साहित्य

साहित्य

By HamroPatroArts
Download on the App Store

साहित्य episodes

  • जिसस, वुद्ध, मोहम्मद, राम
    जिसस, वुद्ध, मोहम्मद, राम बेग्लाबेग्लै
    एउटै त हुन ईश्वर आखिर नाम बेग्लाबेग्लै ।
    चाहे जाउ लुम्बिनी चाहे जेराशेलुम
    बृन्द्रावन र मक्का, मदिना धाम बेग्लाबेग्लै ।
    मन्दिर, मस्जिद, चैत्य, गुम्बा जहाँ-जहाँ जाउ तिमी
    प्राथानामा एउटै कुरा ठाम बेग्लाबेग्लै ।
    हत्या हिंसा गर्नुहुन्न कसैको मन न दुखाउनु
    लक्ष्य एकै भएपनि लाम बेग्लाबेग्लै ।
    पूर्व-पश्चिम्, उतर-दक्षिण चाहे जता ढोग तिमी
    कहिलै हुन्न तिम्रो निम्ति घाम बेग्लाबेग्लै ।
    बाहिर जे जे भय पनि भित्र हेर पहिला
    एउटै पत्र हामी सब लाई खाम बेग्लाबेग्लै ।।
    2 min
  • बग्छ नदी सागर छुन
    बग्छ नदी सागर छुन, अस्तित्व नै गुमाएर ।।
    निरीह यो प्यासी बगर, हेरिबस्छ तिर्खाएर ।।
    हदैसम्म गिर्न सक्छन्, मान्छेहरु वर्बादीमा
    थोरै इमान् राख्नु पर्थ्यो, आफै भित्र जोगाएर ।।
    संघर्षमैं छ जिन्दगी, गरे के हुन्न र यहाँ
    उम्रिन्छ पिपल ढुंगामा, काप भित्रै टुसाएर ।।
    अन्त्य होस् यो सृष्टिकै, खुशी खोज्ने बहानामा
    खेल्छे पुतली जसरी, आगो संग रमाएर ।।
    अनौठो छ यो दुनियाँ, प्राप्ति देख्छन् मन्दिरमा
    बिडम्बना पत्थर पुज्छन्, बा-आमालाई रुवाएर ।।
    2 min
  • आगोको घाउ आगोमैं सेकेकोछु
    ननिदाएका आखाँहरुमा सपना अनि,
    ओइलाएका फूलहरुमा जीवन लेखेकोछु।
    विश्वासको कोपिला जोगाउन हरदम,
    बरु तिखा काँडामै पाइला टेकेकोछु।
    आँशुले बगाउन खोज्दा खुसिहरु,
    उत्साहको बाँधले मन छेकेकोछु ।
    समयले दिएका अनगिन्ती चोटहरु ,
    धैर्यताको मल्हमले लेपेकोछु ।
    मैले जीवनका धेरै रंगहरु देखेकोछु।
    आगोको घाउ आगोमैं सेकेकोछु
    2 min
  • छोडेर आएँ त्यो प्यारो नेपाल
    पराई भईएछ अर्काको देशमा, बाँच्ने हो कसरी ।
    कोहि छैन यँहा आफन्त भन्ने, हाँस्ने हो कसरी।।
    सात समुन्द्रपारी काटेर आँए, त्यो पाखा पखेरो ।
    परदेशमा आज जिन्दगी झनझन् हुँदैछ अँध्यारो।।
    वास थियो मेरो त्यो सानो झुप्रो पहाडको भिरैमा।
    दिन सारा बित्छ आँशुको भेलमा, रात बित्छ पीरैमा।।
    छोडेर आँए त्यो प्यारो नेपाल, सम्झन्छु झलझली।
    बिरानो ठाउँमा दिन र रात, पसिना खलखली।।
    सम्झन्छु आफ्नो रमाईलो ठाऊँ, हाँसेको खेलेको।
    भोग्दैछु आज भावीले मेरो कर्ममा लेखेको ।।
    2 min
  • सम्झन्छु
    गाई चराएको, ठाउँ सम्झन्छु !
    प्रवाशमा छुँ, गाउँ सम्झन्छु !!
    असल मान्छे, बनोश भनेर !
    आमाले राखिदिएको नाउँ सम्झन्छु !!
    जतिखेर, घरमा आएर !
    पैसा माग्ने, साउ सम्झन्छु !!
    आजसम्म, ऋृण नभाको !
    गरिबको यो, घाउ सम्झन्छु !!
    म जस्तो दुखी, छोरा जन्माउने !
    दुखी आमा-बाऊ सम्झन्छु !!
    1 min
  • दिलको दरबार
    आगमन छ आज दिलको दरबारमा
    तिम्रै भयो सारा राज दिलको दरबारमा ।
    प्रेमको खेती त्यता के कस्तो छ कुन्नी !
    थन्क्याउनु है अनाज दिलको दरबारमा ।
    नडराउ अब फैसला तिम्रै पक्षमा हुनेछ
    झुक्नेछ पुरै समाज दिलको दरबारमा ।
    कुकिलकण्ठि मृदुभाषी मेरी प्रीयसी तिमी
    गुञ्जिने छ तिम्रो आवाज दिलको दरबारमा ।
    1 min
  • देशकालागि मर्नेहरू
    के पाएँ आज उनले देशकालागि मर्नेहरु ?
    ज्यानै थापी नहर खोलो सात समुन्द्र तर्नेहरु ??
    माध्यमिक स्तर पास हुने देश चालक बन्यो अरे...,
    कहाँ छन कता छन वुध्दिजीवि उच्चस्तर पर्नेहरु ?
    देश सधैं ओझेलमा पर्यो रोजगार मुलूक छैन यहाँ
    अन्तै पसिना बगाउँदैछन युवा देश विकास गर्नेहरु ??
    अँध्यारो रातमा जनता यहाँ उजेलीको आशमा छन...
    विकास गर्छु भन्दै विगविगी छन आफ्नै झोली भर्नेहरु !!
    के पाए आज उनलेे देशका लागि मर्नेहरु ?
    ज्यानै थापी नहर खोलो सात समुन्द्र तर्नेहरु ??
    2 min
  • कुरा नगर
    सबै नेपाली जनता एउटै हौं कुटाउने कुरा नगर
    नेपाल एउटा सिङ्गो देश हो फुटाउने कुरा नगर
    विदेसी चलखेल धेरै छन् कुरा जात जातिको
    यो देश हाम्रो हो देशलाई टुटाउने कुरा नगर
    सबैखाले शाेषण खतम हुनुपर्छ देश सबैको साझा
    भो जातिको नाऊँमा झुठा नाराले जुटाउने कुरा नगर
    जनताले सबै धर्म मान्न पाउनु पर्छ यो अधिकार हो
    कुचाल हो जातीय नारा एकता फुटाउने कुरा नगर
    2 min
  • के पायाै
    देशको खातिर आन्दोलन गरेर के पायौ ?
    बिनासित्ती आवेगमा मरेर के पायौ ?
    यो साझा फूलबारीमा ढकमक फूलेको भा ?
    बिना सुवास कोपिलामै झरेर के पायौ ?
    मेची काली जगाउन रातोदिन हिंडेकाथ्यौ
    क्रान्तिको बीउँ तिम्ले छरेर के पायौं?
    साना नानी बाटो छेउमा भोकै बसिराछन
    बिचराको सर्वस्व हरेर के पायौ ?
    देशद्रोही बाँचेका छ्न सच्चा भक्त सहिद भयौ
    सहिदको लिष्टमा तिमी परेर के पायौं ?
    1 min
  • फर्केर आउनेछु
    फर्केर आउनेछु म बस्नु है भर परेर!
    नजानु मेरि प्यारी अन्तै बसाई सरेर!
    अभावको जिन्दगी सहनै गार्हो भो!
    जानेछु अब म त सात समुन्द्र तरेर!
    बिछोडको पीडा सहनु नै पर्ने भयो!
    भिज्ला है मेरो तस्बिर आँसु झरेर!!
    परदेशीको जीवन भगवानको भरमा!
    कि त आउँछु सकुशल कि त मरेर!!
    1 min

About साहित्य

From the publisher's feed

गीत, गजल, कथा, कविता, मुक्तक, लेख र साहित्यिक फाँटका अनेक विधाहरू समेटिएकाे 'हाम्रो पोडकाष्ट' लेखनमा रूची राख्ने ति तमाम अग्रज तथा नव श्रष्टाहरूप्रति समर्पित छ । यहाँहरूका सृजनाहरूको अक्षरस् श्रब्य…