Freedom Chautary

Freedom Chautary

By Freedom ForumNon-Profit
Download on the App Store

Freedom Chautary episodes

  • 46. Ensure Justice to Victim Journalists

    November 2, International Day to End Impunity for Crimes Against Journalists is marked worldwide in memory of those journalists who lost their lives for doing their job. The day was especially marked in commemoration of the deadly attack and killing of 32 media persons and journalists called Ampatuan Massacre (also known as Maguindanao Massacre) in the Philippines in 2009 and assassination of two French journalists in Mali on November 2, 2013. The United Nations General Assembly in 2013 has proclaimed the day as ‘International Day to End Impunity for Crimes against Journalists’.

    In today’s podcast, Deepa Adhikari, Nanu Maiya Khadka and Dikchya Raut from Freedom Forum are discussing the long-pending impunity cases of Nepal, why justice has been delayed?, what are the FF’s initiatives towards ending impunity? and why advocacy to end impunity matters?
    0 min
  • 45. सार्वजनिक वित्त व्यवस्थापन क्षेत्रमा सुविख्यात नाम – भीमबहादुर अधिकारी

    नेपालको सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्रमा सुविख्यात नाम हो – भीमबहादुर अधिकारी । अर्थमन्त्रालयमा सेवा गर्दै सहसचिवबाट सेवामुक्त भएपछि फेरी करिब दई दशकसम्म बेरुजु फरफारक गर्ने समितिमा रहेर आर्थिक अनुशासन सुधारका लागि उहाँले काम गर्नुभएको थियो । अधिकारी अहिले ९० वर्षमा प्रवेश गर्नु भएको छ । यस्ता अनुभवी वित्त व्यवस्थापक अधिकारीसंग नेपालको बजेट प्रणाली, विकास र समाजसेवा क्षेत्रका विविध विषयमा कुराकानी गरेका छौं । नेपालमा सामाजिक सुरक्षाको भत्ता प्रणाली सुरु गर्ने प्रमुख अभियान्ता अधिकारी नै हुनुहुन्छ । उहाँले नै अपाङ्ग तथा वृद्धहरुलाई माषिक भत्ता दिन नेपाल सरकारलाई प्रेरणा दिनु भएको थियो । २०३३ सालबाटै उहाँले गाउँ सेवा कोषको नामवाट यो प्रथा तनहूँमा प्रारम्भ गर्नुभएको थियो । उक्त प्रसंगसहित बजेट, बेरुजु, विकास, योजना, वित्तिय अनुशासन र सामाजिक सेवाका विभिन्न रोचक सन्दर्भ आजको फ्रिडम चौतारी पडकाष्टमा :

    0 min
  • 44. मानव बेचबिखन, मानव अधिकार र सञ्चारको दायित्व

    मानव बेचबिखन हाम्रो देशको असाध्यै जेलिएको समस्या हो । परम्परागत रुपमा नेपाली महिलाहरु वेश्यावृृति र दासताको लागि छिमेकी देश भारतका विभिन्न सहरहरुमा बेचिने गर्दथे । अहिले यो समस्या झन् विभिन्न रुपमा फैलिएको छ । वैदेशिक रोजगारीका नाममा संसारका विभिन्न देशहरुमा नेपाली महिलाहरु र श्रमिकहरुको बेचबिखन र शोषण हुन थालेको छ । मानअधिकारका दृष्टिले यो एक घृणास्पद अवस्था हो । यसै सन्र्दभमा मानव बेचविखन र मानवअधिकारको सवालमा हामी यस पडकाष्टमा विस्तृत चर्चा गर्दैछौं ।

    नेपालको मानवअधिकार आन्दोलनमा आफ्नो विशिष्ट पहिचान बनाइसक्नु भएकी र हाल अमेरीकाको लस एन्जलसको लोयला ल कलेजमा यसै विषयमा विद्यावारिधी गरिरहनु भएकी अधिवक्ता साधना घिमिरे भेट्वालसंग सहजमान श्रेष्ठले कुराकानी गर्नुभएको छ ।

    0 min
  • 43. नेपाली भाषाको पत्रकारितामा कस्तो आदरवाचक सम्बोधन ?

    नेपाली पत्रकारितामा समाचार र लेखमा व्यक्तिलाई उल्लेख गरिने शब्द के हुने ? तिमी, तपाईं, तँ, हजुर, मौसुफ के– के ? पात्र, सन्दर्भ र भाव अनुरुप फरक– फरक हुने कि समान रुपमा मध्यम आदर जनाउने तिमी मात्र प्रयोग गर्ने ? यो बहस अहिले फेरी चलेको छ । प्रधानमन्त्री केपी ओलीले नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा आयोजित एक साहित्यिक समारोहमा यो विषय उठाएर नेपाली पत्रकारहरुलाई कटाक्ष गर्नुभयो । यसपछि यो बहस सामाजिक सञ्जालहरुमा र मूलधारका मिडियामा छाएको हो ।

    यसै सन्दर्भमा आज फ्रिडम चौतारीमा हामी पनि यसवारे छलफल गर्दैछौं । बहसमा हुनुहुन्छ– नेपाली भाषाको शब्दभण्डारमा महत्वपूर्ण योगदान दिनुहुने  तथा नेपाली भाषाको व्याकरणलाई मौलिकता दिनुहुने भाषाविद् प्राध्यापक डा. हेमाङ्गराज अधिकारी । साथमा हुनुहुन्छ – वरिष्ठ पत्रकार एवं शिक्षाविद् हरिविनोद अधिकारी र वरिष्ठ पत्रकार तारानाथ दाहाल  ।

    नेपाली आमसञ्चार माध्यमहरुमा व्यक्तिलाई सम्वोधन गरिने आदरवाचक उचित शब्द  र क्रिया  कुन–कुन हो ? र कुन– कुन शब्दको प्रयोगले नेपाली भाषाको सहज प्रयोगलाई प्रोत्साहन हुन्छ, सुनौं आजको पडकाष्ट |
    0 min
  • 42. झूठो मुद्धाका पीडित पत्रकारको कथा

    अनलाइन आवाज डट नेट भन्ने डोमिन भएको लोगो सहितको कुनै फेसवुक पेजले राखेको त्रास फैलाउने प्रकारको झूठा हल्लालाई नियन्त्रण गर्ने नाममा नेपाल प्रहरीले अनलाइन आवाज डट कमका सञ्चालक पत्रकार गौरब खनाललाई १० दिन हिरासतमा मात्रै राखेन गर्दै नगरेको कसूरमा उनले विद्युतीय कारोवार ऐन अन्तरगत मुद्धा खेप्न प¥यो ।

    ६ महिना लामो कानुनी संघर्षपछि अदालतले पत्रकार खनाललाई सफाई दियो । आजको पडकाष्टमा प्रस्तुत छ– उनै निर्दोष तर सरकारी दमनमा परेका पत्रकार गौरब खनालको कथा उनकै मुखबाट |

    0 min
  • 41. सूचनाको हक  :  कोही पनि वञ्चित नहोस्

    नेपालमा सन् २०१९ को International Right To Know Day सेप्टेम्बर २२ देखि २८ तारिखसम्म सप्ताहव्यापी रुपमा नागरिक तहबाट भव्यरुपमा मनाइयो ।

    सूचनामा सर्वव्यापी पहुँचको दिवसको रुपमा संयुक्त राष्ट्रसंघबाट आह्वान गरिएको  सन्र्दभ आजको पडकाष्टमा केन्द्रित गरिएको छ ।

    सूचनाको हकको अन्तराष्ट्रिय दिवसका वारेमा प्रकाश पार्ने जानकारी मूलक समाग्रीसहित सूचनको हकलाई प्रवद्धन गर्न गरिएका विभिन्न रचनात्मक गतिविधिहरु सुनौं यस पडकाष्टमा :

    0 min
  • 40. खुला सरकार साझेदारी के हो ?

    ‘ओपन गर्भनमेन्ट पार्टनरसीप’ अर्थात खुला सरकार साझेदारी आजको नविनतम शासकीय सुधारको विश्व अभियान हो ।

    नागरिक र सरकारको साझेदारी र सहर्सिजना मार्फत शासकीय प्रणालीमा निरन्तर सुधार गर्दै लोकतान्त्रिक शासनलाई प्रभावकारी वनाउन सेप्टेम्बर २०, २०११ मा स्थापना गरिएको यो विश्व अभियान के हो त ? यस अभियानमा नेपाल कसरी सहभागी हुनसक्छ र त्यसबाट नेपाललाई के कस्ता लाभ हुनसक्छ ? आजको पडकाष्टमा हामी छलफल गर्दैछौं ।

    यी विषयहरुमा खुला सरकार र साझेदारीका अभियन्ताहरु तारानाथ दाहाल र कृष्ण सापकोटा, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव केवलप्रसाद भण्डारी र पोखराका नागरिक समाजका प्रबुद्ध व्यक्तीत्व आनन्दराज मुल्मीका विचारहरु समेटिएको छ ।

    0 min
  • 39. पत्रकार ओम हमाल: झुठो अभियोग र दमनको कथा

    एक जिल्ला स्तरीय भूमिगत नेताको अन्तरवार्ता गर्दागर्दै २०७६ भदौ ६ गते पोखराको शिशुवाबाट प्रहरीले गिरफ्तार गरी झुठो मुद्धा लागाइएका पत्रकार (janasanchar.com का सम्पादक एवम संचालक) ओम हमाल सर्वोच्च अदालतको दुई पटकको आदेशपछि बल्ल रिहाई भएका छन् । अघिल्लो पटक भदौ १७ गते सर्वोच्च अदालतले प्रहरीको गिरफ्तारी र लगाएको मुद्धा गलत भएको भनी रिहाई गरिदिएपनि पत्रकार हमाल पुनः सर्वोच्च अदालतको गेटबाटै गिरफ्तार गरिनुभएको थियो । पुनः प्रहरीले लगाएको अर्को मुद्धालाई पनि सर्वोच्च अदालतले गलत ठहर गर्दै बन्दीप्रतक्षीकरण रिट मार्फत पत्रकार हमालाई पुनः २०७६ भदौ २४ गते रिहा गरेको हो ।

    पत्रकार हमाल र उनको रिहाइको लागि सकृय रहनुभएकी हमालको श्रीमती मोनिका गुरुङ (श्रीमती गुरुङपनि संचारकर्मी हुनुहुन्छ) सँग फ्रिडम फोरमको कार्यालयमा गरिएको संवाद आजको पडकाष्टमा |

    0 min
  • 38. खुला संसद अवधारण र अभ्यास

    लोकतन्त्रमा संसदको अह्म महत्व हुन्छ । जनताको प्रतिनिधिका रुपमा संसदले लोकतान्त्रिक प्रणालीको केन्द्रीय तत्वको भूमिका खेल्छ । संसद नै जनताको आवाज हो । जनताको आकांक्षा आवश्यक्ताको प्रतिविम्ब संसदमा झल्कन्छ । तर, पछिल्लो समयमा प्रतिनिधिमूलक लोकतन्त्रको प्रमुख खम्बा संसदप्रति नागरिकको विश्वास र भरोसामा कमि आइरहेको विश्व भरिनै बहस भैरहेको छ । त्यसैले संसद र नागरिक सम्बन्ध सुदृढ गर्न अहिले खुला संसदको अवधारणा अगाडि सारिएको छ । संसदीय खुलापन के हो त ? संसदीय प्रकृयामा नागरिक सहभागिता किन महत्वपूर्ण छ ? र संसदीय पारदर्शीता कसरी बढाउने ?

    यिनै बहसमा फ्रिडम फोरमले राष्ट्रिय अभियान चलाएको छ । सातै प्रदेशमा छलफल भैरहेको छ । यसै क्रममा खुला संसदको लागि प्रदेश सभाहरुमा लगिएको बहसमा के कुरा छ त ? आजको पडकाष्टमा अभियानकर्मी तारानाथ दाहाललाई सुनौं ।

    0 min
  • 37. नेपाली मिडियामा महिला उपस्थिति

    नेपाली छापा तथा अनलाइन मिडियामा महिला उपस्थिति काठमाडौंबाट प्रकाशित हुने नौ वटा राष्ट्रिय दैनिकहरुका मुख्य पृष्ठका समाचार सामग्री र छ वटा प्रमुख अनलाइन मिडिया र प्रदेशस्तरीय २१ दैनिक पत्रिकाका समाचार सामाग्रीमा महिला उपस्थिति कस्तो छ ? यस सम्बन्धी अध्ययनमा आधारित बहस आजको पडकास्टमा। समाचारको बाईलाईन मध्ये कति पत्रकार महिलाका छन ? कति पत्रकार पुरुषको ? र समाचार श्रोतमा कति महिलाहरुलाई उल्लेख गरिएको छ ? अनि यसमा के के चुनौति छन ? सुनौं यस विषयमा सम्बन्धीत सरेकारवालाहरुको बिश्लेषण र धारणा आजको पडकाष्ट |

    0 min

About Freedom Chautary

From the publisher's feed

Freedom Chautary (FC) is an official podcast channel of Freedom Forum (FF), a non-governmental organization, working for the institutionalization of democracy, protection, and promotion of human…