As the major festival of the Nepali community, 'Dashain', has concluded, another significant festival, 'Tihar' is approaching. A 'Diwali Festival' was held last Sunday at Castle Hill Showground, featuring various cultural performances showcasing the Indian subcontinent. SBS Nepali spoke to parents and students attending the event. - आइतवार, २९ अक्टोबरका दिन सिड्नीको क्यासलहिल शोग्राउन्डमा अस्ट्रेलियामा बस्ने दक्षिण एसियाली समुदायलाई लक्षित गर्दै दीपावली मेलाको आयोजना भएको छ। नेपाली समुदायको ठुलो पर्व दशैँ सकिएसँगै, अर्को ठुलो चाड तिहार आँउदै गर्दा, अन्य दक्षिण एसियाली समुदायले समेत दीपावली पर्वलाई विभिन्न नामबाट मनाउने गर्दछन्। आइतवारको कार्यक्रम र्हेन नेपाली समुदायका केही सदस्य नेपालबाट आएका आफ्ना आमाबाबुलाई लिएर पुगेका थिए भने केही विद्यार्थीहरू त्यहाँ रहेका खाने कुराको स्टलमा काम गर्दै गरेको भेटिन्थे। हामीले त्यहाँ उपस्थित अभिभावकहरू र विद्यार्थीहरूसँग अस्ट्रेलियाको अनुभव र तिहारको तयारीका बारेमा गरेको कुराकानी सुन्नुहोस्।