Bhala Bahadur Rai, a major in the Australian Army, has received praise from Mahabir Pun the Chairman of the National Innovation Center (NIC), in Nepal. Mr Rai says the gesture was in recognition of the Nepali volunteers at the NIC's hard work. - मेजर भलाबहादुर राई राष्ट्रिय आविष्कार केन्द्रका युवाहरूलाई खाजा खानका लागि केही रकम पठाए पछि सामाजिक सञ्जालमा चर्चित बनेका छन्। वैज्ञानिक तथा नेपालस्थित राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनले उनको आर्थिक सहयोगलाई लिएर सार्वजनिक टिप्पणी गरेपछि अस्ट्रेलियन सेनामा कार्यरत राई, यतिखेर चर्चित बनेका हुन्। सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा पुनले वीरगन्जको कृषि औजार कारखानामा काम गर्दै गरेका नेपालीहरूको भिडियो राख्दा, उनीहरूको काम चित्त बुझेर भला राईले ‘खाजा खानको लागि’ ४० हजार रुपियाँ पठाएको बताएका थिए। यसबारे एसबीएस नेपालीले सिड्नी निवासी भलाबहादुर राईसँग गरेको कुराकानी सुन्नुहोस्।