The Victims Assistance Program, designed to provide government support to victims of crime in Victoria, extends its coverage to include individuals on temporary visas. Sapana Khadka, Victim Assistance Officer at DPV Health, spoke to SBS Nepali about how the program ensures proper support for victims, taking into account the nature of the incident. - भिक्टोरियामा भएका आपराधिक घटनामा पीडित भएकाहरूलाई सरकारी समर्थन प्रदान गर्ने 'द भिक्टिम्स असिस्टेन्स प्रोग्राम' ले अस्थायी भिसामा रहेकाहरूलाई समेत समेट्ने बताइएको छ। डीपीभी हेल्थमा प्रोग्राम अफिसर रहेकी सपना खड्काले कसरी यस कार्यक्रमले घटनाको प्रकृति हेरेर पीडितहरूलाई उचित समर्थन प्रदान गर्छ भन्ने बारे एसबीएस नेपालीलाई बताएकी छिन्। खड्काले आफूले काम गर्ने क्रममा नेपाली समुदायका सदस्यहरूलाई कम भेट्ने गरेको बताएकी छिन्। यस्ता घटनामा पीडित नभएकोले भन्दा पनि यस कार्यक्रमबारे धेरै जानकारी नभएकोले नेपालीहरूको उपस्थिति कम भएको हुन सक्ने उनले बताइन। सपना खड्कासँग यस कार्यक्रमले समेट्ने क्षेत्रका बारेमा गरिएको पूरा कुराकानी सुन्नुहोस्।