SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Download on the App Store

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट episodes

  • 'I want to play professionally somewhere overseas': Brisbane's youth footballer Anshu Ale - ‘विदेशमा प्रोफेसनल फुटबल खेल्न मन छ’: ब्रिसबेनका किशोर फुटबल खेलाडी अंशु आले
    Anshu Ale is the only footballer with a Nepali background in Brisbane Strikers Football Club. The 17-year-old, who had the opportunity to play in Spain at age ten, says he is taking academics and sports hand in hand. He played against Melbourne City FC in the under-18 friendly match held in July. Ale's mother, Anita Adhikari Ale, says parents should support children to pursue their talents. They spoke to SBS Nepali about Ale's football journey in Australia and career aspirations. - दस वर्षको उमेरमा स्पेनमा फुटबलको तालिम लिने मौका पाएका ब्रिसबेनका १७ वर्षीय अंशु आले आफ्नो टोली “ब्रिसबेन स्ट्राइकर्स”का एक मात्र नेपाली पृष्ठभूमिका खेलाडी हुन्। फुटबललाई आफ्नो करियर बनाउन चाहेका आलेले पढाइ र खेलकुदलाई सँगसँगै अघि बढाउँदै आएका छन्। उनी जुलाईमा भएको मेलबर्न सिटी फुटबल क्लब विरुद्धको १८ वर्ष मुनिको मैत्रीपूर्ण खेलमा पनि संलग्न थिए। आलेकी आमा अनिता अधिकारी आले भन्छिन् कि बाबुआमाले बालबालिकालाई उनीहरूको इच्छा र प्रतिभा अनुसार अघि बढ्न मद्दत गर्नु पर्छ। यिनै विषयहरूमा युवा फुटबल खेलाडी आले र उनकी आमासँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    42 min
  • 'International students in Australia face many challenges, they need a guide' - 'अस्ट्रेलियामा पढ्न आएका विद्यार्थीलाई धेरै चुनौतीहरू छन्, उनीहरूलाई एउटा गाइड चाहिन्छ'
    International Students Reach (ISR) Foundation, a non-profit organisation offering support services for international students, is conducting a three-month mentorship program. President Shrishti Shah told SBS Nepali that the workshops starting in late July will provide one-on-one mentoring to students about various aspects ranging from finding jobs, mental health, and networking. - अस्ट्रेलियामा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई पठनपाठन र बसोबासका क्रममा मद्दत पुगोस् भनेर इन्टरनेसनल स्टुडेन्टस रीच (आइएसआर) फाउन्डेसनले एक कार्यक्रमको आयोजना गर्दैछ। तीन महिनासम्म चल्ने भनिएको उक्त कार्यक्रमले विद्यार्थीहरूलाई 'मेन्टर'सँग जोडिदिने आयोजक संस्थाका सृष्टि शाह, सन्ध्या बिष्ट र श्रेया पाण्डेले एसबीएस नेपालीलाई बताएका छन्। जुलाई महिनाको अन्त्यमा सुरु हुने भनिएको उक्त कार्यक्रममा विद्यार्थीहरूले पढाइ, काम, मानसिक स्वास्थ्य लगायत विभिन्न विषयहरूको बारेमा आफ्नो आवश्यकता अनुसार विज्ञहरूसँग छलफल गर्न सकिने आयोजकहरूको भनाई छ।
    25 min
  • Capped working hours concern Nepali students - नेपाली विद्यार्थी भन्छन्, 'फि तिर्न अब नेपालबाटै पैसा मगाउने त होला'
    International students have been limited to 48 hours of work per fortnight as of July 1st. Living costs are soaring, and restrictions are an additional hardship for many. In their conversation with SBS Nepali, students say they may have to rely on their parents back home. - जुलाई १ तारिखदेखि अन्तर्राष्ट्रिय विद्यार्थीहरूको काम गर्ने घण्टामा फेरबदल भएको छ। अब विद्यार्थीहरूले हप्ताको २४ घण्टा वा पाक्षिक रूपमा ४८ घण्टा मात्र काम गर्न पाउने भएका छन्। काम गर्ने घण्टा कटौती भएसँगै आफ्नो आम्दानी घटेको र अस्ट्रेलियामा महँगाई बढ्दै गएकाले कलेजको शुल्क जम्मा गर्न पनि मुस्किल परेको एसबीएस नेपालीसँग उनीहरूले बताएका छन्। केही विद्यार्थीले त अब नेपालबाटै पैसा मगाउनुको विकल्प नरहेको पनि बताएका छन्।
    7 min
  • Nepal parliament session postponed over PM's remarks - प्रधानमन्त्रीको अभिव्यक्तिका कारण संसद अवरुद्ध र एसईईको नतिजा प्रकाशित: गत सात दिन नेपालमा
    Nepal's Parliament session was postponed till Sunday over Prime Minister Pushpa Kamal Dahal’s remarks and more arrests made in Lalita Niwas land grab case. Journalist Sabin Dhamala analysed the main events in Nepal. - प्रधानमन्त्री पुष्पकमल दाहालले एक पुस्तक विमोचन समारोहमा दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षी दलले नेकपा एमालेले संसद्का दुवै सदन अवरुद्ध बनाएको छ। नेपालमा गत साताका मुख्य घटनालाई पत्रकार सविन धमलाले विश्लेषण गरेका छन्।
    10 min
  • Increased support for temporary visa holders fleeing family violence - अस्ट्रेलियामा पारिवारिक हिंसामा परेका अस्थायी भिसावाहक महिलाले नागरिक सरह सहयोग पाउने
    Temporary visa holders fleeing violent relationships are now eligible for the same level of support from the federal government as Australian citizens and permanent residents. From July 3, financial payments for temporary visa holders will be nearly doubled. - नयाँ आर्थिक वर्ष लागेसँगै हिंसात्मक सम्बन्धबाट गुज्रिएका अस्थायी भिसावाहक महिलाहरूले पनि अस्ट्रेलियाका नागरिक सरह नै सरकारी सुविधा र समर्थन प्राप्त गर्ने भएका छन्। सन् २०२१ मा सरकारले ल्याएको योजनालाई परिर्माजीत गर्दै अस्थायी भिसामा रहेकाहरू पनि पहिले पाउँदै आएको भन्दा दोब्बर आर्थिक सहयोगका लागि हकदार हुने भएका हुन्।
    4 min
  • "Don't just come for popularity": Nepali community members expect an inclusive NRNA committee - नेपाली समुदायका सदस्य भन्छन्, 'एनआरएनएको अबको नेतृत्व बालेन जस्तै हुनुपर्छ'
    As the Non-resident Nepali Association Australia is close to its election for the next term, Nepali community members believe that a leader with no political agenda can bring the community together and focus on the real issues. - गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलियाको आगामी कार्यकालको नेतृत्वको लागि यसै महिनाको अन्त्यमा चुनाव हुने बताइँदै गर्दा, नेपाली समुदायका सदस्यहरू भने गैर राजनीतिक पुष्ठभुमीका, सामाजिक कार्य गर्न इच्छुक र सबैको प्रतिनिधित्व गर्न सक्ने क्षमताको व्यक्ति नेतृत्वमा आउनु पर्ने बताउँछन्। एसबीएस नेपालीसँगको कुराकानीमा चर्चामा आउन मात्र एनआरएनएमा नलाग्न पनि उनीहरुले सुझाव दिए।
    7 min
  • 'Nepal needs sustainable health-checkup plans': Postdoctoral Research fellow Rajshree Thapa - अस्ट्रेलियामा पढेर नेपालको स्वास्थ्य क्षेत्र सुधार्ने जमर्को राखेकी जनस्वास्थ्य विज्ञ राजश्री थापा
    Research recently published in the medical journal "The Lancet Global Health" says that non-infectious health conditions such as high blood pressure are on the rise in Nepal. Led by public health expert Rajshree Thapa, the report finds that a 12-month intervention program carried out by female community health volunteers has not been sustainable. Thapa, who is a Postdoctoral Research fellow at Melbourne's Monash University says communities in Nepal need effective education and monitoring in terms of regular health checkups. She spoke to SBS Nepali about her research, the public health conditions in Nepal, and life as an international student in Australia. - नेपालमा महिला स्वयंसेविकाहरूले ‘ब्लड प्रेसर’ नाप्ने र ‘लाइफस्टाइल चेन्ज’ सम्बन्धी कार्यक्रमहरू गर्दै आएता पनि दीर्घकालीन रूपमा ती प्रभावकारी नरहेको बताइएको छ। जनस्वास्थ्य विज्ञ राजश्री थापाको नेतृत्वमा चार वर्षको अन्तराल पछि गरिएको अध्ययनले स्वयंसेविकाहरूद्वारा सम्पन्न एक १२-महिने कार्यक्रम खासै प्रभावकारी नरहेको पत्ता लगाएको हो। हाल मेलबर्न स्थित मोनास युनिभर्सिटीमा पोस्ट डक्टरल रिसर्च फेलो रहेकी थापा सहितको एक समूहले गरेको उक्त अध्ययनको नतिजा “दि ल्यान्सेट ग्लोबल हेल्थ” नामक एक मेडिकल जर्नलमा केही दिन अघि मात्रै प्रकाशित भएको थियो। थापा भन्छिन् कि स्वस्थ रहन नेपालीहरूलाई यसबारे नियमित रूपमा जनचेतना फैलिने खालको शिक्षा र अनुगमन आवश्यक हुन सक्छ। अस्ट्रेलियामा आफ्नो अध्ययन, अनुसन्धान, बसोबास लगायत नेपालमा जनस्वास्थ्यको स्थिति सम्बन्धी विविध विषयहरू बारे उनीसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    38 min

About SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

From the publisher's feed

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरू

More shows like SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Khmer - SBS ខ្មែរ by SBS

SBS Khmer - SBS ខ្មែរ

10 Listeners

SBS Somali - SBS Afsomali by SBS

SBS Somali - SBS Afsomali

9 Listeners

A speaking centenary of immigration - مئوية هجرة تحكي by SBS

A speaking centenary of immigration - مئوية هجرة تحكي

0 Listeners

All Things Aussie - 闲话澳洲 by SBS

All Things Aussie - 闲话澳洲

1 Listeners

Harmony in the Fast - صحت مند رمضان by SBS

Harmony in the Fast - صحت مند رمضان

0 Listeners

روز بخیر آسترالیا! by SBS

روز بخیر آسترالیا!

0 Listeners

Like Us by SBS

Like Us

3 Listeners

አውስትራሊያ ስትገለጥ by SBS

አውስትራሊያ ስትገለጥ

0 Listeners

بودكاست التأمل by SBS

بودكاست التأمل

1 Listeners

Breaking Our Silence by SBS

Breaking Our Silence

0 Listeners

SBS Examines bằng tiếng Việt by SBS

SBS Examines bằng tiếng Việt

0 Listeners

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු by SBS

ඕස්ට්‍රේලියාවේ ජීවත් වීමේදී දැනගත යුතු කරුණු

0 Listeners

Nuestra Música by SBS

Nuestra Música

0 Listeners

Australia In Brazil - Austrália no Brasil by SBS

Australia In Brazil - Austrália no Brasil

0 Listeners

Why I Migrated to Australia - طريق الهجرة by SBS

Why I Migrated to Australia - طريق الهجرة

0 Listeners

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα by SBS

Anzac Tales from Greece - Ιστορίες των Anzacs απ΄την Ελλάδα

0 Listeners

SBS Examines στα Ελληνικά by SBS

SBS Examines στα Ελληνικά

0 Listeners

Australië tot nu toe by SBS

Australië tot nu toe

0 Listeners

SBS 学英语 by SBS

SBS 学英语

0 Listeners

SBS Examines Thuɔŋjäŋ by SBS

SBS Examines Thuɔŋjäŋ

0 Listeners