
Sign up to save your podcasts
Or


हात-खुट्टा नभएका हरि र छिरिङलाई एसइईले दिएको यो खुसी
जिल्ला अदालत तनहुँले बिहीबार अभिनेता पल शाहलाई नाबालिग बलात्कारको केसमा पुर्पक्षका लागि कारागार पठाएको छ। उनको म्यानेजर कृष्ण जोशीलाई एक लाख धरौटीमा छोडेको छ। जिल्ला अदालत तनहुँले के के आधारमा टेक्यो त ?
नाबालिग पनि हो र सहमतिमै या जबर्जस्ती या फकाएर जे र जुन अवस्थामा यौन सम्बन्ध भएको भए पनि पल बलात्कारमा सजाय भोग्न योग्य पात्र हुन्। बस्, कानुनले त यही भन्छ।
स्टोरी : तेस्रो 'श्रृषा कार्की'को पर्खाइमा रहेका हाम्रा सेलिब्रिटी
नेपाली कांग्रेसका नेता तथा सरकारी प्रवक्ता ज्ञानेद्रबहादुर कार्कीले तीन घण्टा बसेको सत्ता गठबन्धन दलको बैठकमा अमेरिकी सहयोग परियोजनाबारे निष्कर्ष नआएको जानकारी दिएका छन्।
उनीहरुको पहिलो भेट त्यही विहेमा भयो। केही लजाउँदै हिमालयले भने, 'विहेमा हाम्रो देखादेख भयो। मलाई पनि उनी आकर्षक लाग्यो, उनलाई पनि म आकर्षक लागें। दुवैको लभ इन फस्ट साइट भयो।'
स्टोरी : हिमालयशमशेरलाई विजयालक्ष्मीले पठाएको त्यो प्रेमपत्र
त्रिभुवन क्याम्पस पाल्पा पढाउँथे गोपीनाथ रेग्मी। ९ महिना अघि उनको नियुक्त आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) मा हुने कुरा हुँदा उनी फुरुङ भएका थिए। नियुक्ति भयो पनि कार्यकारी निर्देशकमा। तर जसै उनी सेडाको भवन छिरे त्यही पल चाल पाए कति ध्वस्त भइसकेको रहेछ सेडा भन्ने।
धराशायी त्रिविका अनुसन्धान केन्द्र १ : आइसियुमा सेडा ,अस्तित्व जोगाउनै हम्मे-हम्मे
खेल्न जाने उमेरमा तुलसीले ड्रेसिङ गर्न अस्पताल चहार्दै गर्दै बिताउनुपर्यो। केही समयपछि विद्यालय त गइन् तर साथीहरुले ताँती लागेर हेर्दा उनलाई विद्यालय जानै मन लागेन। ‘त्यतिबेला म कक्षा तीनमा पढ्थेँ। कक्षाका साथीहरु म विद्यालय छिरेपछि ताँती लाएर हेर्थे,’ उनले भनिन्, ‘मलाई विद्यालय नै जान मन लागेन। घर आएर रुन्थेँ।’
समाचार लिंक : एम्बुसमा परेर अपांग भएका कृष्ण बाजा बज्दा पनि तर्सिन्छन्
न सरकारी फौज न माओवादी लडाकु, केवल आम नागरिक हुँदा पनि द्वन्द्वमा परेकाहरूको कथाको शृङ्खला ल्याएको छ उकेराले। पहिलो शृङ्खला :
समाचार लिंक : जब सेनाले २० मिनेटपछि मर्छस् भन्दै अस्पताल लैजान मानेन
कैलालीको सामुदायिक बनमा विभत्स रुपमा हत्या गरिएका २५ वर्षिया अरुण दासको हत्याको अनुसन्धानकोक्रममा प्रहरीले एक मोवाइल कल फेला पारेको छ। एक स्थानीय युवासँग दासको हत्यामा संलग्नहरुले गरेको कल रेकर्ड कैलालीले फेला पारेको हो।
समाचार : https://www.ukeraa.com/news/2021/12/19/13079
लामो कपाल पालेको, नशालु आँखा भएको, कानमा मुन्द्री लगाएको त्यो कुन केटाको स्केच निकीले बनाउन लगाइन् भन्ने बारेमा पनि अहिलेसम्म खुलेको छैन।
https://www.ukeraa.com/news/2021/11/26/11969
From the publisher's feed