In the third and final Test of the cricket series between Australia and Pakistan, Australia won by eight wickets, securing a 3-0 series sweep over Pakistan. Earlier, Pakistan had lost to the host Australia in Tests in Perth and Melbourne. Listen to a conversation with sports analyst Sudin Pokharel about the challenges and opportunities that Pakistan's tour of Australia has brought. - अस्ट्रेलिया र पाकिस्तानबिचको क्रिकेट सिरिज अन्तर्गत सिड्नीमा तेस्रो तथा अन्तिम टेस्टमा अस्ट्रेलियाले आठ विकेटको जित निकालेको छ। यस अघि पर्थ र मेलबर्नमा भएको टेस्टमा पाकिस्तान, आयोजक अस्ट्रेलियासँग पराजित भइसकेको छ। ३६० रनले पाकिस्तान विरुद्ध पर्थमा भएको पहिलो टेस्टमा विजयी भएको अस्ट्रेलिया, दोस्रो टेस्टमा पनि आफ्नो दबाब बनाउन सफल भएको थियो। पहिलो टेस्टमा मिचेल मार्श प्लेयर अफ द म्याच भएका थिए भने, दोस्रो टेस्टमा कमिन्सले उक्त उपाधि पाएका थिए। टेस्ट चलिरहेको समयमा खेल विश्लेषक सुदिन पोखरेलसँग पाकिस्तानको अस्ट्रेलिया भ्रमणले ल्याएको चुनौती तथा अवसरहरूको बारेमा गरिएको कुराकानी सुन्नुहोस्।