
Sign up to save your podcasts
Or


There are a growing number of cases in Nepal resorting to Electronic Transaction Act where we hear almost every day that journalists and citizens are arrested and detained by Nepal police claiming their facebook post, comments, and news on media portals. This episode of Freedom Chautary podcast deals on the issue of Cybercrime cases in Nepal which has become a serious threat to Right relating to freedom of information and expression. The episode also deals on some cases where journalists faced cybercrime case under section 47 of ETA for exercising their right to expression.
सूचनाको हक सम्बन्धि ऐन लागु भएको १३ बर्ष भएको सन्दर्भमा आजको पडकास्टमा छलफलमा जुटेका छौं।
सुचनाको हक सम्बन्धी ऐनले २०७६ भदौ ०३ गते १२ बर्ष पुरा गरेको छ ।२०६४ सालको भदौ ३ गते यो ऐन कार्यन्वयनमा आएको हो।
आजको पडकास्टमा हामीले समेटेका छौँ:एकजना अन्तराष्टिय ख्यातीप्रप्त कानूनबिद अर्थात अभिब्यक्ति स्वतन्त्रता र सूचनाको हकका बिँशेषज्ञ टोबी मेन्डलका बिचारहरु।
हालै उहॉ नेपालमा आउनु भएको थियो।र, फ्रिडम फेरमको आग्रहमा उहॉले अभिब्यक्ति स्वतन्त्रता र यस्को आलेकमा नेपालमा बन्दैगरेका नयॉ मिडिया कानुनहरु बारे लामो तर एकदमै सरल रुपमा बिश्लेषण गरिदिनु भएको छ।
नेपालका कानुन निर्मता सॉसंदहरु र नागरिक समाजका सकृय अभियान्ताहरुको भेलामा टोबी मेन्डलले दिनु भएको प्रबचनलाई यहॉ प्रस्तुत गरिएको छ।
महिला पत्रकारहरुले आफ्नो कार्यक्षेत्रमा भोग्नुपरेका समस्या अझ भनौं महिलामाथि हुने हिंसाका घटनाका बिरुद्दमा आवाजहरु उठान थालेको छ ।
मोफसलमा होस् चाहे राजधानीमानै किन नहोस लैंगिक हिंसाका घटनामा महिला पत्रकारहरुका आवाज सशक्त रुपमा बाहिर आउन थालेको छ।
यही सन्दर्भमा आजको पडकास्टमा मध्यनेपालको नयॉ जिल्ला नवलपुरमा कार्यरत स्थानिय पत्रकार महिलाहरु र काठमाण्डौका पत्रकार एवं अभियन्ता दुर्गा कार्की सँग कुराकानी गरिएको छ।
नेपालमा मुख्य शहरी क्षेत्रमा मात्रै होईन,जिल्ला सदरमुकाम र स्थानीय बजारहरुसम्म पत्रकारिता बिस्तार भएको छ। रेडियो र पत्रपत्रिका समुदाय तहसम्म छन।अब त टिभी र अनलाईन पनि गॉउ गॉउमा सन्चालन भैरहेका छन।यसै सन्दर्भमा आज हामी कुरा गर्दैछौ गुल्मीको। गुल्मी पश्चिम पहाडको प्रदेश नं ५ मा रहेको सुन्दर जिल्ला हो।गत साता त्यहॉ पुग्दा स्थानीय पत्रकारले भोग्नुपरेका समस्या र स्थानीय बिषयको समाचारको बारेमा कुरा गर्ने मौका मिल्यो। मोफसलमा पत्रकारिता गर्दाका चुनौती के के छन्? स्थानीय समाचारहरु कस्तो हुनुपर्ने हो र पत्रकारहरु कस्तो पत्रकारिता गर्दै छन्? आजको पडकास्टमा गुल्मीका पत्रकार र त्यहॉबाट काठमाडौँ आएर पत्रकारिता गर्ने पत्रकार सुशिल पन्तसँग गरिएको कुरा समेटेका छौँ।
प्रेस स्वतन्त्रता र पत्रकार विरुद्दको हिंसाको घटना बढेका छन।र,अभिब्यक्ति स्वतन्त्रताका क्षेत्रमा पनि संकट थपिएका छन।यसै सन्दर्भका समसामयिक प्रबृतिहरु बारेमा फ्रिडम फोरमले नियमित रिर्पोटहरु प्रकाशन गर्दै आएको छ।यस्ता घटनाक्रमले स्वतन्त्र पत्रकारिताको माहोल बिग्रन थालेको देखाउँछ। अर्कोतीर स्वतन्त्र अभिब्यक्ति गर्न पाउने मौलिक अधिकार पनि जनताले गुमाउने खतराहरु पनि देखिएका छन।
यिनै घटना र प्रबृतिबारे आजको पडकाष्टमा अनुगमनकर्ता अस्मीता पोखरेल र दीपा अधिकारीको तथ्यगत प्रस्तुती र छलफल समावेश छ।
सूचनाना प्रविधि विधेयक अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार र इन्टरनेट प्रविधिमार्फत जनतालाई राम्रो शासन प्रदान गर्न,जीवन सहज बनाउन,सिर्जनशील उधमको प्रवर्द्दन गर्न आउनु पर्ने हो। तर सकारात्मक नियमनका प्रस्तावहरु हुनुपर्नेमा हरेक बिषयमा नकरात्मक एप्रोचबाट नियन्त्रणका लागि कठोर र अब्यबहारिक प्राबधानहरु गरेको देखिन्छ।
हाल संसदको बिचराधिन रहेको यो बिधेयकमा हुनुपर्ने संशोधन र गर्नुपर्ने सुधारका बारेमा संसदमा उठाउनुपर्ने बिषयमा आजको पडकाष्टमा छलफल गरेका छौँ ।
छलफलमा ईन्टरनेट सिस्टमका अध्येता तथा अधिबक्ताहरु हेमपाल श्रेष्ठ, सन्तोष सिग्देल र संजिव घिमिरे हुनुहुन्छ । उहाँहरु तिनैजना इन्टरनेट अधिकारका अभियन्ता पनि हुनुहुन्छ। साथमा अभिब्यक्ति स्वतन्त्रताका जानकार फ्रिडम फोरमका कार्यकारी निर्देशक तारानाथ दाहाल र म सहजमान श्रेष्ठ पनि आजको छलफलमा जुटेका छौँ।
नेपाली पत्रकारहरुमा स्वतन्त्र र जुझारु अभ्यासको प्रशस्त गुण छ। सरकारका कामको निगरानी गर्ने र खवरादी गर्ने दावित्ववोध पनि उनीहरुमा छ ।समग्रमा आलोचनात्मक प्रबृत्ति सशक्त छ। त्यसकारण शक्तिशाली बर्गका लागि यो चुनौति बनेको छ। अहिलेको सरकारका ठुलावडाहरुले पनि पत्रकारहरुलाई समस्याका रुपमा बुझेका छन।तसर्थ उनिहरुल् गर्ने व्यवहार सकारात्मक छैन् ।
पत्रकारितामा सत्यता र प्रभाव जाँच गरिएका सामाग्रीहरु मात्र समाचारको रुपमा प्रस्तुत हुने हुनाले पत्रकारिता सामान्यतय: यो जिम्नेवार र निष्पक्ष हुन्छ ।तथापी केही बिकृति र सनस्या नभएको होईन।जस्को समाधान स्वनियमनको संस्कार पढाउने र अनुसन्धनात्मक प्रबृतिलाई प्रोतिसाहित गरेर हुनसक्छ।
आजको पडकाष्टको छलफलमा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष राजेन्द्र दाहाल र, फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहालसँग सहजमान श्रेष्ठ हुनुहुन्छ ।
जिम्मेवार,सन्तुलित भएर नैतिक आधारमा न्याय र सत्यको वकालत गर्ने पत्रकारिताले यतिबेला नेपालमा असुरक्षा महसुस गर्न थालेको छ। जनताको तर्फबाट राज्य र समाजका विभिन्न क्रियाकलापलाई निरन्तर निगरानी र खबरदारी गर्छ पत्रकारिताले । संबिधानत: पूर्ण स्वतन्त्रता दिएको भएपनि स्वतन्त्र र निर्भिक भएर पत्रकारिता गर्न संघर्ष गर्नुपर्ने अवस्था वर्तमान सरकारले निम्त्याउन खोजेको छ।
आजको पडकास्टमा यिनै सन्दर्भलाई चर्चा गर्न उपस्थित छौँ:काठमान्डौ बिश्वविध्यालयका मिडियाका प्राध्यापक डा शुधांसु दाहाल, फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहाल र पत्रकार कमलदेव भट्टराईका साथमा सहज मान श्रेष्ठ ।
From the publisher's feed