Gyan Bahadur Shahi, 31, from Jumla, is one of Nepal's youngest MPs and is currently on an unofficial tour of Australia. After attending an event organised by the Non-Resident Nepalese Association Australia (NRNA-A) last week in Sydney with actress turned politician Karisma Manandhar on his trip to Melbourne, SBS Nepali asked him about how he became Gyanendra Shahi. Listen to our conversation with Shahi, where he reveals his childhood and journey from the village to the city and beyond. He also gives his two cents on things Nepal can learn from Australia. Note: The views expressed in this conversation are not those of SBS Nepali but the guest's own. - अस्ट्रेलियाको अनौपचारिक भ्रमणमा आएका नेपालका कान्छा सांसदहरू मध्येका एक, जुम्लाका ३१ वर्षीय ज्ञानबहादुर शाही, जुन महिनामा सिड्नीमा गैर-आवासीय नेपाली सङ्घ अस्ट्रेलियाले आयोजना गरेको एक कार्यक्रममा करिश्मा मानन्धरसँगै उपस्थित भएपछि, एडिलेड हुँदै मेलबर्न आइपुगेका बेला एसबीएस नेपालीले उनीसँग, तपाईँ ज्ञानबहादुर शाहीबाट ज्ञानेन्द्र शाही कसरी बन्नुभयो भनेर कुराकानी सुरु गरेको थियो। शाहीको बाल्यकाल, गाँऊदेखी शहरसम्म र त्यहाँबाट नेपालको सङ्घीय संसद् सदस्य भएपछि विदेशसम्मको यात्रा, अनि अस्ट्रेलियाबाट नेपालले सिक्न सक्ने पाठ लगायतका विविध पक्ष समेटिएर गरिएको कुराकानी सुन्नुहोस्। नोट: यस कुराकानीमा प्रस्तुत विचारहरू एसबीएस नेपालीको नभएर अतिथि स्वयंको हो।