Actor Usha Rajak recalls being 'shocked' when she heard the news about actor Saruk Tamrakar's death in July, while she was in Australia. Rajak had collaborated with Tamrakar on a short film some time ago, which was based on her life story. She says this was the second time that she had faced such a tragic loss. In 2014, she received similar news about the death of Alok Nemwang, the director who had introduced her to the modeling field through the music video for the song 'I Love You.' She reveals that even now, her body feels heavy when she recollects the time she had to lose both Tamrakar and Nemwang, both of whom had worked closely with her. Listen to Usha Rajak's conversation with SBS Nepali as she delves into her perspective on the frustrations within the entertainment industry. - गत जुलाईमा कलाकार सारुक ताम्राकारले आत्महत्या गरेको समाचार अस्ट्रेलियामा हुँदा सुनेकी उषा रजक सो समाचारले आफूलाई स्तब्ध बनाएको सम्झिन्छिन्। रजकले केही समय अगाडी सारुक ताम्राकारसँग मिलेर एउटा सर्ट फिल्ममा काम गरेकी थिइन्। आलोक नेम्वाङद्वारा निर्देशित 'आइ लभ यु' बोलको गीतबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी उनले लगभग एक दशक अघि नेम्वाङको मृत्युको खबर सुन्नुपरेको थियो। आफ्नो नजिक रहेर काम गरेका ताम्राकार र नेम्वाङ दुवै जनालाई गुमाउनु पर्दाको समय सम्झिदा अहिले पनि शरीर नै भारी हुने उनले बताइन्। कलाकारिता क्षेत्रमा हुने निराशाहरूका बारेमा रजकले एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।