With Father's Day in Nepal being celebrated on Thursday, September 14, Nepal correspondent Ganesh Acharya spoke to poet Laxman Gamnage on his poem ‘Mera Ba’, dedicated to Nepali fathers. - यो वर्ष बिहीबार, १४ सेप्टेम्बरमा नेपालीहरूको मौलिक पिता सम्मान दिवस वा बोलीचालीको भाषामा ‘बुवाको मुख हेर्ने दिन’ परेको छ। यो दिन नेपाली भाषीहरूले विशेष गरी आ-आफ्ना ड्याड, पापा, बुवा, दादा वा बा भनेर सम्बोधन गर्ने आफ्नो पितालाई मन पर्ने खानेकुरा, सर-सामान उपहार दिएर सम्मान गर्ने चलन छ। यसै अवसरमा साहित्यकार लक्ष्मण गाम्नागेले एसबीएस नेपालीका श्रोताहरूका लागि आफ्नो ‘मेरा बा’ शीर्षकको कविता वाचन गरेका छन्। नेपाल संवाददाता गणेश आचार्यसँगको कुराकानीका क्रममा कवि गाम्नागेले बाबुआमा र छोराछोरी बिचको सम्बन्ध राम्रो बनाउन एक अर्काको भावना बुझ्नु पर्ने भनाइ पनि राखेका छन्। बुवाहरूमा समर्पित गाम्नागेको कविताका साथै उनीसँग गरिएको कुराकानी सुन्नुहोस्।