SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • 'Community work is not just about establishing your name': Lalisha Thapa, Victorian Honour Roll of Women - ‘सामुदायिक कार्य भनेको आफ्नो नाम कमाउने मात्र होइन’: भिक्टोरिया सरकारद्वारा सम्मानित ललिशा थापा
    Every year, Victoria Government celebrates the contributions of women in the state through its Victorian Honour Roll of Women Program. Lalisha Thapa from Melbourne was among the 22 new inductees present at a ceremony in the Arts Centre Melbourne on Wednesday, 11 October. Thapa was honoured for her contribution to Nepali society as the Vice President of the Nepalese Association of Victoria (NAV), and the founder of NAV's Women Forum. The 'local champion' spoke to SBS Nepali about her work in women empowerment, and hopes of inspiring others through her journey. - भिक्टोरिया सरकारले हरेक वर्ष राज्यका विभिन्न क्षेत्रमा योगदान पुराएका महिलाहरूलाई ‘भिक्टोरियन अनर रोल अफ विमेन प्रोग्राम’ अन्तर्गत सम्मानित गर्ने गरेको छ। यसपालि बुधवार, ११ अक्टोबरमा आर्ट्स सेन्टर मेलबर्नमा भएको कार्यक्रममा २२ जना महिलाहरूलाई उक्त सूचीमा स्वागत गरिएको थियो, जसको ‘लोकल च्याम्पियन’ विधामा परेकी थिइन्, ललिशा थापा। नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)की उपाध्यक्ष रहेकी थापालाई महिला सशक्तीकरण र लैङ्गिक समानता जस्ता विषयमा भिक्टोरियाको नेपाली समुदाय प्रतिको योगदानका लागि लोकल च्याम्पियनको विधामा सम्मानित गरिएको थियो। यसरी पुरस्कृत हुँदाको अनुभव, र आफ्नो यात्राबाट अरूले लिन सक्ने प्रेरणा बारे थापा एसबीएस नेपालीसँग गरेको कुराकानी सुन्नुहोस्।
    8 min
  • Weekly Wrap: Australia's top stories - अस्ट्रेलियाको हालखबर: गत सात दिनका प्रमुख घटना
    Australians vote 'No' to an Indigenous Voice to Parliament, Another 200 passengers are evacuated from Israel on Australian-sponsored flights and in sport, Australian Tim Tszyu retains his W-B-O super-welterweight crown. Listen to the weekly update about the top news stories in Australia in Nepali language. - गत शनिवार, १४ अक्टोबरमा भएको 'इन्डिजिनियस भोइस टु पार्लियामेन्ट' जनमत सङ्ग्रहमा 'नो' अर्थात् हुन्न भन्ने पक्षको ठुलो मतान्तरका साथ जित भएको छ। नतिजा स्वीकार गरेको घोषणा गर्दे प्रधानमन्त्री एन्थोनी आल्बनिजीले परिवर्तनको महत्त्वाकाङ्क्षा भने यथावतै राख्ने बताए। अस्ट्रेलियाले थप दुई उडान मार्फत, १९४ जनालाई इजरेलबाट उद्धार गरेको छ। उद्धार भएका मध्ये ९६ जना प्यासिफिक मुलुकका नागरिक रहेका छन्। खेलकुदमा भने बक्सिङ तर्फ अस्ट्रेलियन खेलाडी टिम जूले अमेरिकी खेलाडीलाई हराउँदै आफ्नो उपाधि कायम राख्न सफल भएका छन्। गएको एक हप्ता यताका अस्ट्रेलियन समाचार नेपालीमा सुन्नुहोस्।
    8 min
  • Why is it important for parents to make time for play with their children? - व्यस्तताका बिच पनि बालबालिकासँग खेल्ने समय निकाल्न अभिभावकलाई किन जरूरी छ?
    Children's playtime has been shown to decrease as parents become busier. According to studies, some children spend as little as two percent of their time playing each week. Parents' busy schedules often disrupt their children's playtime due to work commitments. Consequently, a third of Australian children spend only three hours a week engaging in sports and outdoor activities. This issue is not unique to the Australian context but extends to the Nepali community as well. So, how do Nepali parents manage their time for their kids? SBS Nepali spoke to some parents. - अभिभावकहरूको व्यस्तता बढेसँगै बालबालिकाको खेल्ने समय भने घट्दै गएको एक अनुसन्धानले देखाएको छ। अध्ययनहरूका अनुसार, कतिपय बालबालिकाले हप्ताको केवल २ प्रतिशत समय मात्र खेल्नमा बिताउने गरेका छन्। अभिभावकहरू काममै व्यस्त बन्दा, बालबालिकाहरूको खेल्ने समयमा भने बाधा पुग्दै गएको बताइन्छ। जसको परिणाम अस्ट्रेलियाका एक तिहाइ बालबालिकाहरूले केवल हप्तामा तीन घण्टा मात्र खेलकुदमा बिताउने गरेको बताइन्छ। नेपाली समुदाय भित्र चाहिँ, अभिभावकहरूले बालबालिकाहरूले बाहिरी गतिविधि वा खेलकुदमा कत्तिको समय दिइरहेका छन् त? एसबीएस नेपालीसँगको कुराकानीमा केही अभिभावकहरूले मोबाइलमा समय बिताउनुको सट्टा केटाकेटीलाई खेलाउनुमा समय बिताउँदा उचित हुने सुझाव दिए।
    5 min
  • 'Inclusion for every child': Victoria's Nepali community celebrates Children's Day 2023 - 'इन्क्लुजन फर एभ्री चाइल्ड' भन्ने नाराका साथ भिक्टोरियामा मनाइयो बाल दिवस २०२३
    On Sunday, 15 October the Nepalese Association of Victoria (NAV) celebrated Children's Day in Epping Memorial Hall, Melbourne. NAV has been commemorating Children's Day since 2007 by organizing various activities for children of the Nepali language speaking community. SBS Nepali spoke to NAV Secretary Alok Poudel about this year's program, which was led by the slogan 'Inclusion for Every Child'. - नेप्लिज एसोसिएसन अफ भिक्टोरिया(न्याभ) को आयोजनामा मेलबर्नस्थित एपिङ मेमोरियल हलमा आइतवार, १५ अक्टोबरमा बाल दिवस मनाइएको छ। सन् २००७ देखि लगातार रूपमा न्याभले नेपाली भाषी समुदायका बालबालिकाहरू बिच विभिन्न क्रियाकलाप गर्दै यस दिवस आयोजना गर्दै आएको छ। 'इन्क्लुजन फर एभ्री चाइल्ड' भन्ने नाराका साथ यसपालि दस वटा विद्यालयहरूको सहभागिता रहेको संस्थाका सचिव आलोक पौडेलले एसबीएस नेपालीलाई बताएका छन्। 'म्याजिक शो' सहित सांस्कृतिक नृत्य, भाषणकला लगायत प्रतिभाहरूको प्रस्तुति समावेश गरिएको उक्त कार्यक्रम बारे पौडेलसँगको कुराकानी सुन्नुहोस्।
    7 min
  • 'Samjhana Pathshala': Western Sydney language school attempting to connect the Nepali Community - 'सम्झना पाठशाला': पश्चिमी सिड्नीको नेपाली समुदायलाई जोड्ने प्रयासमा रहेको भाषा विद्यालय
    Samjhana Pathshala is a Nepali language school in western Sydney. With over 45 young students, the school teaches Nepali language to children, alongside giving them opportunities to participate in activities like painting, karate, and dance. SBS Nepali spoke to some parents and their children in Meadows Public School, as some of them practiced karate, while others learned about the Dashain festival. - पछिल्लो समय सिड्नीको पश्चिममा पर्ने ब्ल्याकटाउन वरपरको क्षेत्रमा नेपाली भाषीहरूको उपस्थिति बाक्लिँदै गएको छ। घर किनेर बस्ने नेपालीहरूको सङ्ख्या बढेसँगै बालबालिका भएका अभिभावकहरूले आफ्ना सन्तानका लागि नेपाली भाषा, रहनसहन र संस्कृति सिकाउन, साथै नेपाली समुदायका अन्य बालबालिकासँग घुलमिल गराउन नेपाली भाषा विद्यालय पुर्‍याउने गरेका छन्। सेभेन हिल्समा रहेको यस्तै एक विद्यालय 'सम्झना पाठशाला'ले हाल ४५ भन्दा बढी बालबालिकालाई भाषा सिकाइसँगै, चित्रकला, कराँते, नृत्य जस्ता क्रियाकलाप गराउने गरेको छ। आइतवार, १५ अक्टोबरको दिन एसबीएस नेपाली सेभेन हिल्समा रहेको मेडोज पब्लिक स्कुल पुग्दा, कोही विद्यार्थी कराँते सिक्दै थिए, कोही भने कक्षामा बसेर दशैँका बारेमा पढ्दै थिए। हामीले त्यहाँ पढ्दै गरेका केही बालबालिका, शिक्षक र सञ्चालकहरूसँग गरेको कुराकानी सुन्नुहोस्।
    12 min
  • The Indigenous Voice to Parliament referendum has ended with a 'No' result - जोरदार रूपले ‘हुन्न’ भन्दै सकियो इन्डिजिनियस भोइस टु पार्लियामेन्ट जनमत सङ्ग्रह
    Australians have rejected a proposal to enshrine an Indigenous Voice to Parliament in the Constitution with a No vote in all six states plus the Northern Territory. The ACT voted in favour of the Voice. - अस्ट्रेलियामा २४ वर्षपछि पहिलो पटक आयोजना भएको जनमत सङ्ग्रहमा ठुलो मतान्तरले ‘नो’ पक्षको जित भएको छ। आदिवासीहरूको आवाजलाई संसद्मा समावेश गर्ने एक संविधान परिवर्तनको प्रस्तावलाई अस्ट्रेलियन मतदाताहरूले अस्वीकार गरेका हुन्। ‘इन्डिजिनियस भोइस टु पार्लियामेन्ट’ जनमत सङ्ग्रहमा देशका सबै छ राज्यहरू र नर्दर्न टेरिट्रीले ‘नो’ पक्षमा भोट गरेका छन् भने केवल अस्ट्रेलियन क्यापिटल टेरिट्री (एसीटी)ले मात्र ‘येस’ पक्षमा मतदान गरेको छ।
    5 min
  • What activities dominate the Nepali community? - सामुदायिक गतिविधि: कहाँ के हुँदैछ?
    Dashain preparations and Children's Day celebration: Stay informed on the activities happening in Australia's Nepali community. - दशैँका कार्यक्रमदेखि बाल दिवससम्म - अस्ट्रेलियाका विभिन्न राज्य तथा प्रदेशमा छरिएर बसेका नेपाली समुदायमा कहाँ के कार्यक्रम हुँदै छन्? सामुदायिक गतिविधिका बारेमा सुन्नुहोस्।
    4 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners