछ ।
कतारः
-जून १ देखि अगष्ट सेप्टेम्बर १५ बिच बिहान १० देखि अपराह्न ३:३० बजे सम्म बाहिर खुल्ला घाममा कामदारलाई काम लगाउन नपाइने श्रम मन्त्रालयले बताएको छ ।
कुबेतः
- अउला पेट्रोल स्टेशनहरूमा आँफैले पेट्रोल भर्नु पर्ने । यदी स्टाफले पेट्रोल भरिदिए २०० फिल्स(नेरु करिब ८०) अतिरिक्त शुल्क लाग्ने । कामदार अभावका कारण इन्धन पम्पहरूमा भीड हुने भएकाले सेल्फ सर्भिस लागू गरिएको भनाइ ।
-घरेलुकामदार(भिसा नं २०) भएकाले ६ महिनाभन्दा बढी कुवेत बाहिर बसे मेई ३१ तारिकबाट भिसा अटोक्यान्सिल हुने । यस अघी कोरोनाको कारण कुवेत बाहिर जती बसे पनि भ्यालिड भिसा हुनेले कुवेत आउन पाउने बनाइएको थियो । अन्य भिसा क्याटागोरीमा भने अर्को सुचना नभए सम्म ६ महिने नियम लागू नगरिने ।
-जून १ देखि अगष्ट १ सम्म बिहान ११ देखि अपराह्न ३ बजे सम्म बाहिर खुल्ला घाममा कामदारलाई काम लगाउन नपाइने ।
-भ्रमण भिसाका विदेशीहरुले स्पोन्सर गरेर ल्याएका ब्यक्ती नफर्किए स्पोन्सरलाई जरिवाना लगाइने।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
आजको लाईभमा हामीलेः
यूएई अपडेट:
⁃यूएईमा हिजोबाट Sandstorm चलिरहेको हुदॉ विशेष गरी ड्राइविंग गर्दा विशेष सावधानी रहन मौसम विदको अनुरोध।
⁃स्वास्थ्य सम्बन्धि (Monkeypox) बारे अनाधिकृत सूचना सम्प्रेषण नगर्न यूएई सरकारको अनुरोध।
⁃यूएईमा अफ़्रिकाबाट आएका एक ब्याक्तिमा Monkeypox को पहिलो केस देखा परेको हॅुदा स्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।
⁃एक घरमा काम गर्ने महिला कामदारले घर मालिकको घर बाट पैसा तथा गरगहना चोरीका कारण 50,000 यूएई दिराम जरिवाना साथै ३ महिना जेल सजाय तोकिएको छ।
⁃अबुधावीको एक रेस्टुरेन्टमा ग्यॉस इक्स्प्लोज़न(explosion) का कारण १०६ भारतीय सहित १२० जना घाइते भएका छन् भने २ जनाको दुःखद निधन भएको छ।
⁃धेरै सडक दुर्घटनाहरू भैरहने हुँदा E-scooter चालक लाई ट्राफिक नियम पालना गर्दै हेलमेट लगाउन आग्रह गरिएको छ।
लगायतमा बिभिन्न बिषयमा कुरा गर्नेछौँ ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
हामीसँग जोडिन चहानुहुन्छ भने हामीलाई हाम्रो इनबक्समा म्यासेज गर्नुहोला ।
आजको लाईभमा पनि हामीलेः
-श्रम स्विकृतीको बारेमा नयाँ अपडेट ।
कतारः
-सार्बजनिक सवारी साधन र अस्पताल मा बाहेक अन्य क्षेत्र मा मास्क लगाउनु नपर्ने । एथराज एप भने मोबाइलमा अनिवार्य ।
-स्पिड लेनमा (Speed Lane) मा तोकिए भन्दा कम Speed मा सवारी चलाएमा जरीमाना हुने ।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
आजको लाईभमा पनि हामीलेः
यूएई अपडेटः
⁃यूएईका दोस्रो राष्ट्रपति शेख़ खलिफाको दुखद निधनका कारण यूएईका सरकारी र निजी क्षेत्रका लागी तिन दिने शोक अवधि घोषणा गरिएको छ।मे-१७ तारिक मंगलबार बाट कार्यलयहरू खुल्ने छन्।
⁃स्वर्गीय शेख खलिफा बिन ज़ायद अल नाह्यानको शोक अवधिका लागि दुबई तथा सार्जाहले ३ दिनका लागी पार्किंग शुल्क नलाग्ने जानकारी गराएको छ।
⁃शोक अवधिमा शारजाहका सबै पार्कहरू ३ दिन बन्द रहने छन्।
⁃यूएईका तेस्रो र नयॉ राष्ट्रपति हिज हाइनेस शेख मोहम्मद बिन जायद अल नाह्यानलाई विश्वका लिडरहरूले बधाई दिएका छन्।
⁃यूएईमा इजाजतपत्र प्राप्त बैंक र वित्तीय संस्थाहरूलाई मात्र निर्धारित नियमहरू बमोजिम ब्याजमा पैसा ऋण दिन अनुमति छ।व्यक्तिगत रूपमा ब्याजमा पैसा दिन अवैध मानिन्छ।
⁃संयुक्त अरब इमिरेट्सकी नायला नासिर ए अल्बालुशी नेपाली समय अनुसार 14 मे 2022 बिहान 8 बजे सगरमाथा 8848.86 को शिखरमा उभिएर विश्वको सर्वोच्च शिखर आरोहण गर्ने पहिलो इमिराती महिला बनिन्।
कुवेतः
-जजिरा एयरलाइन्सको कुवेत-भैरहवा उडान आज बाट शुरू हुँदै ।कुवेतका लागी नेपाली राजदूत दूर्गा प्रसाद भण्डारीले एक समारोहका बिच उडानको अफिसियल उद्घघाटन ।
-क़तार र साउदीबाट पनि कुवेत ट्रान्जिटहुदै भैरहवाको सिधा उडान हुने ।
-अहमदी क्षेत्रमा घरेलु मदिरा कारखाना चलाउने ५ एसियाली आप्रवासीलाई पक्राउ। बिक्रीका लागि तयार रहेको ५ सय बोतल र डिस्टिलिङ उपकरण जफत ।
साउदी अरबः
साउदी अरबको जनगणना २०२२ मा पहिलो पटक फिल्ड अनुसन्धानकर्ताको रूपमा महिला सहभागी।
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्न नभुल्नुहोला ।
हाम्रो सञ्जालमा आबद्ध हुन चहानुहुन्छ भने हामीलाई ईनबक्समा म्यासेज पठाउनु होला ।
आजको लाईभमा हामीः
यूएई अपडेटः
- अन्तराष्ट्रीय श्रमिक दिवस (May- 1) तारिक को अवसरमा 1000औ श्रमिकहरूलाई यूएईमा फ़्री स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइयो।जसमा विभिन्न हेल्थ केयरका कर्मचारीहरूद्वारा नॅाच,गान साथै पुसअप कम्पिटिसन गराएर श्रमिक दिवस मनाइयो।
- ईदको अवसरमा यूएईमा सरकारी क्षेत्रमा ९ दिन र प्राइवेटमा ५ दिनका लागी विदा घोषणा गरिएको छ।
- ईदको अवसरमा विभिन्न ईमिरेट्समा पार्किगं फ़्री।दुबई ईमिरेट्समा April -30 देखि May -6 तारिक सम्म 7 दिनका लागी पार्किगं फ़्री गरिएको छ।
- ईद मनाउॅदा कोभिड - १९ का सम्पूर्ण स्वास्थ्य मापदण्ड अपनाउन यूएई बासीलाई अनुरोध।
- दुबई प्रहरीले ब्रिटिस नागरिकको दुबई एयर्रपोर्ट भित्र हराएको 70,000 दिराम एक घण्टा भित्रमा यात्रुलाई फिर्ता दिन सफल भएको छ।
- यूएई प्रहरीले सम्पूर्ण सवारी चालकहरूलाई ट्राफिक नियम पालना गरेर सुरक्षित तरीकाले सवारी साधन चलाउन सचेत गराएको छ।
- इद अल फित्रको अवसरमा नेपाली राजदूतावास अबुधावी मे -२ र मे -३ तारिक बन्द रहनेछ।
-ओमानका राजाले इद अल फित्रको अवसरमा जेलमा रहेका ३०० कैदीहरूलाई माफी दिएका छन्।
कुवेत:
-श्रम दिबसको सबै साथीहरुलाई शुभ-कामना ।
-कुवेतमा भोलीबाट इद। सबैलाई ईद मुबारक ।
-कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डा र Kuwait Investment Authority का Managing Director Mr. Ghanem Al-Ghenaiman बीच कोभिड-१९ पछिको वैदेशिक लगानीको वर्तमान अवस्था, नेपालमा भएका लगानीका संभावना र अवसर सम्बन्धी छलफल भएको छ।
-इद भरीमा ३ लाख ५२ हजार १४० ले उडानबाट यात्रा गर्ने । २ लाख ७ हजार ७६० यात्रीले कुवेत छाड्ने छन भने १ लाख ४४ हजार ३८० जना कुवेत भित्रिदै ।
-बिभिन्न शहरबाट भिसा नियम उल्लङ्घन गर्ने १६ आप्रवासीहरु पक्राउ ।
-आज १ मे २०२२ बाट खोप लगाएका सबै यात्रुहरुलाई कुवेत आउँदा पीसीआर आवश्यकता नपर्ने ।
-‘श्रम कानून’ उल्लङ्घन गर्ने ९२ वटा पसलहरु बन्द।-PAM
- सम्झौतापत्र अनुसारको नभएर नक्कली रोजगारको प्रलोभन देखाएमा ३ वर्ष जेल र जरिवाना गरिने ।-PAM
मलेशिया:
-मलेसियाको भ्रमणमा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ र मलेसियाका गृहमन्त्री हमजाह वीन जैनुदिन बिच छलफल । नेपाली सुरक्षागार्डको मासिक तलब ३ हजार मलेसियन रिंगेट हुनुपर्ने प्रस्ताव।
-मलेशियामा आजबाट बाहिर हिड्दा मास्क नलगाए पनि हुने तर इन्डोर र सार्बजनिक यातायातमा भने मास्क लगाउनै पर्ने ।
साउदीअरब:
-साउदीको कानुन ( शरिया ) र अन्य कानुनहरुले नागरिकहरुको ब्यक्तिगत गोपनियतालाई कभर गर्ने गर्छ । यदि कसैले पनि कुनै पनि ब्यक्तिको व्याक्तिगत जिवनमा असर पार्ने खालको क्रियाकलाप गरेमा एक बर्ष जेल र ५ लाख रियल जरिवाना हुने जनाएको छ ।
कतारः
-इद अल फित्रको अवसरमा निजि क्षेत्र लाई ३ दिन बिदा दिने श्रम मन्त्रालय ले जनाएको छ ।
-इद बिदामा समुन्द्री किनार तिर घुम्न जाने योजना बनाइरहनु भएको छ भने हेरेर मात्र जानु होला
हाम्रो आगामी बिदेश जानु पहिले कार्यक्रममा सहभागी हुनको लागी यो फारम भर्नुहोलाः bit.ly/bideshjanupahile
आजको लाईभमा पनि हामिलेः
यूएईः
-Ajman मा Speed Limit Cross गर्नु भयो भने १५०० दिहराम फाईन, ६ Black Point र १५ दिनको लागी गाडी जफत गरीने छ ।3
कुवेत:
-कुवेतबाट जजिरा एयरलाइन्सले मे १५ देखि साताको तीन दिन (सोमबार, बुधबार र शुक्रबार) नियमित उडान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा भर्ने भएको छ ।
-कुवेतमा आज खराब मौसम, कम भिजिबिलिटी हुने हुँदा सचेत रहन MOIको चेतावनी ।
-मुबारकियामा बजारको चेकजाँचको क्रममा आगो सुरक्षा र रोकथाम(fire safety & prevention ) आवश्यकताहरूको सन्दर्भमा ६२ वटा स्टोरलाई नियम उल्लङ्घन र २२ वटा स्टोरलाई चेतावनी दिईएको छ।
-घरेलु कामदार भर्ना शुल्क ८९० केडी ( करिब ३ लाख ५० हजार नेरु) भन्दा बढी नलिन घरेलु कामदार अफिसको निर्देशन ।
-कुवेतमा इदको छुट्टी मेइ १ देखी ८ सम्म । तर बैंकहरु भने मेइ ५ तारिकबाटै खुल्ने ।
-रमादानको पहिलो २ हप्तामा (अप्रिल २ देखी १६ सम्म) ५ हजार ९ सय ५९ सवारी साधन दुर्घटना दर्ता । रमादानको पहिलो २ हप्तामा २ हजार १ सय भन्दाबढी भिसा नियम उलङ्घन गर्ने आप्रवसीहरु पक्राउ ।
साउदी अरब:
-साउदीअरबमा मेई १२ देखी #Qiwaमोबाइल एप्सबाट मात्र कामदारहरुका सम्झौता स्वीकृत गरिने छ भने त्यही एप्समा कागजात सुरक्षित हुनेछ ।
-नेपाल एयरलाइन्सको जहाजले आजबाट साउदी अरबको रियादमा नियमित उडान शुरु गरेको छ । हरेक हप्ताको शुक्रबार र आइतबार साँझ ७ः१५ काठमाडौंबाट निगमको जहाज रियाद उड्ने छ भने साउदीबाट शनिबार र सोमबार काठमाडौं फिर्ता हुनेछ ।
-साउदी वाणिज्य मन्त्रालय (MoC) ले लाइसेन्स बिनाका अनलाइन प्लेटफर्महरु मार्फत अवैध विदेशी मुद्राको व्यापार (क्रिप्टोकरेन्सी लगाएत)मा कारोवार नगर्न सबैलाई सचेत गराएको छ ।
मलेसिया:
-रोयल मलेसिया पुलिस (PDRM) ले 'मलेसियामा अब मास्क आवश्यक छैन' भनेर अप्रिल २० तारिक निकालेको सुचना 'प्राविधिक त्रुटि' भएको र कोरोनाबारे सबै स्वास्थ्य प्रकृया अर्को सुचना नभए सम्म लागू गर्न आबहान गरेको छ ।
- श्रमिक सञ्जाल मा आबद्ध हुनको लागी यो फर्मः member.shramiksanjal.org
-'बिदेश जानु पहिले' 4 May 2022 मा हुँदै गरेको Free १ दिने Training/Workshop मा सहभागी हुनको लागीः bit.ly/bideshjanupahile
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्नुहोला ।
आजको लाईभमा हामीः
कतारः
कतारको एक कम्पनिमा कार्यरत कामदारहरु सडकमा निस्किएर हडताल गरिरहेको भिडियो सामाजिक सन्जाल -
- मार्फत बाहिरिएको छ । यदि तपाई हरु पनि त्यस कम्पनिमा कार्यरत हुनुहुन्छ भने त्यस्तो किसिमको हडतालमा सहभागी नहुनुहोस । कतार मा हडताल गर्नुलाई गैर कानुनी मानिन्छ ।
- कतारमा आम माफिको समय यहि अप्रील 30 तारिख सम्म थप गरिएको छ ।
- रमादानको अवसरमा अमिर शेख तमाम बिन हमाद अल थानीले विभिन्न कसुरमा जेलजिवन बिताइरहेका २१ जना नेपालीलाई आममाफी दिनुभएको छ ।
- इ पासपोर्टको लागि अप्रील ५ तारिक सम्म आबेदन दिएका हरु को पासपोर्ट बनेर आएको छ । दुतावासमा सम्पर्क गरेर बिदाको दिन बाहेक बिहान ९ बजे देखि अपहरान्न ३ बजे सम्म दुताबसमा गएर आफ्नो इ पास्पोर्ट लिनुहुन दुतावास ले सुचना जारि गरेको छ । त्यसै गरि ३ फेब्रुअरि २०२२ अघि मेसिन रिडेवल पासपोर्ट बनाउन जानु भएका तर लिन जान नभ्याउनु भएका करिब ८९ थान पासपोर्ट लिन जानको लागि आवेदकलाई आग्रह । कुवेतः -रमादानको समयमा बाहिर माग्दै बसेका ३ जना र २६ जना भिसा नियम उल्लङ्घन गर्नेहरु पक्राउ ।
-पारिवारिक भ्रमण (फ्यामिली भिजिट भिसा) छिट्टै खोलिने । -फर्मानिया बाट १८ भिसा नियम उल्लङ्घन गर्ने आप्रवासीहरु पक्राउ ।
-जिलिब सोयक क्षेत्रबाट ७ महिला र १ पुरुष(एसियन र अफ्रिकन)लाई यौन ब्यबसाय गरेको आरोपमा पक्राउ साउदी अरब
-साउदी अरेबियाको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालयले कामदारको जागिर नहटेको सूचना दर्ता गर्नका साथै सूचना खारेज गर्न नियन्त्रण तथा नियमावलीका सम्बन्धमा परिपत्र जारी गरेको छ ।
-साउदी अरबको पासपोर्ट(जवाजत) कार्यालयका अनुसार ७ अप्रिल देखि १३ अप्रिल सम्ममा १३,३६५ आप्रवासीहरुलाई भिसा नियम उल्लङ्घनको आरोपमा पक्राउ ।
-साउदीको मदिना नगरपालिकामा पहिलो पटक बिजुलीबाट चल्ने गाडी चार्जको लागि चार्जिङ स्टेसन राखिए । जसको उद्देश्य पेट्रोलियम पदार्थको कम प्रयोग गर्दै वातावरण स्वच्छ राख्नु रहेको छ ।
मलेशियाः
-मलेशियामा ई–स्कुटर सेवा छिट्टै शुरु हुँदै । ई–स्कुटर लागि छिट्टै नियमावली ल्याइने ।
यूएई अपडेट:
- सार्जाह ईमिरेट्समा अब देखि “Smart theory tests “ एप्स बाट ड्राइविंग लाइसेन्सको लिखित परीक्षा ड्राइविंग इन्स्टिट्यूट नगई घर तथा अफिस बाट नै दिन सकिने।
- illegal taxi service का कारण ५२ वटा ट्याक्सिहरूलाई जरिवाना लागेको छ।(दुबई टर्मिनल -२ मा)passengers लाई transportation Service दिएका कारण।
- यूएई सरकारले अब ब्याचलर सम्म अध्ययन गरेका जसले विश्वका ५०० विश्व विधालयबाट ब्याचलर पास गरेका छन् उनीहरू उक्त भिसामा आई जागिर खोज्न सक्नेछन्। यसको उधेश्य यूएई सरकारले क्वालिफाइड मान्छेहरूलाई भिजिट भिसामा आएर काम खोज्नको निम्ति यस्तो नियम बनाएको छ।
- रमादानको समयमा गैर कानूनिक रूपमा मागेर हिड्ने ९४ जना माग्नेहरूलाई पक्राउ गरेको छ।पक्राउ परेकाहरू मध्ये ३ जनाबाट मात्रै करिब ६५००० दिराम बरामत गरिएको छ।
- गैर कानूनिक रूपमा माग्ने तथा माग्न प्रेरित गर्ने व्यक्ति तथा अर्गनाइजेसनलाई यूएई दिराम १००,०००( एक लाख) फाईनका साथै ६ महिना जेल सजाय हुने।
-मानव संसाधन र एमिरेटाइजेसन मन्त्रालय ( Mohre)ले रोजगारदाता र परिवारहरूलाई गैर लाइसेन्स भर्ती एजेन्सीहरूबाट घरेलू कामदारहरू भर्ती नगर्न चेतावनी दिएको छ।साथै यस वर्गका कामदारहरूको सेवाहरू प्रवर्द्धन गर्ने अविश्वसनीय सोशल मिडिया पृष्ठहरू सहित। र बिभिन्न देशका अपडेटहरू:
- श्रमिक सञ्जाल मा आबद्ध हुनको लागी यो फर्मः member.shramiksanjal.org
-'बिदेश जानु पहिले' 4 May 2022 मा हुँदै गरेको Free १ दिने Training/Workshop मा सहभागी हुनको लागीः bit.ly/bideshjanupahile
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्नुहोला ।
आजको लाईभमा पनि हामीलेः
-अव श्रम स्विकृती अनलाईन बाट मात्रै ।
कुवेतः
-३ नक्कली घरेलु कामदार सप्लाई अफिसमा छापा । अमादी र हावालीमा मात्र ३२ भिसा नियम उल्लङघन गर्ने आप्रवासी पक्राउ ।
-जुवा-तास खेलेको अभियोगमा जिलिबबाट १० एशियन आप्रवासी पक्राउ ।
-१७ महिना (मार्च- १, २०१९ देखी अगस्ट १६, २०२१ )मा ९४८ अपहरणका घटना दर्ता । अपराधिक गतिबिधी बढ्दै गएको प्रती कुवेतको अन्तरिक मन्त्रालयको चिन्ता ।
-मेई १ देखी ५ सम्म इदको छुट्टी । सरकारी कार्यालय ८ मेईबाट मात्र खुल्ने ।
र अन्य बिभिन्न देशका अपडेटहरू
आजको लाईभमा Pradip Giri को Success Story पनि हामीले सुन्ने छौँ ।
आजको लाईभमा हामीलेः
कतारः
१. नयाँ बर्षको उपलक्ष्यमा नेपाली दूतावास कतार बिहिवार बन्द रहने भएको छ।
२.कतारको पुरानो र धेरै नेपालीहरु जमघट हुने मुन्ताजा पार्क खुल्यो।
३.विभिन्न कारणले गैरकानुनी भएका व्यक्तिको लागि आममाफीको समयसीमा अप्रिल ३० सम्मका लागि थप गरिएको छ ।
४. रमादान महिनाभर बिना ओभरटाइम दैनिक ६ घन्टा भन्दा बढी काम नलगाउन श्रम मन्त्रालयले निर्देशन दिएको छ ।
५. अपराध अनुसन्धान विभागले १५ लाख कतारी रियालमा नक्कली सुन बिक्री गर्न खोज्ने एसियाली मुलका दुई जनालाई पक्राउ गरेको छ ।
६. सुप्रिम कमिटी फर डेलिभरी एण्ड लिगेसी (एससी) का आधिकारिक प्रवक्ता खालेद अल-नामाले विश्वकपको समयमा आप्रवासी नागरिकलाई देश प्रवेशमा प्रतिबन्ध लगाउने अफवाह सत्य नभएको बताएका छन् ।
Saudi Arabia:
-साउदी अरबको जकात, कर तथा भञ्सार प्राधिकरणले कामदारहरूको पारिश्रमिक (तलब) तथा बोनसमा मुल्य अभिबृद्धी कर (VAT) नलाग्ने प्रस्ट पारेको छ ।
-मार्च २८ तारिख देखि अप्रिल ६ तारीखको बिचमा साउदि प्रहरिले १२,९२० जनलाइ कानुन उलंघन गरेको आरोपमा पक्राउ गरेको छ !
-ट्राफिक विभाग नजमले साना सवारी दुर्घटनाका लागि रिमोट रिभ्यु सेवाको पहिलो चरण सोमबारदेखि शुरु गरेको छ ।
यूएई अपडेट
- नयॉ वर्ष २०७९ को अवसरमा अप्रिल १५ तारिक बिहिवार नेपाली राजदूतावास बन्द रहने।
- ४ जनाको समूहले 91,000 यूएईमा राम चोरी गरेका कारण ३ वर्षको जेल सजाय तोकिएको छ।
- दुबईमा एक माग्ने (beggars)लाई 40,000 यूएई दिराम र अन्य फरेन करेन्सीका साथमा पक्राउ गरिएको छ।
- रमादानको सुरूवात देखि 30,000 भन्दा बढी Iftar meals अबुधावीका केही व्यस्थ रोडमा कुदेका सवारी चालकहरूलाई प्रदान गरिएको छ।सडक दुर्घटना कम गर्न साथै भोकाएका व्यक्तिलाई सहयोग गर्नका निम्ति।
- रस अल खैमा मा 26 वर्षिय एक महिलाको गाडी कंट्रोल गर्न नसकेका कारण Spot Death भएको दुखद घटना।
- e-scooters, निशेधित एरियामा पार्क गरेमा २०० दिराम जरिवाना।
- दुबईले यो महिनाको अन्त्य सम्ममा e-scooter license permit लन्च गर्ने।
कुबेतः
-नयाँ वर्ष बि.स.२०७९ का उपलक्ष्यमा भोली सबै नेपाली दूतावासहरु बन्द रहने ।
-रमादानको पहिलो ९ दिनमा ९७ वटा उलंघनका घटना दर्ता ।
-हिजो जस्तै आज पनि मौसममा बादली हुने । मौसमविद् मुहम्मद करमले आगामी बिहीबार र शुक्रबार मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको बताएका छन्।
-रमादानमा सुरक्षा चेक-जाँचमा कडाइ। हवाली, साल्मिया र जिलिबमा १८ आप्रवासीहरु भिसा नियम उल्लङ्घन गरेको आरोपमा पक्राउ ।
- श्रमिक सञ्जाल मा आबद्ध हुनको लागी यो फर्मः member.shramiksanjal.org
-'बिदेश जानु पहिले' 4 May 2022 मा हुँदै गरेको Free १ दिने Training/Workshop मा सहभागी हुनको लागीः bit.ly/bideshjanupahile
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्नुहोला ।
आजको लाईभमा हामीः
यूएईः
-यूएईमा नोटिस बिना नै कम्पनि परीवर्तन गर्न पाईने चार कारणहरू ।
-अबदेखी पासपोर्टमा भिषा स्याम्प लाग्ने छैन । ईमिरेट्स आईडिै सबै कुरा ।
कुवेत:-
-कुवेतमा रात्री चेक्-जाँच बढाइयो । अबैधानिक र अपराधीक कृयाकलाप बढेकोमा सरकारको चिन्ता । जनावरी मार्च ३१ सम्म ६१७ लागू औषध, ४२ मदिरा सम्बन्धी केश दर्ता । १२१९ जना अपराधीक कृयाकलापमा संलग्न पक्राउ ।
-भिजिट भिसामा कुवेत आउने आप्रवासीहरूलाई अनिवार्य स्वास्थ्य बीमा लगाउनेबारे सरकारको तयारी । स्वास्थ्य बिमाशुल्क २० केडी बनाउने प्रस्ताब ।
-सडक ब्यापार गर्नेहरु पक्राउ । बिना इजाजत ब्यापार-ब्यवसाय गर्नेलाई देश निकाला (डिपोर्ट) गरिने ।
-नक्कली लिङ्कहरूबाट आएका पुरस्कार जितेको,चिट्ठा परेको लगाएतको नक्कली सन्देशहरूमा विश्वास गरी आफ्नो जानकारी नपठाउन आन्तरिक मन्त्रालयको साइबर सुरक्षा सेलको अनुरोध ।
साउदीअरब:-
-साउदी अरबका सबै बैंकहरूले "अर्को सूचना नभएसम्म" अप्रिल १० देखि अनलाइन प्लेटफर्महरू मार्फत ग्राहकहरूको लागि नयाँ खाताहरू खोल्न नपाउने । साउदी केन्द्रीय बैंक (सामा)का अनुसार ठगीको घटना बढेकाले अनलाइनबाट खाता खोल्न रोक्न लगिएको हो ।
-साउदी अरबले जुलाईमा हुने हजमा १० लाखलाई सहभागी हुन अनुमति दिने । ६५ वर्ष मुनिका कोरोना खोप लगाएका व्यक्ति सहभागी हुन पाउने। साउदी अरेबिया बाहिरबाट आउनेहरूले यात्रा गरेको ७२ घण्टाभित्र कोभिड परीक्षणमा नेगेटिभ प्रमाणपत्र पेश गर्नुपर्ने ।
नेपालः
-वैदेशिक रोजगारीमा जाने व्यक्तिको अभिमुखीकरण तालिममा कडाइ गरिने।
- श्रमिक सञ्जालमा आबद्ध हुनको लागी यो फर्मः member.shramiksanjal.org
-'बिदेश जानु पहिले' 1 April 2022 मा हुँदै गरेको Free १ दिने Training/Workshop मा सहभागी हुनको लागीः bit.ly/bideshjanupahile
हाम्रो लाईभलाई लाईक, कमेन्ट र शेयर गर्नुहोला ।
From the publisher's feed