Nepali retail shops, restaurants, clothing stores, and jewelry shops continue to sprout in Australia. How is this helping the community and do consumers 'miss' Nepali products? - अस्ट्रेलियामा नेपाली मूलका मानिसहरू स्व-सञ्चालित व्यवसायमा आबद्ध हुने क्रम बढेको पाइएको छ। सिड्नी, मेलबर्न, क्यान्बरा लगायतका राज्य र प्रदेशहरूमा नेपाली खुद्रा पसल, रेस्टुरेन्टदेखि कपडा र सुन पसलसम्म देख्न सकिन्छ। व्यवसायीहरू भन्छन् कि नेपालको कुनै पनि चिज अब यहाँ 'मिस्' गर्नु पर्ने अवस्था छैन। के नेपालमा पाइने सबै सामान अस्ट्रेलियामा पाउन थालिएको हो त? दक्षिण सिड्नीका सबर्ब रकडेल र कार्ल्टनमा रहेका पसल सञ्चालकहरूसँग गरिएको कुराकानी सुन्नुहोस्।