In 2013, member states at the United Nations General Assembly passed a resolution defining July 30 as World Day Against Human Trafficking. The announcement was made to raise awareness about the plight of victims of human trafficking and to protect and promote their rights. This year, the Day against Human Trafficking was celebrated worldwide last Sunday with the slogan, "Reach every victim of trafficking, leave no one behind." SBS Nepali spoke to Madhu Regmi and Yuvraj Pokhel from Maiti Nepal, who is currently in Australia after receiving a scholarship from Charles Darwin University on the topic. - सन् २०१३ मा, संयुक्त राष्ट्र सङ्घको महासभामा सदस्य राष्ट्रहरूले एक प्रस्ताव पारित गरेर जुलाई ३० लाई मानव बेचबिखन विरुद्धको विश्व दिवसको रूपमा परिभाषित गरेका थिए। मानव बेचबिखनका पीडितहरूको अवस्थाको बारेमा चेतना जगाउन र उनीहरूको अधिकारको संरक्षण एवं प्रवर्द्धनका लागि भन्दै उक्त घोषणा गरिएको थियो। यो वर्ष, मानव तस्करीका सबै पीडितहरूसम्म पुगौँ, कसैलाई पनि नछुटाऔँ भन्ने नारा दिएर गत आइतवार विश्वभर मानव बेचबिखन विरुद्धको दिवस मनाइएको थियो। चार्ल्स डार्विन युनिभर्सिटीमा पूर्ण छात्रवृत्ति पाएर उच्च अध्ययनका लागि अस्ट्रेलिया आएका माइती नेपालका मधु रेग्मी र युवराज पोख्रेलले नेपालमा मानव तस्करीको अवस्था र त्यस विरुद्ध विभिन्न सरोकारवाला संस्थाहरूको भूमिका बारे एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।