अब युवाको एकता जुटाईन्छ नेपालमा
गाउँ सहर चेतना उठाईन्छ नेपालमा
दुखी नेपालीजनले फेर्छन यो युगलाई
हुदाँ खनेको अधिकार बनाईन्छ नेपालमा
जात धर्मको नपर भरोसा यो कूचाल हो
शीर गाउँलेहरुकै फुटाईन्छ नेपालमा
गति आउँदैन गरेर भ्रष्ट्राचार देश भित्र
छैन बिकास जनता रुवाईन्छ नेपालमा
यहाँ युवाको सपना बुझ्नेकोछ खोज्नु पर्छ
नयाँ यूगको डोरी नै टुटाईन्छ नेपालमा