SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • इन्द्रा बनको अस्ट्रेलियन कथा (भाग ७): सिड्नीको पहिलो नेपाल महोत्सव
    सन् १९७५ मा अस्ट्रेलिया आएकी इन्द्रा बन, मेडल अफ द अर्डर अफ अस्ट्रेलिया वा ओएएम पाउने पहिलो नेपाली हुन्। ५० वर्षभन्दा बढीको आफ्नो अस्ट्रेलिया बसाइको क्रममा उनले नेपाली समुदायको अभिभावक बनेर यसलाई डोर्‍याउने काम गरेकी छिन्। यो १० भागको विशेष शृङ्खलामा हामी उनको अस्ट्रेलियन अनुभवहरू बारे जान्नेछौँ। दश अङ्कको विशेष पोडकास्ट शृङ्खला अन्तर्गत यो सातौँ भागमा चाहिँ उनले सिड्नीमा आयोजना भएको पहिलो नेपाल महोत्सवलाई सम्झेकी छिन्। करिब ५ हजार मानिसहरू उपस्थित भएको भनिएको उक्त कार्यक्रमका अनुभव बारे इन्द्रा बनसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    11 min
  • नेपाल कुराकानी: सक्रिय राजनीतिमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पुन: प्रवेश
    केही समययता सक्रिय राजनीतिमा फर्कने सङ्केत दिइरहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले अन्ततः शनिवार, २८ जुनमा नेकपा एमालेमा फर्किएको एक सार्वजनिक कार्यक्रम मार्फत घोषणा गरेकी छन्। भण्डारीको पुनर्आगमनले नेपाली राजनीतिमा नयाँ तरङ्ग उत्पन्न गर्ने सक्ने केही विश्लेषकहरूले बताउँदै गर्दा अन्य कतिपयले चाहिँ राष्ट्रपति जस्तो आलङ्कारिक पदमा बसेको व्यक्ति राजनीतिमा पुन सक्रिय बन्ने कदमबाट स्वार्थको द्वन्द्व वा ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ हुने तर्क राखेका छन्। यही सन्दर्भमा पछिल्लो समयमा शान्ति एवं लोकतन्त्रका लागि नागरिक अभियन्ताका रूपमा चिनिएका कृष्ण खनालसँग एसबीएस नेपालीका लागि नेपाल संवाददाता प्रयास दुलालको कुराकानी सुन्नुहोस्। खनालले सन् १९७९ देखि २०१० सम्म त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्र विषयको प्राध्यापन गर्नुका साथै, सोही विश्वविद्यालय अन्तर्गत रहेको सिनास भनेर चिनिने नेपाल तथा एसियाली अध्ययन केन्द्रको सन् १९९४/९५ मा कार्यकारी निर्देशक थिए र सन् १९८९ मा नेपालका तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका एक सल्लाहकार रहेका थिए।
    11 min
  • 'The next Dalai Lama could be a woman, an Australian, a Nepali...you can’t predict that’ - अस्ट्रेलियाको ‘सबैभन्दा ठुलो स्तूपा’का प्रमुख इयन ग्रिनको दलाई लामा अनुभव कस्तो थियो?
    Ian Green first met the Dalai Lama in the late 1970s, when he shared with the Tibetan spiritual leader an idea to build a Buddhist monastery in Australia. Now, the Chairman of The Great Stupa of Universal Compassion, located in the outskirts of the regional town of Bendigo, Green recalls his first encounter with the Lama vividly. SBS Nepali spoke to Green about his decades-long connection with the Dalai Lama and his thoughts on the ongoing question of who the Dalai Lama’s successor might be on the occasion of the Lama’s 90th birthday on Sunday, July 6. - तिब्बती धर्मगुरु दलाई लामाले आइतवार, ६ जुलाई २०२५ मा आफ्नो ९०औँ जन्मोत्सव मनाएका छन्। योसँगै उनका उत्तराधिकारी को हुन्छन् भन्ने प्रश्न पनि धेरैको रहेको छ। मेलबर्नबाट करिब दुई घण्टाको दुरीमा रहेको भिक्टोरियाको रिजनल शहर बेन्डिगोभन्दा केही पर रहेको ‘द ग्रेट स्तूपा अफ युनिभर्सल कम्प्यासन’का प्रमुखका साथै, दलाई लामा इन अस्ट्रेलियाका पूर्व प्रमुख पनि रहेका इयन ग्रिनसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    16 min
  • NAWS Cup 2025: Macarthur takes the title as St. George wins open age category - नवाज कप सन् २०२५: ओपन एज तर्फ सेन्ट जोर्ज नेप्लिज, भेट्रनतर्फ मकारथर विजयी
    Nepali Australian Welfare Society (NAWS) Cup’s 26th edition recently concluded in Sydney. We spoke to NAWS President Chiran Tiwari, who says the competition and involvement in competitive soccer as a whole have been a good distraction for Nepali international students from falling into bad habits. - नेप्लिज अस्ट्रेलियन वेलफेयर सोसाइटी (नवाज) आयोजित फुटबल प्रतियोगिताको २६ औँ संस्करणको अन्तर्गत आइतबार, ६ जुलाईमा भएको फाइनल खेलमा ओपन एज तर्फ बेनी एफसीलाई चार शून्यले हराउँदै, सेन्ट जोर्ज नेप्लिज फुटबल क्लब विजयी बनेको छ। भेट्रनतर्फ आठ वटा टोली सहभागी भएका थिए जसमध्ये मकारथर क्लबले जित हासिल गर्न सफल भयो। नवाजका अध्यक्ष चिरञ्जीवी तिवारीले खेलका मध्यमबाट अस्ट्रेलिया आएका नयाँ विद्यार्थीहरूलाई कुलतबाट टाढा राख्न फुटबलले मद्दत गरेको एसबीएस नेपालीसँगको कुराकानीका क्रममा बताएका छन्।
    5 min
  • न्यु साउथ वेल्समा फेला परेको लेडबेटर्सको नयाँ समूहले वैज्ञानिक किन उत्साहित?
    दुईपटक लोप भइसकेको मानिएको लेडबेटर्स प्रजातीको शिशुधानी (मार्सुपियल वा पेटसँगै शरिरको बाहिरी भागमा रहेको प्राकृतिक थैलीमा बच्चा बोक्ने जन्तु) पसम न्यु साउथ वेल्समा फेला परेपछि, वैज्ञानिकहरू यसलाई संरक्षण गर्न सक्रिय भएका छन्।
    11 min
  • न्यु साउथ वेल्समा फेला परेको लेडबेटर्सको नयाँ समूहले वैज्ञानिक किन उत्साहित?
    दुईपटक लोप भइसकेको मानिएको लेडबेटर्स प्रजातीको शिशुधानी (मार्सुपियल वा पेटसँगै शरिरको बाहिरी भागमा रहेको प्राकृतिक थैलीमा बच्चा बोक्ने जन्तु) पसम न्यु साउथ वेल्समा फेला परेपछि, वैज्ञानिकहरू यसलाई संरक्षण गर्न सक्रिय भएका छन्।
    11 min
  • Things you should know before sending money from Australia to Nepal - अस्ट्रेलियाबाट नेपालमा पैसा पठाउँदा तपाईँले ध्यान दिनु पर्ने कुराहरू
    Australia ranks 11th among countries sending remittances to Nepal, according to Revati Prasad Nepal, Executive Director of the Exchange Management Department at the Nepal Rastra Bank (NRB). He notes that while formal remittance channels have become more widely used in recent years, there is still room for improvement, particularly in increasing financial literacy amongst the general public. Our Nepal correspondent, Prayas Dulal, spoke to Revati Prasad Nepal about current trends in remittance flows, from which countries Nepalis send the most money to Nepal, and what can be done to make the process more efficient and secure. - नेपालको अर्थतन्त्रमा एक महत्त्वपूर्ण भूमिका खेल्ने रेमिटेन्सले त्यहाँको जीडीपी वा कुल ग्राहस्थ उत्पादनमा २६ प्रतिशत योगदान गर्ने बताइएको छ। नेपाल राष्ट्र ब्याङ्कको विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालका अनुसार रेमिटेन्स पठाउने राष्ट्रहरूको सूचीमा अस्ट्रेलिया ११औँ स्थानमा रहेको छ। उनका अनुसार नेपालमा पछिल्लो समय औपचारिक रूपबाट रेमिटेन्स जान थाले पनि अझै सुधारको सम्भावना छ। अनि, आम मानिसमा वित्तीय चेतना बढ्नु पर्ने आवश्यकता देखिएको पनि नेपालको भनाई छ । नेपालमा पैसा सबैभन्दा धेरै कहाँ बस्ने नेपालीहरूले पठाउँछन् लगायतका विषयमा रेवतीप्रसादनेपालसँग नेपाल संवाददाता प्रयास दुलालले गरेको कुराकानी सुन्नुहोस्।
    11 min
  • सिड्नीमा एक नेपालीको मोबाईल पसलमा भएको कथित चोरीको घटना बारे प्रहरीद्वारा छानबिन शुरू
    दक्षिणी सिड्नीको हर्स्टभिलमा रहेको एक नेपाली मोबाइल पसलमा चोरी भएको छ। मङ्गलवार, ८ जुलाई बिहानको करिब ३:१५ देखि ४:०० बजे भित्रको समयमा कथित रूपमा ‘ब्रेक, एन्टर एन्ड स्टीइल’ सम्बन्धी एक घटनाको जानकारी आफूहरूले सोही दिन बिहान १०:३० को आसपास पाएपछि अनुसन्धान सुरु गरिएको न्यु साउथ वेल्स पुलिसका एक प्रवक्ताले एसबीएस नेपालीलाई बताएका छन् भने पसलका सञ्चालक रामचन्द्र गौतमले भने तीन हप्ता अघि मात्र खोलिएको आफ्नो उक्त पसलबाट कथित रूपमा साइकलमा आएका एक व्यक्तिले दुई सय नगद र ग्राहकका केही थान मोबाइल, एप्पल वच, इयरफोन लगायतका ९ देखि १० हजार अस्ट्रेलियन डलरको सामान लगेको दाबी गरेका छन्। सेन्ट जोर्ज पुलिस एरिया कमान्डका अधिकारीहरूले घटनाको अनुसन्धान गरिरहेकाले र कसैसँग थप जानकारी भए सेन्ट जोर्ज पुलिस वा क्राइमस्टपर्सलाई १८०० ३३३ ००० मा खबर गर्न प्रहरीले भनेको छ।
    11 min
  • Nepali Community Events Update: What’s happening around Australia? - सामुदायिक अपडेट: अस्ट्रेलियाको कुन ठाउँमा के-कस्ता नेपाली कार्यक्रमहरू आयोजना हुँदैछन्?
    Stay informed about the latest Nepali community events in Australia. - अस्ट्रेलियाका विभिन्न ठाउँमा गए हप्ता आयोजना भएका र यो साता आयोजना हुने केही नेपाली सामुदायिक कार्यक्रमहरू बारे एक अपडेट।
    14 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners