SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • How to cater for your dietary restrictions - अस्ट्रेलिया बुझ्नुहोस्: 'डाएट्री रेस्ट्रिक्सन' बारे तपाईँले जान्नै पर्ने कुराहरू
    Australia is known as the allergy capital of the world. Our diverse population also means that we express our religious beliefs, ethics, health and personal choices through the food we eat. We called on some experts to help us navigate all the labelling, certifications and resources that can inform our food choices. - अस्ट्रेलियालाई विश्वकै 'एलर्जी क्यापिटल'को रूपमा चिनिन्छ। विविध पृष्ठभूमिहरू समावेश भएको जनसङ्ख्याका कारण आफ्नो धार्मिक विश्वास, नैतिक मूल्य मान्यता, स्वास्थ्यसम्बन्धी आवश्यकताहरू र व्यक्तिगत छनोटहरू खानेकुरा मार्फत व्यक्त गरिन्छ। अस्ट्रेलिया बुझ्नुहोस् पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले खाद्य सामाग्रीका लेबल, प्रमाणीकरण र उपलब्ध स्रोतहरू कसरी बुझ्ने र प्रयोग गर्ने भन्नेबारे खाद्य विशेषज्ञहरूबाट बुझ्ने छौँ, ताकि तपाईँलाई सुरक्षित र सही खानेकुरा छनोट गर्न सजिलो होस्।
    12 min
  • शनिवार, ३१ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    2 min
  • SBS Nepali Australian News Headlines: Friday, 30 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: शुक्रवार, ३० ज्यानुअरी २०२६
    Listen to the latest top news from Australia in Nepali, including the federal government's $40.1 million grant to establish the Neale Daniher National M-N-D Clinical Network for motor neurone disease research. - मोटर न्युरोन डिजिज (एमएनडी)को अनुसन्धानका लागि नील डानहर नेश्नल एमएनडी क्लिनिकल नेटवर्क स्थापना गर्न सङ्घीय सरकारद्वारा करिब चार करोड डलर घोषणा लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    5 min
  • The hidden workforce behind Melbourne’s tram seats - मेलबर्नका ट्राम सिटहरू बनाउने अदृश्य हातहरू
    Melbourne’s trams have been part of the city for more than 140 years. Almost half a million people ride them each day — but few know the story behind the seats they sit on. - मेलबर्नका ट्रामहरू सहरको पहिचानको हिस्सा बनेको १४० वर्षभन्दा लामो समय भइसकेको छ। दैनिक रूपमा करिब पाँच लाख मानिसहरू यसमा यात्रा गर्छन् तर ट्रामका सिटहरूको पछाडिको कथा भने धेरैलाई थाहा नहुन सक्छ। पोडकास्ट शृङ्खलाको यस अङ्कमा हामीले मेलबर्नका ट्रामका सिटहरूसँग जोडिएका रोचक तथ्यहरू, यसमा शरणार्थी र आप्रवासी महिला कामदारहरूले खेलेको महत्त्वपूर्ण भूमिकाका बारे चर्चा गरेका छौँ। एक रिपोर्ट।
    9 min
  • Nepal Update: Airport screenings for Nipah virus and one third independent candidates for direct election - नेपाल अपडेट: निपा भाइरसको उच्च सतर्कता र प्रत्यक्ष निर्वाचनमा एक तिहाइ स्वतन्त्र उम्मेद्वार
    Listen to the latest weekly update from Nepal, including heightened health alerts after Nipah virus infections reported in India, around 31 per cent youth candidates for direct election and a historic first-ever victory for Nepal’s women’s cricket team over a test-playing nation. - भारतमा निपा भाइरसको संक्रमण देखिएपछि नेपालले पनि संक्रमण फैलिन नदिन उच्च सतर्कता अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, मार्च पाँचका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि करिब ३१ प्रतिशत युवाले प्रत्यक्ष तर्फ उम्मेदवारी दिएको निर्वाचन आयोगले भनाइ, राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल बन्यो नेपाली काँग्रेस, राष्ट्रिय झन्डा दुरुपयोग नगर्न गृहको आग्रह, नेकपा एमाले र प्रलोपाबीच तालमेल, सार्वजनिक बहसको प्रस्ताव बालेनद्वारा अस्वीकार र महिला क्रिकेटमा पहिलो पटक टेस्ट राष्ट्रमाथि जित लगायत गत सात दिनका नेपालका प्रमुख समाचारहरू सुन्नुहोस्।
    10 min
  • Australian weather update for Friday, 30 January 2026 - शुक्रवार, ३० ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    2 min
  • The plan to tackle Australia's drowning crisis - अस्ट्रेलियामा गर्मी सुरु भएदेखि ४० भन्दा धेरैको डुबेर मृत्यु - यो रोक्न आखिर के गरिँदै छ?
    Since the start of the summer season in Australia, more than 40 people have drowned, according to Royal Life Saving Australia. As drowning deaths have continued to rise following the COVID-19 pandemic, the Australian Water Safety Council has released a new Australian Water Safety Strategy 2030. The plan aims to strengthen national efforts to reduce drowning deaths by 50 percent by the end of the next decade. - अस्ट्रेलियामा यसपालि गर्मी मौसम सुरु भएदेखि ४० भन्दा धेरै मानिसहरू डुबेका घटनाहरू भइसकेको रोयल लाइफ सेभिङ अस्ट्रेलियाले जनाएको छ। कोभिड १९ को महामारी पछि डुबेर मृत्यु हुने घटनाहरू बढ्दै गएसँगै, अस्ट्रेलियन वाटर सेफ्टी काउन्सिलले नयाँ ‘अस्ट्रेलियन वाटर सेफ्टी स्ट्राटेजी २०३०’ योजना सार्वजनिक गरेको छ। उक्त योजनाले आगामी दशकको अन्त्यसम्म डुबेर हुने मृत्युको सङ्ख्या ५० प्रतिशत घटाउने राष्ट्रिय प्रयासलाई थप बलियो बनाउने लक्ष्य राखेको छ। एक रिपोर्ट।
    10 min
  • SBS Nepali Australian News Headlines: Thursday, 29 January 2026 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: बिहीवार, २९ ज्यानुअरी २०२६
    Listen to the latest top news from Australia in Nepali, including Nationals MP Colin Boyce's leadership challenge against David Littleproud. - नेश्नल्सका प्रमुख डेभिड लिटलप्राउडको नेतृत्वमाथि फ्लिन क्षेत्रका नेश्नल्स संसद कलिन बोइसको चुनौती लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    4 min
  • ‘More to be done in mental health‘: Bharat Nepal becomes second-ever Nepali OAM winner - सिड्नीका भरत नेपाल बने ‘मेडल अफ दि अर्डर अफ अस्ट्रेलिया’ पाउने नेपाली मूलका दोस्रो व्यक्ति
    Bharat Nepal has been awarded the Medal of the Order of Australia (OAM) in the General Division for his service to the Nepali community of New South Wales and to mental health. Nepal, who migrated to Australia in 1997, is the second-ever Nepali OAM winner. He is a mental health researcher, advocate and a Mental Health First Aid Instructor. He is also the founding president of the not-for-profit organisation Australian Nepal Public Link (ANPL). SBS Nepali spoke with Nepal, who says a lot more is needed in the mental health space in the Nepali as well as the wider South Asian community. - अस्ट्रेलियामा र अन्तराष्ट्रिय रूपमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका मानिसहरूलाई हरेक वर्ष ज्यानुअरी २६ मा ‘अस्ट्रेलिया डे २०२६ अनर्स लिस्ट’ अन्तर्गत विभिन्न विधामा सम्मानित गरिन्छ, जसमा यस वर्ष समग्रमा ९४९ अस्ट्रेलियनहरू परेका छन्। ती मध्ये, भरत नेपाल मेडल अफ दि अर्डर अफ अस्ट्रेलियाको जेनेरल डिभिजनमा सम्मानित भएका हुन्। न्यु साउथ वेल्सको नेपाली समुदाय र त्यस्तै गरी मानसिक स्वास्थ्यमा पुर्‍याएको योगदानका लागि सम्मानित भएका नेपाल, सो पदक पाउने नेपाली पृष्ठभूमिका दोस्रो व्यक्ति हुन्। पेसाले मानसिक स्वास्थ्य अनुसन्धानकर्ता र पपुलेसन हेल्थको क्षेत्रमा कार्यरत रहेका नेपाल, आफूलाई एक मेन्टल हेल्थ अवेर्नेस एडभोकेटको रूपमा चिनाउँछन्। करिब १५ वर्षभन्दा लामो समयदेखि यस क्षेत्रमा कार्यरत नेपाल सिड्नी लगायत अन्य राज्य र प्रदेशमा एक मेन्टल हेल्थ फर्स्ट एड इन्सट्रक्टरको रूपमा तालिम दिँदै आएका छन् र यस क्षेत्रमा अझ धेरै जनचेतनाको आवश्यकता रहेको उनको भनाइ छ। उनी यसका साथै अस्ट्रेलिया नेपाल पब्लिक लिङ्क एएनपीएल नामक गैर नाफा मूलक सामुदायिक संस्थाका संस्थापक अध्यक्ष पनि हुन्। सन् १९९७ मा अस्ट्रेलिया आइपुगेका नेपालसँग यस पदक, स्वयंसेवी कार्य र मानसिक स्वास्थ्यको विषयमा रहेका चुनौतीहरूबारे एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    26 min
  • Australian weather update for Thursday, 29 January 2026 - बिहीवार, २९ ज्यानुअरी २०२६ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs. - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    2 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners