The People’s Democratic Party (PDP) in Bhutan, under the leadership of Tshering Tobgay, secured victory with 30 seats in the 47-member parliament during the National Assembly elections. This marked Tobgay's return to the position of Prime Minister for the second time. In light of these political developments, individuals with Bhutanese refugee backgrounds residing in Australia spoke to SBS Nepali about their expectations from the government in the upcoming days. Listen to the conversation with Om Dhungel from Sydney and Tejman Rayaka from Cairns. - भुटानको संसद् निर्वाचनबाट पिपल्स डेमोक्रेटिक पार्टी (पीडीपी) का उम्मेदवार छिरिङ तोब्गे दोस्रो कार्यकालका लागि देशको प्रधानमन्त्री बनेका छन्। कुल ४७ सिटको नेसनल एसेम्बलीमा ३० सिट जित्दै पीडीपीका संस्थापक समेत रहेका र सन् २०१३ देखि १८ सम्म प्रधानमन्त्री बनिसकेका तोब्गे दोस्रो कार्यकालका लागि सरकार प्रमुख बन्न सफल भएका हुन्। सन् २००८ देखि परम्परागत राजतन्त्रबाट प्रजातान्त्रिक व्यवस्थामा परिणत भएको भुटानमा पछिल्लो निर्वाचन पश्चात् शरणार्थी पृष्ठभूमिका नेपाली भाषीहरूलाई कस्तो आशा दिएको छ त? सिड्नीबाट ओम ढुङ्गेल र कैन्स निवासी तेजमान रायकाले एसबीएस नेपालीसँग आफ्नो विचार राखेका छन्।